समाचार
१५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन् । लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचाररत उनी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितसमेत बनेका थिए । सोमबार उनका छोरा अभिजित मुखर्जीले […]
१५ भदौं, हेटौंडा । मकवानपुर जिल्लामा सोमबार ६७ जना कोरोनो संक्रमण मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा आइसोलेसन इन्चार्ज भोला चौलागाइँका अनुसार पछिल्लो रिर्पोट अनुसार ६७ जनाले कोरोनामुक्त भएका हुन् । उनीहरुमध्ये ३५ जनासंस्थागत आइसोलेसनमा र ३२ जना होम आइसोलेसनमा थिए । कोरोना संक्रमणमुक्त हुनेमा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि छिन् […]
१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक […]
१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस […]
१५ भदौ, चितवन । साउन २४ गतेसम्म चितवनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ जना थियो । तर भदौ १५ मा आइपुग्दा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ, संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । संक्रमण समुदायमा पुगेको संकेतका रुपमा गम्भीर प्रकृतिका बिरामी अस्पताल आउन थालेका […]
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ । ‘हामी […]
१५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले अनलाइनखबरसँग बताए । प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः […]
१५ भदौ, काठमाडौं । बारबरा फाउन्डेसनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष सम्मान गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध अग्रपत्तिमा खटिएका चिकित्सक र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरुको कदरस्वरुप विशेष सम्मान प्रदान गर्ने निर्णय गरिएको बारबरा फाउन्डेसनले जनाएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की र नेपाल नर्सिङ […]
१५ भदौ, काठमाडौं । गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन, त्यसपछि बिभिन्न कडाई र भदौ ३ गते यता निषेधाज्ञा जारी छ । यसले जनजीवनका सबै क्षेत्र प्रभावित बनेका छन् । अझ निजी क्षेत्रको स्थिति त दिनप्रतिदिन संकटग्रस्त बनिरहेको छ । तर, यो संकटले नछोएका वा उल्टै फाइदामा रहेका नेपालीहरु पनि छन् । उनीहरुको […]
१५ भदौ, जनकपुरधाम । मनरा सिस्वा नगरपालिका–४, महोत्तरीका ३७ बर्षीय हेल्थ असिष्टेन्टको आफ्नै घरमा औषधि पसल थियो । गाउँघरमा मानिसहरु पनि गाह्रोसारो पर्दा उनी कहाँ पुग्थे । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेलामा पनि उनी रुघाखोकी, झाडापखाला, ज्वरोका बिरामी हेर्थे । भदौ पहिलो साता उनी र श्रीमती दुबै विरामी परे । टाउको दुख्ने, […]
१५, भदौ, चितवन । भरतपुर महानगरपालिका – ८ मा चुडामणि शर्मासहितका चार जना युवाले तीनवटा पोखरीमा माछा पाल्दै आएका थिए । माछापालनसँगै कागती खेती र हाँस पनि पालेका थिए । उनीहरुको पोखरीबाट दिनदिनैजसो माछा हराउँदै थयो । धेरै समयपछि उनीहरुले अनुमान गरे कि कसैले पोखरीबाट माछा चोरेर लैजाने गरेको छ । रातको समयमा माछा चोरी […]
१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो । तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० […]
१५ भदौ, काठमाडौं । वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । इमरजेन्सीमा काम गर्ने दुई जना मेडिकल अफिसरमा कोरोना पोजेटिभ भएको रिपोर्ट सोमबार बिहान आइपुगेको । संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेको इमरजेन्सीका कार्यरत एक चिकित्सकले जानकारी दिए । उनले भने, ‘उहाँहरु अहिले घरमै हुनुहुन्छ । हस्पिटलले […]
१४ भदौ, बुटवल । भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन । युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, कन्सल्ट्यान्ट फिजिसियन, […]
१५ भदौ, काठमाडौं । सरकारले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो । माग र श्रम सम्झौताका आधारमा नयाँ […]
१५ भदौ, जनकपुरधाम । प्रदेश २ को सप्तरी र महोत्तरीमा पुनः एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको छ । दुवै जिल्लामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित दुवै जिल्लास्तरीय समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एक […]
१५ भदौ, गोरखा । कोरोना संक्रमणबाट गोरखाको आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिलाको मृत्यु भएको छ । काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनको मृत्यु भदौ १३ गते राति ११ः४८ बजे भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भदौ ४ गते उनी अस्पताल […]
१५ भदौ, बुटवल । रुपन्देहीमा एक किशोरको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.५ का १७ वर्षका सदाव आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको पानीको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले देखेर उद्धार गरी उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला […]
१५ भदौ, काठमाडौं । सरकारले चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतमा नवराज ढकाल र हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । प्रशासन सेवाका यी दुबै सहसचिवलाई सरकारले अघिल्लो हप्ता परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो । […]
१५ भदौ, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । […]
१५ भदौ, काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन अनुमति दिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आवश्यक सुरक्षा व्यवस्था मिलाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक परीक्षार्थीको चारैतर्फबाट कम्तीमा दुई दुई दुरी […]
from समाचार – Online Khabar https://ift.tt/3jBxHW1
via IFTTT