Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आइतबार ४८० जना यात्रु नेपाल आए, ४२ जना बाहिरिए

१४ भदौ, काठमाडौं । पाँचौ चरणको उद्धार उडानका दौरान आइतबार काठमाडौंमा कुल ८ उडान-अवतरण भए । ती उडानबाट कुल ४८० जना यात्रु नेपाल आएका छन् । ४२ जना यात्रु भने नेपालबाट विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भूटानको डु्रक एयरले १ बच्चासहित १० यात्रुलाई काठमाडौंबाट भुटान लगेको छ । नेपाल एयरलाइन्सले मलेसियाबाट १५१ […]

रुपन्देहीमा भदौ २० सम्म निषेधाज्ञा सिफारिस

१४ भदौ, बुटवल । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देही जिल्लामा भदौ २० गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेश भदौ १४ गते राति १२ बजे सकिँदैछ । निषेधाज्ञाको अवधि सकिनुअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार दिउँसो बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण […]

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

१४ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टाभित्र २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमितको संख्या १० हजार २२ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार […]

कर्णालीमा खाद्यान्न : डिपोमा चामल, गाउँमा हाहाकार

१४ भदौ, सुर्खेत । समयमै ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ । मुगुमा एक महिनादेखि खाद्य डिपोहरु रित्तिएका छन् भने माथिल्लो डोल्पामा एक वर्षदेखि चामल पुगेको छैन । चामल समयमै नजाँदा माथिल्लो डोल्पाको सेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले खाद्यान्न अभाव झेलिरहेका छन् । गत वर्ष जिल्ला खाद्य व्यवस्था समितिले माथिल्लो डोल्पामा […]

पीडकहरु नै सरकारमा जाँदा बेपत्ताको समस्या समाधान भएन : मल्लिक

१४ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पूर्वअध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरु नै सरकारमा भएकाले वेपत्ताहरुको समस्या समाधान हुन नसकेको बताएका छन् । केही पीडितहरुले समेत पदको लाभ लिएर नबोलेका कारण बेपत्ता व्यक्तिहरुको छानबिन प्रभावित भएको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वअध्यक्ष मल्लिकले भने, ‘अधिकांश पीडकहरु सरकारमा गएका छन् । पीडितहरु […]

कृषि सामग्रीको अनलाइन व्यापारमा अवरोध नहोस् : कृषि विभाग

१४ भदौ, काठमाडौं । कृषिजन्य उत्पादन होम डेलिभरी रोकिएकोप्रति कृषि विभागले आपत्ति जनाएको छ । बुधबार एक विज्ञाप्ति जारी गर्दै विभागले कोभिड-१९ सुरक्षाको उपाय अबलम्बन गरेर अनलाइन डेलीभरी सेवा सुचारु गर्न दिन प्रहरी-प्रशासनलाई आग्रह गरेको छ । ‘कृषि सामग्री तथा उपजको सहज ढुवानी तथा वितरणमा सहजता ल्याउन स्वतःस्फूर्त थालिएको अनलाइन मार्केटिङको माध्यमलाई सहजीकरण गर्न आवश्याक […]

आईसीयूमा बेड छैन, फिभर क्लिनिकमै गयो संक्रमितको ज्यान

१४ भदौ, बुटवल । बुटवल–५, रुपन्देहीका ६७ वर्षीय पुरुषलाई शनिबार रातिदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भयो । आइतबार बिहान साढे ४ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल पुगे । जिन एक्सर्पट मेसिनमार्फत् स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । मुटुको शल्यक्रिया गरेका, उच्च रक्तचाप र मधुमेहको बिरामी भएकाले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर […]

सांसद कोषको ४ करोडबाट आइसोलेसन बनाउन प्रस्ताव, नेकपा सांसदको विरोध

१४ भदौ, काठमाडौं । आइतबार संसदको राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा कारागारमा फैलिएको कोरोना संक्रमणको विषयमा छलफल थियो । बैठकमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को रकम ४ करोड कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नेमा खर्च गर्र्ने प्रस्ताव राखे । उनको प्रस्ताव राज्य व्यवस्था समितिबाट यो खालको […]

