समाचार
१२ भदौ, दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो । गाउँसभाले पारित गरेको नीति विपरीत काम गरेका ३० लाई जरिवाना तोकेर पालिकाले […]
१२ भदौ, रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ । सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ । आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका […]
१२ भदौ, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनले बालबालिकामा कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संक्रमण ‘दुर्लभ’ रहेको देखाएको छ । साथै कोरोना भाइरसको कारण बालबालिकाको मृत्यु हुनु अझै दुर्लभ रहेको बिहीबार बेलायतमा प्रकाशित एक अध्ययनले देखाएको हो । यो अध्ययन कोभिड–१९को कारण बेलायतको १३८ अस्पतालमा भर्ना गरिएका बालबालिकामा गरिएको थियो । यो अध्ययनका अनुसार अस्पतालमा […]
१२ भदौ, काठमाडौं । बनेपामा रहेको विनायक बचत तथा ऋण सहकारी संस्थामा राखेको आफ्नै पैसा निकाल्न पनि नमोबुद्ध–१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले निकै तनाव झल्नुपर्यो । उनी प्रहरीदेखि सञ्चारमाध्यमका ढोकासम्म पुगे । सहकारीका सञ्चालकले दिन्छु–दिन्छु भन्दै भाका सार्दै गइरहेका छन् । तर, ८ महिनादेखि धाउँदा पनि घोरसाइनेले संस्थाबाट निक्षेप फिर्ता पाउन सकेका छैनन् । काठमाडौंका […]
१२ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर […]
१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ? गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको […]
१२ भदौ, वीरगञ्ज । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण […]
१२ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र […]
१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको […]
१२ भदौ, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश […]
कोरोना भाइरस (कोभिड–१९)को बिरामी देखिन थालेपछि नेपालमा मिर्गौला प्रत्यारोपणको काम ठप्प भएको छ । रिएजेन्टजस्ता परीक्षण र औषधिको अभाव, प्रत्यारोपणपछि कोरोना संक्रमण भएमा मानिसको मृत्यु हुने अत्यधिक सम्भावना भएकाले पनि मिर्गौला प्रत्यारोपण रोकिएको हो । तर डायलासिस सेवा भने नियमित चलिरहेको छ । यस अवधिमा डायलासिसका बिरामीको मृत्यु हुने क्रम पनि बढिरहेको छ । यद्यपि […]
१२ भदौ, काठमाडौं । निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ । उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले अनलाइनखबरलाई […]
१२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए […]
१२ भदौ, गोरखा । ६९ औं बसन्त पार गरिसके उनले । अनुहारका छाला चाउरिसकेका छन् । बुढेसकालले छोए पनि अजिरकोट गाउँपालिका–२ वलाङका कृतिमान गुरुङको जोश र जाँगरलाई बुढ्यौलीले छोएको छैन । सूचनाको सम्वाहकको रुपमा उनी विगत २५ वर्षभन्दा बढी समयदेखि काम गर्दै आइरहेका छन् । गाउँमा उनी कटुवाल बाजे भनेर परिचित छन् । कटुवाल कराउँदै […]
११ भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरेको छ । तर संक्रमण फैलिने क्रम रोकिएको छैन । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयास पर्याप्त छ ? हामीले अब के गर्नुपर्छ ? खोप र औषधिको सम्भावना के कस्तो […]
११ भदौ, काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर […]
११ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९ पुगेको छ । काठमाडौंको तारकेश्वर–११ […]
११ भदौ, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ३३७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिए । यससँगै संक्रमितको कुल संख्या ४ हजार नाघेको छ । जसरी संक्रमितको संख्या बढेको छ, उनीहरुलाई आसोलेसनमा मात्र होइन, कन्ट्याक्ट ट्रेसिङ पनि अर्को समस्या बनेको छ । कट्याक्ट ट्रेसिङको जिम्मा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्थानीय तहलाई दिएको छ । […]
११ भदौ, काठमाडौं । सरकारी निर्णयको अवज्ञा गरेर विद्यालयले शुल्क तिर्न दबाब दिएको भन्दै राजधानीस्थित मल्पी सिटी स्कूलका अभिभावकले केन्द्रीय र स्थानीय सरकार गुहारेका छन् । अभिभावकहरूले प्रमुख जिल्ला अधिकारी, वडा कार्यालय, काठमाडौं महानगरपालिका, नेपाल प्रहरीको अपराध महाशाखा, नेपाल अभिभावक संघ र संस्थागत अभिभावक संघलाई पत्र लेखेर विद्यालयलाई कारवाही गर्न माग गरेका हुन् । सन् […]
११ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि दिएको बजेट जिल्ला प्रशासन कार्यालय र अस्पतालले खर्च गर्न नसकेको बताएका छन् । कोरोना महामारी नियन्त्रण सम्बन्धमा सर्लाही र रौतहटका सरोकारवालासँग सृुझाव लिन सर्लाहीको हरिवनमा बिहीबार आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले दिएको रकम खर्च नहुनु दुर्भाग्यपूर्ण भएको बताए । प्रदेश […]
११ भदौ, काठमाडौं । विभिन्न देशका राजदूतले श्रम स्वीकृति नलिई विदेश गएका र कोरोना महामारीमा अप्ठेरोमा परेका नेपालीलाई पनि स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् । श्रम स्वीकृति नलिई अवैध रुपमा घरेलु कामदारका रुपमा विदेशमा काम गरिरहेका महिला साह्रै समस्यामा रहेको भन्दै राजदूतहरुले उनीहरुको उद्धार गर्नुपर्ने बताए । विहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले […]
from समाचार – Online Khabar https://ift.tt/32x5UyX
via IFTTT