Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेशसभाको ‘अनियमितता’बारे अख्तियारले थाल्यो अनुसन्धान

१० भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभामा भएका खर्चमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ  भन्दा बढी खर्च र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरिले कानून विपरीत घरभाडा लिँदै आएको विषयमा उजुरी परेको थियो । यस […]

रौतहटमा एक घर एक परिक्षण अभियान

१० भदौ, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक घर एक पीसीआर अभियान संचानल हुने भएको छ । गाउँपालिकाका अध्यक्ष अरुण साहले भदौ १२ गते शुक्रबार हेल्थ डेस्क सञ्चालन गरेर गाउँपालिकाका सबै घरधुरीका वासिन्दाको परीक्षण गर्ने बताएका छन् । परीक्षणका लागि स्वास्थ्य चौकीका कर्मचारीको व्यवस्थापनलगायतको काम गरेको उनले बताए । पछिल्लो समय रौतहटमा संक्रमितको संख्या […]

डुबेर मृत्यु हुने बालिकाको परिवारलाई १ लाख राहत

१० भदौ, जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारप्रति समवेदना प्रकट राहत रकम घोषणा गरेका हुन् । ‘मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट तत्कालै क्षतिपूर्ति उपलब्ध गराउने घोषणा […]

‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय

१० भदौ, काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले बतायो […]

शिक्षा सेवा आयोगका पदाधिकारी सिफारिस गर्न सर्च कमिटी गठन

१० भदौ, काठमाडौं । शिक्षा सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सर्च कमिटी गठन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको हो । शिक्षा ऐनमा भएको सातौं संशोधनमा आयोगमा १ अध्यक्ष र २ जना सदस्य (एक महिला) गरी ३ सदस्यीय आयोग गठन […]

‘धर्म भकारी’ बाट सिकेर सीताले जन्माएको खाद्य बैंक

१० भदौ, काठमाडौं । सेतो कागजमा यी शब्दहरू लेखेर सटरमा टाँसिएको र तल खाद्यान्नका पोका राखिएको देखिने तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । मोरङको केराबारीको यो फोटो भाइरल हुँदा गजुरी गाउँपालिका धादिङकी उपाध्यक्ष सीता ढुंगानालाई भने फोन उठाएरै फुर्सद छैन । ‘सकारात्मक प्रयासको फैलावट देशव्यापी हुँदैछ, बधाई र धन्यवादका फोन आएका छन्,’ सीताले सुनाइन् । […]

नेपालीको भान्सामा इथियोपियाको बेसार, भितनामको मरिच

१० भदौ, काठमाडौं । हामीले दैनिक भान्सामा उपभोग गर्ने तरकारी र खाद्यान्नको स्रोत के होला ? विश्वनगरको एउटा गल्लीमा रहेको नेपालले अहिलेसम्म पनि स्वाभिमानको नारा घन्काइरहँदा हामीले खाने र उपभोग गर्ने वस्तुहरू कहाँबाट आउलान् ? यस विषयमा धेरै जानकार नै छन् । हरियाणाको चामल, उत्तर प्रदेशको साग, बिहारको खुर्सानी र हैदरावादको तेलले नेपालीको प्रत्येक गाँसलाई […]

‘कोभिड अन्त्य भएपछि अर्थतन्त्र पहिलेभन्दा चलायमान हुन्छ’

१० भदौ, काठमाडौं । मुलुकको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क एक समय धराशायी अवस्थामा थियो । खारेजीको विन्दुमा पुगेको बैङ्क अन्ततः विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो र ५ वर्षपछि उकासियो । त्यसबेला बैङ्कले प्रवाह गरेको कुल कर्जामध्ये ६१ प्रतिशत खराब कर्जा थियो । बैङ्क ५ अर्ब नोक्सानीमा थियो । त्यही बैङ्क मुनाफाका हिसाबले […]

‘१० प्रतिशतमा खुम्चियो लघुवित्तको कारोबार, निक्षेप भने बढ्यो’

१० भदौं, काठमाडौं । कोरोना महामारीपछि लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । तर, निक्षेप संकलन भने अनपेक्षितरुपमा बढेको छ । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी २५ प्रतिशतसम्म घटेको लक्ष्मी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए । अहिले लघुवित्तको कारोबार १५ प्रतिशत भन्दा तल रहेको उनको भनाइ छ । अहिले लघुवित्तका ग्रामीण […]

चितवनमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

१०, भदौ, चितवन । चितवनमा कोभिड–१९ संक्रमित भएर जटिल अवस्थामा रहेको बिरामीको प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि अस्पताल तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले तयारी गरिसकेका छन् । निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम बढ्दै गएको छ । करिब तीन सातामा आईसीयूमा उपचार आवश्यक पर्ने […]

बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१० भदौ, वीरगञ्ज । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए । थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ […]

उपत्यकाको निषेधाज्ञा एक साता थपियो

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार […]

बिराटनगरको न्युरो अस्पतालमा महोत्तरीका संक्रमितको मृत्यु

१० भदौ, विराटनगर । महोत्तरीका कोरोना संक्रमित पुरुषको बिराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति संक्रमितको मृत्यु भएको हो । ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब […]

लमजुङमा २० सैनिकमा कोरोना संक्रमण

१० भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण […]

स्कुटर दुर्घटनामा युवकको मृत्यु

१० भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो । बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा […]

कांग्रेसले मंगलादेवी सिंहको स्मृती दिवस मनाउँदै

१० भदौ, काठमाडौं । नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र उसका भातृ संस्थाहरुले मनाउँदैछन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरणमा आज दिउँसो भर्चुअल (भिडियो) छलफल गरी स्मृति दिवस मनाउन लागिएको हो । कोरोनाका महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन । सिंहले […]

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१० भदौ, कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार […]

कोरोनाको कोरस : ६ महिनासम्म गीत गाउँदै बस्दै !

१० भदौ, काठमाडौं । बल्खुमा डेरा गरी बस्ने चार सदस्यीय परिवारका एकजना सदस्यमा यसैसाता कोरोना पोजेटिभ देखियो । एउटा कोठामा थुनिएर ती व्यक्ति जसोतसो ‘रुम आइसोलेसन’मा बसे । आइसोलेसनमा बसे के भन्नु ? बसेजस्तो गरे । किनभने, शौचालय साझा छ, दिशा-पिसाब गर्नैपर्‍यो । भान्सा एउटै छ, खानै परिगो । संक्रमितले यसरी साझा शौचालय प्रयोग गर्दा […]

मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]

बिराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

१० भदौ, बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए । संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको […]

रुकुमपश्चिममा गोली हानेर दुई जना पक्राउ

१० भदौ, काठमाडौं । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/34Arrcv
via IFTTT
Powered by Blogger.