फैलिँदै फुड बैंक : दिनेलाई सन्तोष, लिनेलाई सम्मान

१४ भदौ, काठमाडौं । कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाड-मछाड चल्यो । तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । […]

हिरासतमा मृत्यु प्रकरण : गरुडामा नयाँ डीएसपी पठाइए

१४ भदौ, काठमाडौं । ज्यान मुद्दाका अभियुक्तको थुनामा रहेका बेला मृत्यु भएको प्रकरणमा इलाका प्रहरी कार्यालय, गरुडाका इञ्चार्जको जिम्मेवारी खोसिएको छ । हाल गरुडाका नेतृत्व गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई २ नं. प्रदेश प्रहरी कार्यालय तानेर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको हो । महतोलाई शनिबार प्रदेश प्रहरी कार्यालय तानिएको थियो भने उनको ठाउँमा […]

वीरगञ्जमा कोरोना संक्रमितलाई खाना र ‍औषधि दिन ‘सिस्टर रोबोट’

१४ भदौं, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा अब संक्रमितहरुका लागि ‘सिस्टर रोबोट’ले सेवा दिने भएको छ । अबदेखि कोभिड अस्पतालमा भर्ना भई उपचाररत संक्रमतिहरुका लागि खाना, औषधि तथा अत्यावश्यक सामान रोबोटले पुर्‍याइ दिने भएको हो । संक्रमितको सेवामा नर्सहरुलाई सघाउने भएकोले नै यसको नाम ‘सिस्टर रोबोट’ राखिएको छ । ‘सिस्टर रोबोट’मा सामान राखेर […]

नियमित उडानमा नेपाल आउन पाउने विदेशी को हुन् ?

१४ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालीका बनाएको छ । त्यसअनुसार दैनिक ५ सय जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् । यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी नेपाल आउन सक्नेछन् । तर, विदेशी पर्यटकले भने अहिले पनि उडानको अनुमति पाउने छैनन् । तर, सरकारले […]

१६ भदौपछि हुने नियमित उडानमा नेपाल आउन पाउने विदेशी को हुन ?

१४ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । त्यसअनुसार दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् । यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी नेपाल आउन सक्नेछन् । तर, विदेशी पर्यटकले भने अहिले पनि उडानको अनुमति पाउने छैनन् । तर, सरकारले कुटनीतिक […]

फेरि फर्किने कागज गराएर कैदीलाई घर पठाउन प्रस्ताव

१४ भदौ, काठमाडौं । सांसदहरुले पछि फर्किने सम्झौता गरेर जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका छन् । पछिल्लो समय कैदी र बन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले यस विषयमा भर्चुअल माध्यमबाट बैठक राखी छलफल गरेको थियो । उक्त बैठकमा सांसदहरुले जेलमा क्षमता भन्दा धेरै […]

कर्णालीमा २६ जना कोरोना संक्रमित थपिए

१४ भदौ, काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित मध्ये सुर्खतका ८ जना, सल्यानका […]

धनुषामा बिहान ६ घण्टा पसल खोल्न पाइने

१४ भदौ, जनकपुरधाम । धनुषामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सोमबारदेखि लागू हुने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार निषेधाज्ञालाई एक साताका लागि थप गर्दै सोमबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजे ६ घण्टासम्म पसलहरु खोल्न दिइने छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र […]

महानगरीय प्रहरी कार्यालयका थप १३ जनामा कोरोना पुष्टि

१४ भदौ, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी उच्च स्रोतका अनुसार योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ । योसँगै हाल उपत्यकामा […]

एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार […]

काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना […]

पीसीआर परीक्षणको शुल्क घट्यो

१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । ‘सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन पाइँदैन’ उनले अनलाइनखबरसँग भने । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० […]



from समाचार – Online Khabar https://ift.tt/34LTpSY
via IFTTT
Powered by Blogger.