समाचार
१५ भदौ, बुटवल । जिल्ला प्रशासनले कपिलवस्तुमा भदौ २२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । कपिलवस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले यसअघि भदौ १५ गते रातिसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजेसम्म निरन्तरता दिइएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार दिउँसो निषेधाज्ञाबारे सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा […]
१५ भदौ, चितवन । साउन २४ गतेसम्म चितवनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ जना थियो । तर भदौ १५ मा आइपुग्दा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ, संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । संक्रमण समुदायमा पुगेको संकेतका रुपमा गम्भीर प्रकृतिका बिरामी अस्पताल आउन थालेका […]
१५ भदौ, त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना सङ्क्रमण पुष्टि भएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका उनीहरु सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो […]
१५ भदौ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सधैंजसो हुने सवारी जाम कम गर्न कोटेश्वर–जडिबुटी सडकखण्ड विस्तार सुरु भएको छ । यसका लागि विमानस्थलको केही भाग जमिन उपयोग गरेर सडक ट्रयाक खोल्न सोमबार डोजर चलाइएको छ । करिब ३ सय मिटरको यो खण्ड साँघुरो हुँदा कोटेश्वर काठमाडौं उपत्यकाकै सबैभन्दा बढी जाम हुने क्षेत्र बनेको छ । यो […]
१५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका विद्यार्थीहरूले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेका छन् । सवारी साधनमा देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको विषयमा दर्ता रिट खारेज गने सर्वोच्चको पुरानो निर्णयको विद्यार्थीहरूले विरोध गरेका हुन् । दर्शनाचार्य तहमा अध्ययरत ३६ विद्यार्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता र देशको […]
१५ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सोमबार ४० जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सुर्खेतमा मात्रै ३७ जना, जुम्ला, बाँके र बैतडीका एक/एकजनामा संक्रमण देखीएको […]
१५ भदौ, गोरखा । सिरानचोक गाउँपालिकाको सिम्लेबाट खहरेतर्फ लगिएको अवैध सालको काठ डिभिजन वन कर्यालयले बरामद गरेको छ । नयाँ साघु प्रहरी चौकीको सहयोगमा १२ थान काठको गोलिया (२७.९५ क्यू फिट) बरामद गरिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । काठ ओसार पसारमा प्रयोग गरिएको लु ३ त ६८५२ नम्बरको ट्याक्टर र चालक सिरानचोक […]
१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो । तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० […]
१५ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार […]
१५ भदौ, काठमाडौं । बन्द अवस्थामा रहेको बालाजुस्थित जनमैत्री अस्पताललमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका –१६ मा पर्ने उक्त अस्पतालमा १०० बेडको आइसोलेसन सेन्टर सोमबारदेखि सञ्चालनमा ल्याइएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । अस्पतालमा सोमबार ६ जना डाक्टर, १२ जना नर्स र २ जना मेट्रोनलाई वडाध्यक्ष रिजालले स्वागत […]
१५ भदौ, काठमाडौं । नेपालमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा सञ्जाल वाणिज्य बैंककै हाराहारीमा पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा मात्रै ५ सय वटा शाखा थपिएका छन् । अहिले लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ४ हजार नाघेको राष्ट्रबैंकले जनाएको छ । २०७६ असार मसान्तसम्म ३ हजार ६ सय २९ वटा शाखा […]
१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
१५ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा पनि जटिल अवस्थाका कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ । प्लाज्मा थेरापीमा कोरोना संक्रमणपछि निको भएको १४ दिन भएको व्यक्तिको रगतको प्लाज्मा नयाँ संक्रमित व्यक्तिलाई दिएर उपचार गरिन्छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले प्लाज्मा थेरापीको आन्तरिक तयारी भइरहेको बताए । ‘प्लाज्मा रेडक्रसले उपलब्ध गराउँछ, […]
१५, भदौ, हेटौंडा । साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । निषेधाज्ञा हटाए पनि सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि […]
१५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कि ६८ वर्षीया महिलालाई भदौ ११ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह र उच्च रक्तचापको समस्या भएकी उनले बुटवल हस्पिटल प्रालिमा डा. नन्दु पाठकसँग नियमित चेकजाँच गराउँदै आएकी थिइन् । पछिल्लोपटक जचाउन जाँदा डाक्टरले कोरोना जाँच गर्न भनेपछि उनले आफ्नै खर्चमा पीसीआर परीक्षण गरेकी थिइन् । साउन […]
१५ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सन्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेज गरिएकोमा नेविसंघले विरोध जनाएको छ । भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले विरोध जनाएको […]
१५ भदौ, काठमाडौं । गुणस्तरहीन भन्दै ६ महिनाअघि सिल गरिएको पानी उद्योगबाट निरन्तर उत्पादन र बिक्री भईरहेको खुलेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको त्रिकोण बेभरेज नामक पानी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लगाएको सिल तोडेर उत्पादन गरिरहेको भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । पानी प्रशोधन र जारको गुणस्तरमा कैफियत देखिएपछि विभागले गत […]
१५ भदौ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० मा भदौ ८ गते २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये १८ जना एउटै टोलका थिए । कतिपय परिवारका सबै सदस्यमा संक्रमित भएका थिए । साउन ३२ गते परीक्षणका लागि स्वाब दिएका १०१ जनाको भदौ ८ गतेमात्रै नतिजा आएको थियो । एकैपटक धेरै संक्रमित भेटिएपछि गाउँमा त्रास […]
१५ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ […]
१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस […]
१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक […]
from समाचार – Online Khabar https://ift.tt/34MLrsy
via IFTTT