Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपालमा भलिबल : ८० वर्षको इतिहास, तर अझै बामे सर्दै

१० भदौ, काठमाडौं । सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको पनि ३ वर्ष पुगिसकेको छ । तर अझै पनि नेपालमा यो खेल र खेलाडीहरुको स्तर माथि उठ्न सकेको छैन । भलिबलको आˆनै कभर्ड हलसम्म छैन । नेपालले झण्डै ८ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको करिब साढे चार दशकअघि […]

नेपाल एयरलाइन्सको जहाज उठाउन खरिदकर्ताको आनाकानी

११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्ससँग बोइङ ७५७ (गण्डकी) खरिदका लागि बोलपत्र जितेको कम्पनीले जहाज नउठाएपछि समस्या भएको छ । पोल्याण्डको एमबीएस एयरक्राफ्टले बोलपत्रबाट सबैभन्दा बढी मूल्य राखेर यो जहाज खरिदको अनुमति पाएको थियो । कम्पनीले अहिले आएर खरिद सम्झौताका लागि आनाकानी गर्न थालेको नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले बताए । ५७ लाख १० हजार […]

डा. केसीको अनशन एक हप्ता स्थगित

११ भदौ, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिएका छन् । ‘‍…स्थानीय प्रशासनको विशेष आग्रहमा आज बिहान सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका छौं’ केसीले विज्ञप्तिमा भनेका छन् । गत […]

डाक्टरलाई कोरोना देखिएपछि जाजरकोट अस्पतालको ओपीडी सेवा बन्द

११ भदौ, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले बताए । ‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित […]

प्रदेश २ का प्रयोगशालामा ४ हजार स्वाब थुप्रियो

११ भदौ, सप्तरी । गाउँमा एक संक्रमितको सम्पर्कमा पुगेका कारण बलान बिहुल गाउँपालिकाका विनोद रजकले साउन ३१ गते कोरोना परीक्षणका लागि स्वाब दिएर होम क्वारेन्टिनमा बसे । उनले २/३ दिनमा रिपोर्ट आउने आंकलन गरेका थिए । तर, रिपोर्ट ६ भदौमा आयो । ‘रिपोर्ट नआउँदासम्म धेरै तनाव खेप्नुप¥यो’ रजक भन्छन्, ‘स्वाब दिनुअघि मैले पनि केही साथीसँग […]

चितवनको प्रयोगशालामा एकै व्यक्तिको ४ पटक कोरोना परीक्षण !

११ भदौ, चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा चितवनको भरतपुर कोभिड १९ प्रयोगशालामा स्वाबको नमुना थुप्रिने क्रम बढ्दो छ । नमूना लिएको झण्डै एक सातासम्म पनि रिपोर्ट नआएका गुनासो पनि ल्याबसमक्ष छ । तर प्रयोगशालाका प्राविधिकको आफ्नै गुनासो छ । ल्याबमा एकै व्यक्तिले एकै दिन फरक फरक ठाउँबाट स्वाब पठाएको र एकै जनाले ४/५ […]

भैरहवामा पनि खुल्यो फुड बैंक

११ भदौ, काठमाडौं । लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ । लकडाउनका बेलामा  उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ । फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, […]

सुदूरपश्चिममा १० दिनमा ६६० संक्रमित

११ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा १० दिनमा ६ सय ६० जना नयाँ संक्रमित थएिका छन् । कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार भदौ १ गतेदेखि बुधबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी ६ सय ६० जनामा कोरोना भाइरस (कोविड–१९) को संक्रमण देखिएको हो । १० दिनको […]

निषेधाज्ञामा सुनसान पाटन (फोटोफिचर)

