समाचार
११ भदौ, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,’चट्याङबाट अन्य […]
११ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् । ‘अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल […]
११ भदौ, कलैया (बारा) । मोटरसाइकल दुर्घटनामा परी बिहीबार एकजनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका-२ भुतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना६१प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । गम्भीर घाइते भई उपचारका लागि कलैया […]
११ भदौ, चितवन । चितवनको माडीमा डेढ महिनापछि ९ जनामा कोरोना संक्रमण देखिएको छ । गएको असार ३१ गतेपछि बिहीबार ९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि, माडीमा ४१ जना संक्रमित भएका थिए । अहिले थपिएका ९ जना संक्रमित माडी नगरपालिका वडा नं. ६ र ७ का ५ पुरुष र ४ महिला छन् । […]
११ भदौ, बुटवल । बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा। साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो […]
एक महिनाअघि कामविशेषले कास्कीको नापी कार्यालयमा पुगेकी थिएँ । भेट्नुपर्ने कार्यालय प्रमुख खिमलाल गौतम सरलाई । कार्यालय प्रवेशसँगै कोरोना कहरका मापदण्ड पूरा गरेर उहाँको कार्यकक्षमा पुगेँ । खिमलाल सर टेबुलमा केही फाइल पल्टाउँदै हुनुहुन्थ्यो । अभिवादनसहित म टेबुल अगाडिको सोफामा बसें । त्यो दिन साउनको २ गते थियो । अक्सर हँसिलो अनुहारमा प्रस्तुत हुने उहाँ […]
११ भदौ, काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् । वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् […]
११ भदौं, रौतहट। रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ । इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ-९ का […]
११ भदौ, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हुकुम फुडले पहिलो चरणको लकडाउन खुलेपछि आफ्ना कामदार फ्याक्ट्रीमा ल्यायो । आटा, मैदा र पिठोका परिकारहरु उत्पादन गर्ने उद्योगको कच्चा पदार्थ भारत र तराईका जिल्लाबाट काठमाडौंको फ्याक्ट्रीसम्म आउँथ्यो । खाद्यान्न उद्योग भएकाले सरकारले उद्योग चल्न दिएको थियो भने खुकुलो लकडाउनमा उद्योगबाट राम्ररी काम भएको थियो । एकाएक […]
११ भदौ, वीरगञ्ज । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालमा ५ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए […]
११ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा […]
१० भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको […]
११ भदौ, वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको […]
११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । भदौ ११ गते बिहीबार विहान ८ः१० मा उनको मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले […]
११ भदौ, झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ । झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा नेपाल प्रहरी/सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानीय ३८ वर्षीय रसिकुल आलमको […]
११ भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण देखिएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार संक्रमित हुनेमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारी छन् […]
११ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिरासतमै रहेका […]
११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ […]
११ भदौ, बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोारेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका […]
११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ […]
११ भदौ, गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तीजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नं. ७ स्थित पर्यटकीय स्थल नर्सिङकोट […]
from समाचार – Online Khabar https://ift.tt/2EFX49G
via IFTTT