समाचार
१५ भदौ, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी […]
१५ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज सोमबार बाँडफाँट हुने भएको छ । संस्थाले निश्कासन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो । सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्ससँगै समाजले पनि आईपीओ निश्कासन गरेको थियो । रिलायन्सको गत शुक्रबार नै […]
१५ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीका बुवा चिरञ्जीविलाल सरावगीको मृत्यु भएको छ । ७८ वर्षीय उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५ मृत्यु भएको हो । नगर प्रमुख सरावगीले सकेको कोसिस गर्दा पनि बुवालाई बचाउन नसकिएको बताए । ‘लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो, १० दिन अगाडि नै […]
१५ भदौ, काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ […]
१५ भदौ, चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा […]
१५ भदौ, काठमाडौं । अंग्रेजीमा डि.आर. गोविन्द केसी लेखिएको एउटा फेसबुक पेज निकै चर्चित छ । जहाँ केही समयअघि प्रहरीले डा. केसीलाई समाउँदै गरेको फोटो पोस्ट गरेर क्याप्सन लेखिएको छ : ‘केही दिनको हिरासतले अनवरत दीनदुःखी गरिबहरुको निःशुल्क सेवा गर्ने भाव कहाँ घट्छ र ? बाटो छेक्दैमा र हिरासतमा लिदैमा अभियान कहाँ रोकिन्छ र ? […]
१५ भदौ, सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष […]
१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग मीनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका तीअधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो । […]
१४ भदौ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार सरकारलाई दुई पन्ना लामो पत्र पठाएर भनेको छ, ‘नियमित फ्लाइटलाई प्रतिस्पर्धी नबनाए यात्रु -‘घर फर्किने नेपालीहरुले मँहगो मूल्यमा यात्रा गर्नुपर्ने अवस्था आउँदैछ ।’ पत्रमा नियमित उडानका लागि मलेसियाबाट एकतर्फी उडानको भाडा ८७ हजार (२९ सय रिंगेट)भन्दा बढीसम्म उठाउन सुरु भएको जानकारी पनि दिइएको थियो । स्रोतका अनुसार […]
१४ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, […]
१४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार थप ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २/२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् । शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको […]
१४ भदौ, चितवन । चितवनको भरतपुरले ‘मेडिकल सिटी’को उपनाम पाएको छ । तर त्यही भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्युवरण गर्नु परेको छ । ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई पछिल्लो समय जण्डिस पनि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी […]
१४ भदौ, हेटौंडा । संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरित मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए । शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन भनेको […]
१४ भदौ, बुटवल । रुपन्देहीमा भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आइतबार सांझ सूचना जारी गर्दै भदौ १४ गते रातिसम्मको निषेधाज्ञालाई भदौ २० गतेसम्म निरन्तरता दिएका हुन् । कोरोना संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको प्रजिअ पन्थले बताए । निषेधाज्ञा […]
१४ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पूर्वअध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरु नै सरकारमा भएकाले वेपत्ताहरुको समस्या समाधान हुन नसकेको बताएका छन् । केही पीडितहरुले समेत पदको लाभ लिएर नबोलेका कारण बेपत्ता व्यक्तिहरुको छानबिन प्रभावित भएको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वअध्यक्ष मल्लिकले भने, ‘अधिकांश पीडकहरु सरकारमा गएका छन् । पीडितहरु […]
१४ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको छ । लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने गरिएको भन्दै समितिले त्यसो नगरी सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको हो । […]
१४ भदौ, बुटवल । स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित एकजना डिभिजनल इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको स्टिङ अपरेसनमा पुर्वाधार बिकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर मनिषकुमार अर्याललाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई ६६-१-०७६१ नं. को कार्यालयको गाडीसहित भौतिक पुर्वाधार विकास मन्त्रालय […]
१४ भदौ, बुटवल । बुटवल–५, रुपन्देहीका ६७ वर्षीय पुरुषलाई शनिबार रातिदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भयो । आइतबार बिहान साढे ४ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल पुगे । जिन एक्सर्पट मेसिनमार्फत् स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । मुटुको शल्यक्रिया गरेका, उच्च रक्तचाप र मधुमेहको बिरामी भएकाले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर […]
१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर […]
१४ भदौ, गोरखा । गोरखामा आइतवार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्वर १३ का दश जना र वडा नम्वर ८ र १० का एक/एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । संक्रमित हुनेहरुमा ५ बर्षीय बालिका देखि ७५ बर्षीय महिलासम्म छन् । बिरामी भएर […]
१४ भदौ, काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजको भवनमा ५ सय बेडको आइसोलेसन केन्द्र बनाउने तयारी भएको छ । बढीमा एक साताभित्र ५ सय शय्याको आइसोलेसन सेन्टर खोज्ने जिम्मा पाएको जीवनराम श्रेष्ठ, कृष्ण राई लगायतको टोलीले नेसनल अस्पतालमा कोरोना संक्रमितलाई छनोट गरेको र त्यस अनुसार तयारी अन्तिम चरणमा पुर्याएको समितिका सदस्य श्रेष्ठले जानकारी दिए […]
from समाचार – Online Khabar https://ift.tt/3hIDicr
via IFTTT