समाचार
२४ साउन, बुटवल । रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृत्यु भएको हो । मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले […]
२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान […]
२४ साउन, डिसी । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले […]
२४ साउन, काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ […]
२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान उनको स्वाब संकलन गरिएको थियो । सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन […]
२४ साउन, काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो […]
२३ साउन, झापा । अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् । तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला […]
२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै […]
२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । […]
२३ साउन, धनगढी । कैलालीको लम्की चुहा नगरपालिका–६ प्रतापपुरकी भावना विष्ट शुक्रबार परिवारसँग भारतको मुम्बइबाट नेपाल आइपुगिन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको भयावह हुन थालेपछि उनी काखे बालक च्यापेर नेपाल आएको बताइन् । ‘हामी बसेको ठाउँमा धेरै संक्रमित थिए । बाहिर निस्किन पनि डर थियो । त्यसले आयौं’ उनले भनिन् । गाडीमा एउटा […]
२३ साउन, काठमाडौं । सेवा प्रदायकले यदि सरकारको नियम पालना भएको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल (फोन) प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा […]
२३ साउन, पोखरा । आइसोलेसनमा रहेका सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले ‘हाललाई कोरोनामुक्त जिल्ला’ मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल म्याग्दीको आइसोलेसनमा रहेका ६ जनाको […]
२३ साउन, जनकपुरधाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहान नगरपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालका अनुसार शुक्रबार राति १२ बजेदेखि आगामी साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय भएको हो । यो […]
२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । उनलाई ४/५ […]
२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका […]
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो । यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा […]
२३ साउन, चितवन । चितवनमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–१ का ४६ वर्षीय एक पुरुष र ३८ वर्षीया एक महिला छन् । उनीहरु दुवै जना क्वारेन्टिन बाहिरका हुन् । भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष र महिला […]
साउन २३ गते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् । कोरोना भाइरस महामारीको रोकथाम तथा […]
२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार एकजना प्रहरी कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार १० जनामा संक्रमण पुष्टि भएको थियो । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको परीक्षणमा भीमफेदीका ४० वर्षका पुरुष, हेटौंडा-५ का ५५ वर्षका पुरुष, हेटौंडा-८ का ४० वर्षका पुरुष, हेटौंडा-९ का ५८ वर्षका पुरुष, […]
२३ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) प्रभावित निजी विद्यालयलाई राहत वा सहुलियत दिने विषयमा सांसदहरूबीच राय बाझिएको छ । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा भाग लिँदै केही सांसदहरूले निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले तलब नपाएको भन्दै उनीहरुलाई सरकारले राहत र सहुलियत दिनुपर्ने सुझाव दिए । केही सांसदले भने कोभिड–१९ […]
२३ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार अत्यधिक वर्षा भएको छ । अत्यकिध वर्षाका कारण स्थानीय खहरे खोलामा आकस्मिक बाढी आएको छ भने केही क्षेत्र डुवानमा परेका छन् । वीरेन्द्रनगरमा एक घण्टामै ९० मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए । घण्टामा ६० मिलिमिटरभन्दा बढी वर्षा […]
from समाचार – Online Khabar https://ift.tt/3aaB4jc
via IFTTT






















