समाचार
२२ साउन, काठमाडौं । वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो । अस्पताल स्रोतका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको […]
२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर […]
देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरु कोही चाहँदैनन् कि कम्युनिस्ट पार्टी एकतावद्ध रहिरहोस् । उनीहरुले यो छिटोभन्दा छिटो विभाजित होस्, क्षतविक्षत होस् भन्ने चाहेका छन् । उनीहरुले गठबन्धन गर्दाका दिनदेखि यो गठबन्धन असफल पार्नका निम्ति कोसिस गरे । हामीले त्यसको प्रतिवाद गरी नै राख्यौं । चुनावपछि दुईवटा पार्टीको एकताचैं नहोस् भनेर प्रयत्न गरे । हामीले त्यसको […]
बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेकी थिइन् । डेढ वर्षीय छोरा नारायणले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तर केही सीप लागेन । “हेर्दाहेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहाल्यो, एकछिन चिच्याए तर मेरो केही सीप लागेन”, […]
२२ साउन, काठमाडौं । किलो सुनकाण्डमा प्रहरीको भूमिकामाथि छानविन गर्न गठिन समितिले कसैलाई विभागीय कारबाहीको सिफारिस विनै अनुसन्धान प्रतिवेदन बुझाएको छ । घटनामा संलग्न दुई प्रहरी अधिकृत निलम्बनमा परिसकेको र दरबारमार्गका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहालको पनि सरुवा भइसकेको उल्लेख गर्दै समितिले विभागीय कारबाही आवश्यक नभएको निष्कर्ष निकालेको छ । स्रोतले भन्यो, ‘प्रहरीको […]
२२ साउन, काठमाडौं । सरकारले व्यवसायिक हवाई उडान सुरु गरेपछि पनि नेपाल आउन चाहने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलले अनअराइभल भिसा नदिने सहमति जुटेको हो । तर नेपाली तथा गैरआवासीय नेपाली र पर्यटकलाई कुन प्रोटोकलका आधारमा नेपाल आउन […]
२२ साउन, गोरखा । दरौदी नदी तर्ने क्रममा गोरखामा बिहीबार दुई किशोर बेपत्ता भएका छन् । पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ बर्षीय प्रज्वल श्रेष्ठ र अन्दाजी १६ बर्षका सविन श्रेष्ठ वेपत्ता रहेको प्रहरीले जनाएको हो । ‘गोरखा नगरपालिका- ३ बेनिखोलामा भएको फुटबल खेल हेर्न भनेर चार जना गएका रहेछन्,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘दिउँसो करिव साढे तीन […]
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि […]
२२ साउन, वीरगञ्ज । जिल्ला प्रशसन कार्यालयले नेशनल मेडिकल कलेजसँग बिहीबार विहान उपचार नपाएर मृत्यु हुने बिरामीको विवरण माग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पत्राचार गर्दै नेसनल मेडिकल कलेजलाई तीन दिनभित्र मृतकका बारेमा यथार्थ विवरण दिन आग्रह गरेका छन्। बिहीबार बिहान मात्र प्रशासनले जनस्वास्थ्यमा खेलवाड नगर्न निजी अस्पताललाई निर्देशन दिएको […]
२२ साउन, वीरगञ्ज । पछिल्लो समय वीरगञ्जमा हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं जाने क्रम बढेको छ । हेलिकप्टर चार्टर गर्नेहरु व्यापारी, चिकित्सकका परिवार र नेतासम्म छन् । साउन २० गते मंगलबार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाण्डौ लगियो । वीरगञ्ज महानगरपालिका वडा न. ६ बस्ने गर्भवती रहेकी अनु क्याललाई काठमाण्डौ पठाइएको पर्सा […]
२२ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई जिल्ला अदालत मकवानपुरले वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन बिना राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गरेको अभियोगमा १ लाख रुपैयाँ जरिवाना तोकेको छ । अध्यक्ष खनालसहित प्रमुख प्रशासकीय अधिकृत, निर्माण समिति अध्यक्ष र एक्साभेटर सञ्चालकलाई समेत जरिवाना तोकिएको हो । न्यायाधीश सीता शर्माको एकल इजलाशले गाउँपालिका अध्यक्ष, […]
