समाचार
१३ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक व्यक्तिको शव स्थानीय प्रशासनले चार दिनपछि उठाएको छ । न्यूरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएका महोत्तरीका पुरुषको शव शनिबार दिउँसो स्थानीय प्रशासनले उठाएको हो । आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउनुका साथै महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय […]
१३ भदौ, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै […]
१३ भदौ, काठमाडौं । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् । किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले […]
१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने […]
१३ भदौ, धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ । आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । ‘कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ प्रजिअ बोहराले भने ‘निषेधाज्ञाका नियमहरू यथावत् छन् ।’ शुक्रवार बसेको सुरक्षा समितिको […]
१३ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । गरुडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु […]
१३ भदौ, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ ७ गते मात्र पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा विहान […]
१३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका […]
१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी […]
१३ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । बारा निजगढकी ४७ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ […]
१३ भदौ, काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ । दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै […]
१३ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बर्सेनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशमा दुई सय ८४ सडक दुर्घटना भएका छन् । यो संख्या आर्थिक बर्ष ०७५/०७६ भन्दा ५१ ले बढी हो । आर्थिक वर्ष ०७४/०७५ मा एक ६४ सवारी दुर्घटना भएका थिए । सो वर्ष सवारी […]
१३ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका अर्का एक युवकको पनि मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको शनिबार बिहान मृत्यु भएको हो । तामाङ चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ […]
१३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती वृद्धलाई उपचारका लागि भदौ […]
१३ भदौ, बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक […]
१३ भदौ, गुल्मी । गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । यद्यपि जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । कोरोन संक्रमणको जोखिम बढेपछि यही भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । भदौ १२ गतेदेखि १९ गते राति १२ बजेसम्म १ हप्ताका लागि भने लकडाउनको नयाँ मोडालिटी बनाइएको छ । कोरोना संक्रमणको […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए […]
१३ भदौ, डोटी । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु स्थानीय सरकार सञ्चालन ऐन अपूर्ण देख्छन् । स्थानीय तहको परिभाषा खण्डदेखि नै उनी खोट देख्छन् । ‘ऐनको नाम स्थानीय सरकार सञ्चालन ऐन भनिएको छ तर परिभाषा खण्डदेखि नै ‘पालिका’ भन्ने शव्द मात्रै छ, सरकार भन्ने शव्दै छैन,’ उनी भन्छन्, ‘अन्यौलता यसरी सुरु […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको […]
१३ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ […]
from समाचार – Online Khabar https://ift.tt/3hGyCUe
via IFTTT