समाचार
१५ भदौ, काठमाडौं । नगरपालिकाभित्र समुदायस्तरमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुगेको भन्दै कावासोती नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले १९ भदौसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए । स्वास्थ्य सेवाबाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण […]
१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक कोरोना संक्रमितलाई ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका- ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । नारायणी अस्पतालमा उपचाररत उनलाई आइतबार राति संक्रमणमुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनलाई नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर […]
१५ भदौ, डोटी । आजभन्दा ठीक पाँच महिनाअघि अर्थात् चैत १४ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । दुवईबाट आएका कैलालीका ती युवकमा स्वास्थ्य समस्या देखिए पनि सेती प्रादेशिक अस्पतालमा उपचार गराउन जाँदा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी करिब एक महिना अस्पताल बसाइँपछि निको भएर घर फर्किएका थिए । […]
१५ भदौ, सप्तरी । सप्तरीमा उच्च ज्वरो र झाडापखाला लागेका एक युवकको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगामा निवासी २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उनलाई पछिल्लो एक साता यता ज्वरो आएको थियो । केही दिन यता झाडापखालाबाट पनि सिकिस्त भएका उनी गाउँमै उपचार गराउँदै आएका थिए । […]
१५ भदौ, चितवन । चितवनमा माछापोखरी छेउमा राखिएको तारमा करेन्ट लागेर दुईजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेका छन् । स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको […]
१५ भदौ, काठमाडौं । कोरोना भाइरसको प्रवेशसँगै बैंकिङ क्षेत्रमा अधिक तरलता देखिएको छ । बैंकहरुको कर्जा लगानी विस्तार हुन सकेको छैन भने ब्याजदर घट्दो क्रममा रहेको छ । यता बैंकहरुले ब्याजदर घटाउँदा निक्षेप ‘डाइभर्ट’ हुने खतरा देखिएको छ । बैंक्हरुले कम ब्याज दिन थालेपछि निक्षेपकर्ताहरुले धमाधम सहकारी संस्थाहरुमा लगेर राख्न थालिसकेको बैंककै अधिकारीहरु बताउँछन् । […]
१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ जना महिला छन् । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण […]
१५ भदौ, बुटवल । कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै बुटवलका केही व्यवसायीले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएको छ । कोरोना महामारी फैलिएसँगै बढी माग भएका मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु व्यवसायीले चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो । बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गर्दा तीन सय रुपैयाँमा पाइने एक […]
१५ भदौ, मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, […]
१५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण […]
१५ भदौ, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी […]
१५ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज सोमबार बाँडफाँट हुने भएको छ । संस्थाले निश्कासन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो । सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्ससँगै समाजले पनि आईपीओ निश्कासन गरेको थियो । रिलायन्सको गत शुक्रबार नै […]
१५ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीका बुवा चिरञ्जीविलाल सरावगीको मृत्यु भएको छ । ७८ वर्षीय उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५ मृत्यु भएको हो । नगर प्रमुख सरावगीले सकेको कोसिस गर्दा पनि बुवालाई बचाउन नसकिएको बताए । ‘लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो, १० दिन अगाडि नै […]
१५ भदौ, काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ […]
१५ भदौ, चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा […]
१५ भदौ, काठमाडौं । अंग्रेजीमा डि.आर. गोविन्द केसी लेखिएको एउटा फेसबुक पेज निकै चर्चित छ । जहाँ केही समयअघि प्रहरीले डा. केसीलाई समाउँदै गरेको फोटो पोस्ट गरेर क्याप्सन लेखिएको छ : ‘केही दिनको हिरासतले अनवरत दीनदुःखी गरिबहरुको निःशुल्क सेवा गर्ने भाव कहाँ घट्छ र ? बाटो छेक्दैमा र हिरासतमा लिदैमा अभियान कहाँ रोकिन्छ र ? […]
१५ भदौ, सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष […]
१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग मीनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका तीअधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो । […]
१४ भदौ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार सरकारलाई दुई पन्ना लामो पत्र पठाएर भनेको छ, ‘नियमित फ्लाइटलाई प्रतिस्पर्धी नबनाए यात्रु -‘घर फर्किने नेपालीहरुले मँहगो मूल्यमा यात्रा गर्नुपर्ने अवस्था आउँदैछ ।’ पत्रमा नियमित उडानका लागि मलेसियाबाट एकतर्फी उडानको भाडा ८७ हजार (२९ सय रिंगेट)भन्दा बढीसम्म उठाउन सुरु भएको जानकारी पनि दिइएको थियो । स्रोतका अनुसार […]
१४ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, […]
१४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार थप ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २/२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् । शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको […]
from समाचार – Online Khabar https://ift.tt/3lzVWFx
via IFTTT