२२ साउन, बुटवल । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने […]
२२, साउन, काठकाडौं । ललितपुर महानगरपालिकामा विहन ११ बजेदेखि ७५ वर्षीय बृद्ध घरको कर तिर्न राजश्व प्रशासन महाशाखाको ढोकाअघि लाइनमा छन् । उनको मास्क नाकमुनि झरेको छ । बालकुमारीबाट आएका उनी उच्च रक्तचापको रोगबाट ग्रसित छन् । तर, दुई घण्टादेखि उनी ठेलमठेल हुलमै छन् । कोरोनाको डर लाग्दैन ? उनी जवाफ दिन्छन्, ‘डर त लाग्छ […]
२२ साउन, गोरखा । गोरखामा बिहीवार ७ जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार र गोरखा नगरपालिकाका तीन/तीन जना र आरुघाट गाउँपालिकाका एक जनामा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । आरुघाटका कोरोना संक्रमित वडा नम्वर ९ का ४६ बर्षीय पुरुष हुन् । उनी यही साउन १७ गते भारतबाट आएका […]
२२ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको […]
२२ साउन, चितवन । चितवनको भरतपुरमा झण्डैं ६० करोडको लगानीमा निर्माण भैरहेको होटल सिचाइचुली दशैं लगत्तै सञ्चालनमा आउने भएको छ । गत बैंशाखमा नै निर्माण सकेर सञ्चालनमा ल्याउने भनिए पनि कोरोना भाइरसको संक्रमण र लामो लकडाउनका कारण काम ढिला भएको होटल सिचाइचुली प्रालिले जनाएको छ । होटलको ८५ प्रतिशतभन्दा बढी काम सकिएको छ । लकडाउनअघि […]
२२ साउन, गोरखा । गोरखाका भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारबाट अनुदान पाउने सूचीमा रहेका लाभग्राहीमध्ये तीन हजार ६ सय ९२ जनाले हालसम्म अनुदान सम्झौता गरेका छैनन् । सम्झौता नगर्नेमा सबैभन्दा बढी पालुङटार नगरपालिकाका लाभग्राही रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएके छ । लाभग्राही कायम भएर पनि […]
२२ साउन, सुर्खेत । जिल्लाका सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालय साउन २५ गतेबाट बन्द हुने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम नघटेको भन्दै सेवा बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतल बिहीबार सूचना जारी गर्दै साउन २५ गतेदेखि मालपोत, यातायात, कर कार्यालयलगायत सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरु बन्द हुने जानकारी गराएको […]
२२ साउन, काठमाडौं । स्वचालित प्रविधिमा आधारित डिजिटल निगमको अवधारणासहित नेपाल आयल निगमको ४३ बुँदे नीति तथा कार्यक्रम पारित भएको छ । निगम सञ्चालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रम स्वीकृत गरेको प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । परम्परागत कागजी प्रणाली त्यागेर स्वचालित प्रविधिमा आधारित सुविधा सम्पन्न डिजिटल निगम बनाउने तथा पेट्रोलियम […]
२२ साउन, जनकपुरधाम । कुखुरा फार्ममा जंगली जनावर नपसून् भनेर थापेको विद्युतीय धरापमा परेर महोत्तरीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका-५ पोखरभिण्डाका १३ वर्षीय बालक नितेश यादव रहेका छन् । स्थानीय कपीलदेव यादवले आफ्नो कुखुरा फार्ममा जंगली जनावर नपसून् भन्ने हेतुले थापेको विद्युतीय धरापमा परेर उनको छोरा नितेशको मृत्यु भएको महोत्तरीका […]
२२ साउन, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ […]
from समाचार – Online Khabar https://ift.tt/3gBzpp0
via IFTTT






















