समाचार
२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको अवस्थामा हामी आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने एका छन्। काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक आफैं सजग नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न नसकिने बताए । कोरोना संक्रमण […]
२४ साउन, काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले एरोपोनिक्स प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । २०७६ जेठ ३१ गते एरोपोनिक्स प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नबिल बैंक र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो । प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बाषिर्क सम्भार खर्च ८ लाख […]
२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् […]
२४ साउन, जनकपुरधाम । गलत समूहको रगत चढाएपछि महिलाको मृत्यु भएको घटनामा मिलापत्र भएको छ । जनकपुरधामस्थित रामजानकी अस्पतालमा प्रसुती गराउन आएकी महोत्तरीको गौशाला नगरपालिकाकी २२ बर्षीया गंगा महतोलाई गलत समूहको रगत चढाउँदा शुक्रबार मृत्यु भएको थियो । घटनापछि प्रहरीले डा. शैलेन्द्र साह र रेडक्रसको रक्तसंचार केन्द्रका ल्याब टेक्निसियन नरेश यादवलाई प्रहरीले पक्राउ गरेको थियो […]
२४ साउन, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले हाल सञ्चालनमा रहेका कोभिड-१९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो । बैठकले लक्ष्मण नभएका […]
२४ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । साउन १४ गते प्रधानमन्त्री केपी शर्मा […]
२४ साउन, काठमाडौं । सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो । कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका […]
२४ साउन, पोखरा । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष हुन् । स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको […]
२४ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै एक विरामीको मृत्यु भएको छ । वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो । ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल गएकी थिइन् । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएपछि […]
२४ साउन, काठमाडौं । लगानी बोर्डको नेतृत्व सुशील भट्टलाई दिएपछि सरकारले आलोचना खेपिरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि यो विषय चर्को रुपमा उठेको छ । सरकारले गर्ने राजनीतिक नियुक्तिलाई लिएर नेकपाका स्थायी समिति सदस्यहरु भने विभाजित छन् । कसैले यो सरकारको क्षेत्राधिकार भएको बताएका छन् । कसैले पार्टीको सिफारिस अनुसार […]
२४ साउन, काठमाडौं । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । […]
२४ साउन, काठमाडौं । शुक्रबार बिहान स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पुग्दा नियमित छलफल चलिरहेको थियो। इडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे कर्मचारीहरुबाट कामको विवरण सुनिरहेका थिए। कर्मचारीहरुले नियमित अपडेटका साथसाथै आफ्ना समस्याहरु सुनाइरहेका थिए। बैठकको मुख्य विषय थियो, ‘सम्पर्कविहीन भएका संक्रमितलाई कसरी खोज्ने ?’ बैठकमा उपस्थित कर्मचारीहरुले आ-आफ्नो सुझाव […]
२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध […]
२४ साउन, चितवन । चितवनको माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदी स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान ११ बजे भरतपुरमा आएर चितवन मेडिकल कलेजमा उपचारका लागि लाइनमा बसिरहेका थिए । सुवेदीलाई काठमाण्डौंको नम्बरबाट फोन आयो । खासै सन्चो नभएकाले फोन उठाएर बोल्ने जाँगर पनि उनलाई थिएन । पहिलो फोन ‘मिस’ भयो । फेरि […]
२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो । टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष […]
२४ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका छन् । पानीको निकास नभएपछि यहाँका सरकारी […]
गोर्कीकृत ‘आमा’को पावेल भ्लासोभजस्ता पात्र मैले नेपाली कथामै भेटें । नेपाल, चीन, भियतनाम, पेरु, भारतका ‘जनयुद्ध’मा आधारित थुप्रै कथा–उपन्यासमा पावेलजस्तै पात्र हुन्छन् । उनीहरूको संघर्ष र नियति मिल्दोजुल्दो हुन्छ । हिन्दु जात व्यवस्थामा आधारित नेपाली समाजमा हाम्रा लागि खास प्रिय हुनुपर्ने रामायण र महाभारतकै पात्र हुन् । जो पात्रका नाउँबाट नै हामीले आफ्ना धेरै प्रियजनका […]
‘तपाईं त्यहाँ एकचोटि जानू । निकै मीठो कविता फुर्न सक्छ ।’ शुभचिन्तकहरूको सल्लाह स्वीकार्दै अन्ततः म समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको बोसन डाँडा पुगेँ । दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडाबाट पूर्वतिर काठमाडौं खाल्डो र पश्चिमपट्टि घना जङ्गल पर्दछ । ठ्याक्कै मेरै जन्मगाउँजस्तो ठाउँमा पुग्न पाएर म नोस्टाल्जिक भइहालें । एउटा कविताका लागि पुगेकी […]
२४ साउन, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ […]
२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान […]
२४ साउन, डिसी । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले […]
from समाचार – Online Khabar https://ift.tt/31LI6XV
via IFTTT






















