समाचार
११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ […]
११ भदौ, काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् । वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् […]
११ भदौ, गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तीजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नं. ७ स्थित पर्यटकीय स्थल नर्सिङकोट […]
११ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए । पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ । वडाअध्यक्ष थापाका […]
११ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित संघीय सांसदहरु, सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को रकमबाट कोभिड अस्पताल बनाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुगिने नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन् । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण र रोकथाम तथा […]
११ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी कोरोना संक्रमित भएर भरतपुर अस्पतालमै उपचाररत छन् । अस्पतालको क्याविन नं. १०७ मा उपचार गराइरहेका मेसु डा. तिवारीलाई अहिले पहिलको भन्दा स्वास्थ्य निकै राम्रो हुँदै गैरहेको छ । खोकी लाग्ने र घाँटीको समस्या पनि कम हुँदै छ । ‘अहिले केही कम हुँदै गएको महसुस […]
१० भदौ, झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले अनलाइनखबरलाई बताए । गोरु काटेको अभियोगमा पक्राउ परेका […]
१० भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना दुखद भएको बताएका छन् । स्वास्थ्यकर्मीमा दुर्व्यवहारको घटना बढ्दै गयो भने अस्पताल भए पनि स्वास्थ्यकर्मी नहुने उनले बताए । स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रहेर काम गरेको हुनाले संक्रमित भएका उनी बताउँछन् । ‘नेपालका स्वास्थ्यकर्मीहरु आफ्नो स्वास्थ्य जोखिममा […]
१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना […]
१० भदौ, चितवन । चितवनको ओम अस्पतालमा अप्रेसन गरेर सुत्केरी भएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका– २ क्षेत्रपुरकी २४ बर्षकी महिलालाई भदौ ८ गते प्रसव पीडा भएपछि चिकित्सकहरुले अप्रेशन गरेर प्रसुति सेवा दिएका थिए । चितवन मेडिकल कलेजमा भदौ ७ गते स्वाब दिएकी महिलाको अप्रेशन गरेपछि भदौ ९ गते राति कोरोना […]
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा एकैदिनमा ६६ जनाले कोरोना संक्रमण निको भई घर फर्किएका छन् । वीरगञ्जस्थित दुई वटा कोभिड अस्पताल, सेमी तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । यो सँगै पर्सामा ४ सय ४४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका […]
१० भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाराका दुई जना तथा काठमाडौं, भक्तपुर, कैलाली, महोत्तरी, बाँकेमा एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ । काठमाडौंका ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भक्तपुरको […]
१० भदौ, विराटनगर । विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ । समुदायमा संक्रमण फैलिएको विराटनगरको वडा नम्बर १२ मा ११९ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार बुधबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८९३ पगुेको छ । तीमध्ये आधा भन्दा बढी कोरोना संक्रमित घरमा नै बस्न बाध्य […]
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
१० भदौ, झापा । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो । बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर […]
१० भदौ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो । यो सरुवाको सूचीमा नेपालको एकमात्र ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् । मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार […]
१० भदौ, सर्खेत । किशोरीलाई बलात्कारपछि असुरक्षित गर्भपतना गराएको आरोपमा प्रहरीले कालीकोटमा २ जनालाई पक्राउ गरेको छ । रास्कोट नगरपालिका–४, वसन्तपुरका ५१ वर्षीय नमराज शाही र उनका ज्वाइँ नाता पर्ने २४ वर्षीय खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालक नमराजले रास्कोट–४, सुनारबाढाकी १८ वर्षीया किशोरीलाई २०७६ चैत १५ गते जबर्जस्ती करणी गरेको खुलेको […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको कारण भक्तपुरकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएकी सूर्य विनायक नगरपालिका- ८ कि ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालको आईसीयूमा बुधबार मृत्यु भएको हो । भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलालाई ४ दिनअघि भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरिएको […]
१० भदौ, काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि एवं जनप्रतिनिधिको बैठकले एक साताभित्र काठमाडौंमा कम्तीमा ५०० शय्याको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र केन्द्र तथा प्रदेश सभाका केही सांसद सहभागी बैठकले कोरोना […]
१० भदौ, सुर्खेत । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो । घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु हरिसिंह सार्कीले बताए । […]
१० भदौ, काठमाडौं । हामीले दैनिक भान्सामा उपभोग गर्ने तरकारी र खाद्यान्नको स्रोत के होला ? विश्वनगरको एउटा गल्लीमा रहेको नेपालले अहिलेसम्म पनि स्वाभिमानको नारा घन्काइरहँदा हामीले खाने र उपभोग गर्ने वस्तुहरू कहाँबाट आउलान् ? यस विषयमा धेरै जानकार नै छन् । हरियाणाको चामल, उत्तर प्रदेशको साग, बिहारको खुर्सानी र हैदरावादको तेलले नेपालीको प्रत्येक गाँसलाई […]
from समाचार – Online Khabar https://ift.tt/2D3fuRx
via IFTTT






