११ भदौ, काठमाडौं । खुल्ला ठाउँमा ताजा हावा खाने आउनेदेखि सेल्फी लिन आउनेको भिड लागिरहने पाटन दरबार क्षेत्रले अहिले विश्राम पाएको छ । पहिले भरिभराउ मान्छेका कारण राम्रोसँग चारो समेत खान नपाएका परेवाहरूले त्यही क्षेत्रमा अहिले स्वच्छन्द उडान भरिरहेका छन् । समग्रमा सुनसान छ पाटन दरबार क्षेत्र । ६० कटेका बा/आमाले झ्यालबाट बाहिरको दृश्य हेरेर […]

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

११ भदौ, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो । वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । महिला दम बढेपछि यही […]

पोखराकी ३२ वर्षीया महिलाको मृत्युको कारण ‘क्रिटिकल कोभिड’

११ भदौ, पोखरा । पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ […]

कञ्चनपुरमा उच्च ज्वरोका कारण पछिल्लो १० दिनमा ४ जनाको मृत्यु

११ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ । ‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको […]

कञ्चनपुरमा चट्याङले एकजनाको मृत्यु, ३ जना घाइते

११ भदौ, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,’चट्याङबाट अन्य […]

विदेशमा अप्ठेरोमा परेकालाई विना भेदभाव उद्धार गर्नुपर्छ : एनआरएनए

११ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् । ‘अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल […]

बारामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

११ भदौ, कलैया (बारा) । मोटरसाइकल दुर्घटनामा परी बिहीबार एकजनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका-२ भुतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना६१प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । गम्भीर घाइते भई उपचारका लागि कलैया […]

डेढ महिनापछि चितवनको माडीमा देखियो कोरोना

११ भदौ, चितवन । चितवनको माडीमा डेढ महिनापछि ९ जनामा कोरोना संक्रमण देखिएको छ । गएको असार ३१ गतेपछि बिहीबार ९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि, माडीमा ४१ जना संक्रमित भएका थिए । अहिले थपिएका ९ जना संक्रमित माडी नगरपालिका वडा नं. ६ र ७ का ५ पुरुष र ४ महिला छन् । […]

बुटवलमा प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु

११ भदौ, बुटवल । बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा। साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो […]

सबैले देख्ने पूर्णताभित्रको रित्तो मान्छे !

एक महिनाअघि कामविशेषले कास्कीको नापी कार्यालयमा पुगेकी थिएँ । भेट्नुपर्ने कार्यालय प्रमुख खिमलाल गौतम सरलाई । कार्यालय प्रवेशसँगै कोरोना कहरका मापदण्ड पूरा गरेर उहाँको कार्यकक्षमा पुगेँ । खिमलाल सर टेबुलमा केही फाइल पल्टाउँदै हुनुहुन्थ्यो । अभिवादनसहित म टेबुल अगाडिको सोफामा बसें । त्यो दिन साउनको २ गते थियो । अक्सर हँसिलो अनुहारमा प्रस्तुत हुने उहाँ […]

लकडाउनमा कसरी सेवा दिइरहेका छन् विकास बैंकले ?

११ भदौ, काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् । वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् […]

श्रोत नखुलेको २८ लाख रुपैयाँ बरामद

११ भदौं, रौतहट। रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ । इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ-९ का […]

सहचालक बनाएर ल्याइन्छन् बिहारबाट श्रमिक

११ भदौ, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हुकुम फुडले पहिलो चरणको लकडाउन खुलेपछि आफ्ना कामदार फ्याक्ट्रीमा ल्यायो । आटा, मैदा र पिठोका परिकारहरु उत्पादन गर्ने उद्योगको कच्चा पदार्थ भारत र तराईका जिल्लाबाट काठमाडौंको फ्याक्ट्रीसम्म आउँथ्यो । खाद्यान्न उद्योग भएकाले सरकारले उद्योग चल्न दिएको थियो भने खुकुलो लकडाउनमा उद्योगबाट राम्ररी काम भएको थियो । एकाएक […]



from समाचार – Online Khabar https://ift.tt/2G3A1Xh
via IFTTT
Powered by Blogger.