समाचार
११ भदौ, काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर […]
११ भदौ, काठमाडौं । खाद्यान्न तथा पकाइएको खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा प्रदान गर्ने आधा दर्जन सेवा प्रदायकका सञ्चालकसहित ८० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । फूडमाण्डू, यूजी केक, निप एक्सप्रेस, किराना अनलाइन, भोज डिलसहित लगायतका सात सेवा प्रदायकमध्ये ६ वटा कम्पनीका सञ्चालक र डेलिभरी ब्वाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यकाको दरबारमार्ग, […]
११ भदौ, काठमाडौं । सरकारी निर्णयको अवज्ञा गरेर विद्यालयले शुल्क तिर्न दबाब दिएको भन्दै राजधानीस्थित मल्पी सिटी स्कूलका अभिभावकले केन्द्रीय र स्थानीय सरकार गुहारेका छन् । अभिभावकहरूले प्रमुख जिल्ला अधिकारी, वडा कार्यालय, काठमाडौं महानगरपालिका, नेपाल प्रहरीको अपराध महाशाखा, नेपाल अभिभावक संघ र संस्थागत अभिभावक संघलाई पत्र लेखेर विद्यालयलाई कारवाही गर्न माग गरेका हुन् । सन् […]
११ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि दिएको बजेट जिल्ला प्रशासन कार्यालय र अस्पतालले खर्च गर्न नसकेको बताएका छन् । कोरोना महामारी नियन्त्रण सम्बन्धमा सर्लाही र रौतहटका सरोकारवालासँग सृुझाव लिन सर्लाहीको हरिवनमा बिहीबार आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले दिएको रकम खर्च नहुनु दुर्भाग्यपूर्ण भएको बताए । प्रदेश […]
११ भदौ, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ३३७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिए । यससँगै संक्रमितको कुल संख्या ४ हजार नाघेको छ । जसरी संक्रमितको संख्या बढेको छ, उनीहरुलाई आसोलेसनमा मात्र होइन, कन्ट्याक्ट ट्रेसिङ पनि अर्को समस्या बनेको छ । कट्याक्ट ट्रेसिङको जिम्मा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्थानीय तहलाई दिएको छ । […]
११ भदौ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञाको मोडलमा परिवर्तन गरिने बताएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जरुरी देखिए पनि जिल्लाभर आवश्यकता नभएकाले परिमार्जन गर्नुपर्ने बताए । बिहीबार पत्रकारसँगको कुराकानीमा प्रजिअ तामाङले वीरगञ्जको पश्चिमतर्फ विन्दबासिनी कटेपछि निषेधाज्ञा आवश्यक छ वा छैन भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको बताए […]
११ भदौ, गोरखा । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् । बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा […]
११ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमै मृत्यु भएपछि रौतहटको गरुडामा प्रर्दशन भएको छ । साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको उपचारको क्रममा गए राति वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । […]
११ भदौ, काठमाडौं । विभिन्न देशका राजदूतले श्रम स्वीकृति नलिई विदेश गएका र कोरोना महामारीमा अप्ठेरोमा परेका नेपालीलाई पनि स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् । श्रम स्वीकृति नलिई अवैध रुपमा घरेलु कामदारका रुपमा विदेशमा काम गरिरहेका महिला साह्रै समस्यामा रहेको भन्दै राजदूतहरुले उनीहरुको उद्धार गर्नुपर्ने बताए । विहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले […]
११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् । ‘मेरो ४ […]
११ भदौ, काठमाडौं । निषेधाज्ञाको समयमा विभिन्न सामग्रीको टेक अवे तथा होम डेलिभरी सेवा दिनेलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ । राजधानीको मुख्य चोकहरुमा बनाइएका होल्डिङ जोनमा उनीहरुलाई राखिएको छ । यूजी केककी सञ्चालिका निकिता […]
११ भदौ, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन्। उनलाई कोभिड-१९ समेत हेर्ने गरी जिम्मेवारी तोकिएको सहसचिव रघुराम विष्टले जानकारी दिए । यसअघि यो जिम्मेवारी पनि अर्का […]
जनकपुरधाम, ११ भदौ । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधाम लगिएको उनको उपचार सुरु भएको २ घण्टामै मृत्यु भएको थियो । उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना […]
११ भदौ, गुल्मी । रेसुुुंगा नगरपालिका– ४ का तोयनारायण पाण्डेले भारत, मलेसिया र कतारमा गरी झण्डै २५ वर्ष घरबाहिरै बिताए । १४ वर्षको उमेरमा भारत गएका उनले पछिल्लो ९ वर्ष कतार र मलेसियामा बिताए । तर विदेशको कमाइले कुनै प्रगति नभएपछि गाउँमै आएर खेती गर्न थाले । पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य […]
११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न […]
११ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा बिहीबार खाल्डोको पानीमा डुबेर एक युवती र बालिकाको मृत्यु भएको छ । बरहथवा नगरपालिका– १० सीतापुर बस्ने १९ बर्षीया पुनम महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका ९ मुर्तियास्थित हजूरआमाको घरमा बस्दै आएकी पुनम कसैलाई नसोधी घरबाट बिहीबार बिहान निस्केकी […]
१० भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा कैदीको शंकास्पद मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर- ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको हो । बुधबार कारागारमा मृत्यु भएका उनलाई साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालले लगतै मृत घोषित गरेको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर […]
११ भाद्र, काठमाडौं । गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ । कोरोना भाइरसको महामारी रहेकै बेला बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात भने न्युन रहेको भन्सार विभागले जनाएको छ । साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो । […]
११ भदौ,बुटवल । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा लघु, घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण छुट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश […]
११ भदौ, काठमाडौं । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको छ । त्यस्तै ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल […]
११ भदौ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले सबै अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्नु उचित नहुने बताएको छ । एउटै अस्पतालमा संक्रमित र संक्रमण नभएका बिरामीको उपचार गर्दा कोरोना संक्रमण झन् फैलिन सक्ने खतरा औंल्याउंदै समाजले सरकारलई उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । ‘दीर्घरोगी, बृद्घ–बृद्घा, बालबालिका लगायत अति संवेदनशील स्वास्थ्य समस्या […]
from समाचार – Online Khabar https://ift.tt/3lnuvih
via IFTTT