Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संक्रमितको उपचार गर्न मन्त्रीकै फोर्स

२३ साउन, विराटनगर । बुधबार कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– ५ कि सिकिस्त वृद्धा भर्ना भइन् । स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखियो । अवस्था गम्भीर भएका कारण अस्पतालले तत्काल धरान रेफर गर्न खोज्यो । तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामी भर्ना लिन मानेन । मधुमेह र उच्च रक्तचापको पनि समस्या देखिएकी […]

उपत्यकाका प्रशासन कार्यालयमा नागरिकता वितरणसहितका सेवा १५ दिन बन्द

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते (आइतबार)देखि भदौ ८ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो । सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द […]

बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयन गर्न छलफल सुरु

२३ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानहरु कार्यान्वयनका सम्बन्धमा उच्चस्तरीय छलफल प्रारम्भ भएको छ । उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक बिहीबार बसेको थियो । बैठकमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको […]

कर्णालीमा ५ जना कोरोना संक्रमित थपिए, ५५ जना डिस्चार्ज

२३ साउन, काठमाडौं । कर्णालीमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको सव्स्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये ४ जना कालीकोटका रहेका छन् भने एकजना रामेछापका हुन् । कालीकोटको […]

फेस टु फेस पढाइ तत्काल सम्भव छैन : शिक्षामन्त्री पोखरेल

२३ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प […]

बर्दियामा आइतबारदेखि निषेधाज्ञा

२३ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । बर्दियासँग सिमाना जोडिएका भारतलगायत छिमेकी जिल्ला बाँके र कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका कारण जोखिमलाई नियन्त्रणमा लिन साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन […]

रेशम चौधरीलाई कारागारबाट वीर अस्पताल लगियो

२३ साउन, काठमाडौं । कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । कारागार सुरक्षामा खटिएका एक अधिकारीले अनलाइनखबरलाई बताए अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको छ । टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेका वेला ७ […]

‘केन्द्रले नाका बन्द गरोस्, भित्रको व्यवस्थापन हामी गर्छौं’

२३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने बिहीबारसम्म ६६ जना संक्रमित छन् । काठमाडौं र तराईका जिल्लालाई हेर्ने हो भने उपत्यकामा संक्रमितको संख्या न्यून हो । परीक्षण नभएर वा व्यवस्थापन राम्रो भएर, संक्रमितको संख्या कम भएको हो कि ? यो प्रश्न अहिलेसम्म निरुत्तरित नै छ । कारण जे भए […]

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

२३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो । सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको […]

कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

२३ साउन, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो । ‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उनले भने । स्वाब […]

साउन ३२ सम्म मकवानपुर प्रवेशमा रोक

२३ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो । ‘सरकारी […]

उपत्यकाका सीडीओको निर्णय : जहाँ संक्रमण देखिन्छ त्यहाँ सिल

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् । उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो […]

सरकार भ्रष्टीकरणको दिशातिर जान थाल्यो : नारायणकाजी

२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै […]

राष्ट्रियसभाका विषयगत समितिले पाए सभापति

२३ साउन, काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा पुरानै सभापतिहरु फेरि नयाँ कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका हुन् । सभापति […]

दोलखाको गौरीशंकरमा पहिरो : एकजनाको मृत्यु, एकजना घाइते

२३ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ चुइनटारमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राति करिब ११ बजेको समयमा घरदेखि माथिको भिरबाट खसेको पहिरोले लक्ष्मण बुढाथोकीको घर पुरिँदा उनको घरमा वेल्डिङ सम्बन्धी काम गर्दै आएका कालिन्चोक गाउँपालिका–८ सुनखानी घर भएका करिब २९ वर्षका सुरेश शिवाकोटीको घटना स्थलमै […]

कृष्ण जन्माष्टमीमा कृष्ण मन्दिर बन्द गरिने

२३ साउन, काठमाडौं । आउँदो मंगलबार साउन २७ गते पर्ने श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिर बन्द हुने भएको छ । ललितपुर महानगरपालिका र मंगलबजारको मंगल टोलसुधार समितिको बिहीबार बसेको बैठकले कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो । कृष्ण जन्माष्टमीका दिन कृष्णमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्छ । कोरोना महामारी फैलिरहेका कारण मन्दिर बन्द […]

१६ दिनदेखि पोखरा विश्वविद्यालयमा नेविसंघको अनसन

२३ साउन, काठमाडौं । विभिन्न माग राखि नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी पोखरा विश्वविद्यालयमा १६ दिनदेखि रेले अनसन बसेका छन् । विश्विवद्यालयकमा उपकुलपति र रजिष्ट्रार नियुक्ति लगायत माग राखेर नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति फिरोज सुबेदीको अगुवाइमा विद्यार्थी रिले अनसन बसेका छन् । विद्यार्थी अनसन बसेको १६ दिन बितिसक्दा पनि कुनै वास्ता नगरेको नेविसंघले […]

सांसदको ठेक्कामा नक्कली बिल प्रयोग भएको भन्दै उजुरी

२३ साउन हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य वस्तुको निकासीका लागि लगाएको ठेक्कामा नक्कली बिल प्रयोग भएको फेला परेको छ । ठेक्का सकार गर्ने कम्पनी सीबी कन्स्ट्रक्सनले नक्कली बिल प्रयोग गरेको भन्दै केही व्यक्तिले गाउँपालिका कार्यालयमा उजुरी पनि दिएका छन् । रामहरि सुवेदी, मोहन कार्की, मानबहादुर मुक्तान, रन्जन कालाखेती, प्रकाश बर्ताैला, राममणि मैनाली, बीरबहादुर रुम्बा, […]

बुटवल उपमहानगरले घर भत्काइदिएर अन्याय गरेको गुनासो

२३ साउन,बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइएका व्यक्तिले आफू अन्यायमा परेको भन्दै गुनासो गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बुटवल-९ निवासी खिमबहादुर हमालको घरमा उपमहानगरले बुधबार बिहान ६ बजे सुरक्षा घेरामा डोजर चलाएर भत्काइदिएको थियो । हमालले बिहीबार पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाले न्यायालयको अन्तिम […]

आयोजना कार्यान्वयनमा टुप्पोदेखि जरोसम्म समस्यै समस्या

२३ साउन, काठमाडौं । आर्थिक वर्ष २०४५/०४६ मा शुरु भएको बबई सिंचाई आयोजनाको भौतिक प्रगति ३२ वर्षमा ४६.५ प्रतिशत पुगेको छ । रु.२ अर्ब ८७ करोडमा सम्पन्न हुनुपर्ने आयोजनाको लागत १८ अर्ब ९६ करोड पुगिसकेको छ । आव०५५/५६ मा शुरु भएको मेलम्ची खानेपानी आयोजनाको शुरुको लागत २४ अर्ब हो । अहिले ३५ अर्ब ५४ करोड […]

झापामा जंगली हात्तीको आक्रमणबाट एकजना मृत्यु   

२३ साउन, दमक । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एकजनाको मृत्यु भएको छ ।मृत्युहुनेमा कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए । उनका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका […]



from समाचार – Online Khabar https://ift.tt/2PA3MjX
via IFTTT
Powered by Blogger.