Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

२३ साउन, गुल्मी । गुल्मीमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीले जनाएको छ । पूर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीले खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ […]

वीरगञ्जको कोरोना अस्पतालमा ६५ वर्षका पुरुषको मृत्यु

२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । कोरोना शंकास्पद वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए । वीरगञ्ज–३ का वडा अध्यक्ष वैजु स्वर्णकारका अनुसार ४/५ दिन ज्वरो आएपनि […]

नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकारले भने : प्रवक्ता पदको लाज त जोगाउनुस् !

२३ साउन, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै […]

अब सिमरामा उड्ने भयो ७२ सिट क्षमताको ठूलो जहाज

२३ साउन, काठमाडौं । अब सिमरामा काठमाडौंबाट ठूलो जहाजमार्फत उडान हुने भएको छ । बद्ध एयरले सिमरा विमानस्थलमा एटीआर-७२-५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरामा परीक्षण गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाज सिमरा गरेको हो । बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर […]

अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिनु : बोर्ड

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो । ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा […]

कोशी अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु

२३ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर- ९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्‍याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो । आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको […]

सुनसँगै चाँदीको भाउमा पनि उच्च मूल्यको रेकर्ड

२३ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ । शुक्रबार कारोबारका लागि सुनको भाउ तोलामा एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ १४ सय पाँच रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ […]

लक्ष्मीनगर वस्ती जोगाउन तत्काल तटबन्धको माग

२३ साउन, बुटवल । पहिरोको उच्च जोखिममा रहेको बुटवल–४, लक्ष्मीनगरका बासिन्दाले पहिरो नियन्त्रण गरी वस्ती जोगाउन तत्काल तटबन्ध गर्न सरकारी निकायसँग माग गरेका छन् । स्थानीयले पहिरोले ल्याएका ठूला ढुंगा हटाउन र खोलालाई पुरानै वहाव क्षेत्रबाट बग्ने बनाउन सरकारी सहयोग मागेका हुन् । दुई साता अघि गएको पहिरोले चुरे क्षेत्रको डाँडो नै झारेपछि सुखौरा खोला […]

सप्तरीमा थपिए १८ जना कोरोना संक्रमित

२२ साउन, सप्तरी। सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज ६ की ५५ बर्षीया महिला तथा वडा नम्बर खुल्न नसकेको दुई जना ४० र  ३१ र ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको […]

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

२३ साउन, कैलाली । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका ४ ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने […]

२ दिनमा १२ जना संक्रमित सम्पर्कविहीन

२३ साउन, काठमाडौं । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ । योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर […]

प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्दैछन् मोबाइल सेवाप्रदायक

२३ साउन, काठमाडौं । सेवा प्रदायकले यदि सरकारको नियम पालना भएको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल (फोन) प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा […]

सिरहाका २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

२३ साउन, सिरहा । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका […]

सुन बजारको भविष्य : गहना बिक्री नहुने दिन आउन सक्छ 

२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । […]

बद्री पंगेनीसँग बसिबियालो : प्रेमिकाको पत्र बाबुका हातमा !

२३ साउन, काठमाडौं । ३० को दशकमा पाल्पाको रामपुरमा जन्मेका बद्री पंगेनी ७० को दशकको एक साँझ काठमाडौंको अनामनगरमा भेटिए । लोकसंगीत र उनकै व्यक्तिगत जीवनबारे गफिनका लागि हाम्रो बसिबियालो तय भएको थियो । ‘मिडियामा नआएको वा नगण्यरुपमा आएको तपाईंको जीवनको फरक पाटो केही छ ? अन्तरवार्ताअघि पंक्तिकारले उनैलाई सोध्यो । उनी केहीबेर घोत्लिए । […]

फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

२३ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि यसअघिदेखि नै तयारी थालिसकेको छ । राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं आएर कोही होटलमा त कोही घरमै क्वारेन्टिनमा बसिरहेका छन् । केही दिनभित्र एन्फाले खेलाडीको पीसीआर पनि परीक्षण गरेर एन्फाको होस्टलमा राख्ने तयारी गरिरहेको छ । नेपाल […]

नुवाकोट आजदेखि ‘लकडाउन’

२३ साउन, काठमाडौं । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा […]

चुच्चेपाटीमा ‘थिनर’ आक्रमण, आमा–छोरी घाइते

२३ साउन, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी […]

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका […]

साना परियोजनामा भारतीय दूतावासमार्फत हुने लगानीलाई सरकारले दियो निरन्तरता

२२ साउन, काठमाडौं । भारतले आफ्नो दूताबासमार्फत साना परियोजनामा गर्ने लगानीलाई सरकारले सन् २०२३ को अगष्टसम्म निरन्तरता दिएको छ । २०६५ सालदेखि सरकारले साना विकास परियोजना (एसडिपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारतलाई प्रत्यक्ष सहभागी गराउँदै आएको छ । सुरुमा तीन करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाउन दिने गरी सम्झौता भएको थियो, जसलाई डा. बाबुराम भट्टरराई प्रधानमन्त्री भएका बेला […]

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

२२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/30BnOkw
via IFTTT
Powered by Blogger.