Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जका मेयर विजय कुमार सरावगीलाई पितृ शोक

१५ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीका बुवा चिरञ्जीविलाल सरावगीको मृत्यु भएको छ । ७८ वर्षीय उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५ मृत्यु भएको हो । नगर प्रमुख सरावगीले सकेको कोसिस गर्दा पनि बुवालाई बचाउन नसकिएको बताए । ‘लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो, १० दिन अगाडि नै […]

कालिकोट पहिरो : मृतकको संख्या १० पुग्यो, घटनास्थलमै पोष्टमार्टम

१५ भदौ, काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ […]

इच्छाकामना गाउँपालिकाको कार्यालयमा ताला

१५ भदौ, चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा […]

कसले चलाउँदैछ डा. केसीको फेक अकाउण्ट ?

१५ भदौ, काठमाडौं । अंग्रेजीमा डि.आर. गोविन्द केसी लेखिएको एउटा फेसबुक पेज निकै चर्चित छ । जहाँ केही समयअघि प्रहरीले डा. केसीलाई समाउँदै गरेको फोटो पोस्ट गरेर क्याप्सन लेखिएको छ : ‘केही दिनको हिरासतले अनवरत दीनदुःखी गरिबहरुको निःशुल्क सेवा गर्ने भाव कहाँ घट्छ र ? बाटो छेक्दैमा र हिरासतमा लिदैमा अभियान कहाँ रोकिन्छ र ? […]

विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा

१५ भदौ, सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष […]

यातायात विभागको विदाइ कार्यक्रममा सहभागी कर्मचारीलाई कोरोना

१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग मीनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका  तीअधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो । […]

नियमित फ्लाइट सीमित गर्दा भाडादार चार्टर्डको भन्दा महँगो

१४ भदौ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार सरकारलाई दुई पन्ना लामो पत्र पठाएर भनेको छ, ‘नियमित फ्लाइटलाई प्रतिस्पर्धी नबनाए यात्रु -‘घर फर्किने नेपालीहरुले मँहगो मूल्यमा यात्रा गर्नुपर्ने अवस्था आउँदैछ ।’ पत्रमा नियमित उडानका लागि मलेसियाबाट एकतर्फी उडानको भाडा ८७ हजार (२९ सय रिंगेट)भन्दा बढीसम्म उठाउन सुरु भएको जानकारी पनि दिइएको थियो । स्रोतका अनुसार […]

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

१४ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, […]

कोरोनाबाट आमा-छोरासहित ११ जनाको मृत्यु पुष्टि

१४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार थप ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २/२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् । शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको […]

‘मेडिकल सिटी’मा बिजोग : अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

१४ भदौ, चितवन । चितवनको भरतपुरले ‘मेडिकल सिटी’को उपनाम पाएको छ । तर त्यही भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्युवरण गर्नु परेको छ । ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई पछिल्लो समय जण्डिस पनि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी […]

मन्त्रालयको निर्देशन विपरीत विद्यालयमा आइसोलेसन

१४ भदौ, हेटौंडा । संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरित मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए । शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन भनेको […]

रुपन्देहीमा भदौ २० सम्म निषेधाज्ञा

१४ भदौ, बुटवल । रुपन्देहीमा भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आइतबार सांझ सूचना जारी गर्दै भदौ १४ गते रातिसम्मको निषेधाज्ञालाई भदौ २० गतेसम्म निरन्तरता दिएका हुन् । कोरोना संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको प्रजिअ पन्थले बताए । निषेधाज्ञा […]

पीडकहरु नै सरकारमा जाँदा बेपत्ताको समस्या समाधान भएन : मल्लिक

१४ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पूर्वअध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरु नै सरकारमा भएकाले वेपत्ताहरुको समस्या समाधान हुन नसकेको बताएका छन् । केही पीडितहरुले समेत पदको लाभ लिएर नबोलेका कारण बेपत्ता व्यक्तिहरुको छानबिन प्रभावित भएको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वअध्यक्ष मल्लिकले भने, ‘अधिकांश पीडकहरु सरकारमा गएका छन् । पीडितहरु […]

सबै कोरोना संक्रमितको जिम्मा लिन सरकारलाई निर्देशन

१४ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको छ । लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने गरिएको भन्दै समितिले त्यसो नगरी सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको हो । […]

मन्त्रालय परिसरबाटै डिभिजनल इन्जिनियर पक्राउ

१४ भदौ, बुटवल । स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित एकजना डिभिजनल इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको स्टिङ अपरेसनमा पुर्वाधार बिकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर मनिषकुमार अर्याललाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई ६६-१-०७६१ नं. को कार्यालयको गाडीसहित भौतिक पुर्वाधार विकास मन्त्रालय […]

आईसीयूमा बेड छैन, फिभर क्लिनिकमै गयो संक्रमितको ज्यान

१४ भदौ, बुटवल । बुटवल–५, रुपन्देहीका ६७ वर्षीय पुरुषलाई शनिबार रातिदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भयो । आइतबार बिहान साढे ४ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल पुगे । जिन एक्सर्पट मेसिनमार्फत् स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । मुटुको शल्यक्रिया गरेका, उच्च रक्तचाप र मधुमेहको बिरामी भएकाले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर […]

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर […]

गोरखा नगरपालिकामा स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना संक्रमण

१४ भदौ, गोरखा । गोरखामा आइतवार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्वर १३ का दश जना र वडा नम्वर ८ र १० का एक/एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । संक्रमित हुनेहरुमा ५ बर्षीय बालिका देखि ७५ बर्षीय महिलासम्म छन् । बिरामी भएर […]

नेसनल मेडिकल कलेजमा ५ सय शय्याको आइसोलेसन केन्द्र बनाइने

१४ भदौ, काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजको भवनमा ५ सय बेडको आइसोलेसन केन्द्र बनाउने तयारी भएको छ । बढीमा एक साताभित्र ५ सय शय्याको आइसोलेसन सेन्टर खोज्ने जिम्मा पाएको जीवनराम श्रेष्ठ, कृष्ण राई लगायतको टोलीले नेसनल अस्पतालमा कोरोना संक्रमितलाई छनोट गरेको र त्यस अनुसार तयारी अन्तिम चरणमा पुर्‍याएको समितिका सदस्य श्रेष्ठले जानकारी दिए […]

दुई हप्तापछि गोरखामा हटाइयो निषेधाज्ञा, नाकामा भने कडाइ

१४ भदौ, गोरखा । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखामा भदौ १ देखि लगाइएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । आइतबार बसेको जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले सोमबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । अब जिल्लामा होटल, रेष्टुरेन्ट, व्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल र कभर्ड हलबाहेकका अन्य पसल सञ्चालन गर्न पाइने छ । निजी […]

नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने

१४ भदौ, काठमाडौं । नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने गरी प्रक्रियालाई अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको एक उच्च अधिकारीले जानकारी दिए । ‘यी मुलुकहरु पनि नेपालसँग सम्झौताका लागि इच्छुक छन्,’ उनले […]



from समाचार – Online Khabar https://ift.tt/2DiJau4
via IFTTT
Powered by Blogger.