समाचार
१२ भदौ, काठमाडौं । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी दाङ जिल्लामा भदौ १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि दाङ प्रशासनले राति ९ […]
१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाएको छ । काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो । यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि कोभिड अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]
१२ भदौ, सुर्खेत । दैलेखमा एकजना पत्रकारसहित ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालयको, पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ११ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितहरु ११ जना नै नारायण नगरपालिकाका स्थानीय रहेको अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । संक्रमित ५ जना महिला र […]
१२ भदौ, काठमाडौं । बेलायतमा रहेका नेपालीहरुले कोरोना महामारी र बाढी, पहिरोका कारण समस्यामा परेका पाँच सय ९७ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । बन्दाबन्दी सुरु भएयताका पाँच महिनाको अवधिमा रोजगारी गुमाएका, दलित, अतिविपन्न र सीमान्तकृत समुदाय तथा बाढी पहिरो पीडितलाई बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा राहत सामाग्री वितरण गरिएको हो । १६ जिल्लाका विपन्न […]
१२ भदौ, हेटौंडा । मकवानपुरमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक कोरोना प्रयोगशालाले दिएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जना, मनहरी गाउँपालिकाका एक जना र ४ जना जिल्ला बाहिरका व्यक्तिमा कोरोना संक्रमण भएको हो । जिल्ला बाहिरका भए पनि उनीहरु अहिले मकवानपुरमा रहदै आएको कर्रा आइसोलेसन वार्डले जनाएको छ । […]
१२ भदौ, विराटनगर । विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसालिटी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । सातवटा आईसीयू र दुईवटा भेण्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । न्यूरोको विराटनगर–९ महेन्द्र चोकमा रहेको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई बिहीबारबाट कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले […]
१२ भदौ, काठमाडौं । हरि खड्का । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई खेलाडीमध्ये एक । हरिले एक दशकभन्दा बढी समय नेपालका लागि खेलेर १३ गोल गरे । उनले फुटबल खेल्न छाडेको पनि १४ वर्ष पुगिसकेको छ । तर १३ वर्षअघि उनले राखेको त्यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् । हरिभन्दा केही पछिसम्म खेलेका […]
१२ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले सञ्चालन तथा व्यवस्थापनबाट हात झिकेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापनलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयको राय मागेको छ । अर्थले दिने रायका अनुसार नै जहाज व्यवस्थापनको प्रक्रिया अगाडी बढ्ने पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् । ‘पटक-पटकको अध्ययनपछि निगम यी जहाज चलाउँदा फाइदा नहुने […]
१२ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने भएको छ । कडा निषेधाज्ञाले सर्वसाधारणको जनजीवन कष्टकर भएको गुनासो आएपछि यसलाई परिवर्तन गर्ने निश्कर्षमा स्थानीय प्रशासन पुगेको छ । साउन २६ गतेदेखि हेटौंडा उपमहानगरभरि र मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने […]
१२ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए । ‘मेरो खराब […]
१२ भदौ, काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो । योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित […]
१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी […]
१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले […]
१२ भदौ, बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा नगरपालिका वडानम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा बिहीबार राति साढे […]
१२ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका लमजुङको मध्यनेपाल नगरपालिका- ७ करापुटारका ५२ वर्षीय पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदै गर्दा दिउँसो सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । […]
१२ भदौ, काठमाडौं । नेपाल- भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले […]
१२ भदौ, काठमाडौं । त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो । निमोनियाको […]
१२ भदौ, काठमाडौं । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । उनलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र […]
१२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई […]
१२ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे […]
from समाचार – Online Khabar https://ift.tt/32vMScl
via IFTTT