समाचार
२३ साउन, काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा पुरानै सभापतिहरु फेरि नयाँ कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका हुन् । सभापति […]
२३ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ चुइनटारमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राति करिब ११ बजेको समयमा घरदेखि माथिको भिरबाट खसेको पहिरोले लक्ष्मण बुढाथोकीको घर पुरिँदा उनको घरमा वेल्डिङ सम्बन्धी काम गर्दै आएका कालिन्चोक गाउँपालिका–८ सुनखानी घर भएका करिब २९ वर्षका सुरेश शिवाकोटीको घटना स्थलमै […]
२३ साउन, काठमाडौं । आउँदो मंगलबार साउन २७ गते पर्ने श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिर बन्द हुने भएको छ । ललितपुर महानगरपालिका र मंगलबजारको मंगल टोलसुधार समितिको बिहीबार बसेको बैठकले कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो । कृष्ण जन्माष्टमीका दिन कृष्णमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्छ । कोरोना महामारी फैलिरहेका कारण मन्दिर बन्द […]
२३ साउन, काठमाडौं । विभिन्न माग राखि नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी पोखरा विश्वविद्यालयमा १६ दिनदेखि रेले अनसन बसेका छन् । विश्विवद्यालयकमा उपकुलपति र रजिष्ट्रार नियुक्ति लगायत माग राखेर नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति फिरोज सुबेदीको अगुवाइमा विद्यार्थी रिले अनसन बसेका छन् । विद्यार्थी अनसन बसेको १६ दिन बितिसक्दा पनि कुनै वास्ता नगरेको नेविसंघले […]
२३ साउन हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य वस्तुको निकासीका लागि लगाएको ठेक्कामा नक्कली बिल प्रयोग भएको फेला परेको छ । ठेक्का सकार गर्ने कम्पनी सीबी कन्स्ट्रक्सनले नक्कली बिल प्रयोग गरेको भन्दै केही व्यक्तिले गाउँपालिका कार्यालयमा उजुरी पनि दिएका छन् । रामहरि सुवेदी, मोहन कार्की, मानबहादुर मुक्तान, रन्जन कालाखेती, प्रकाश बर्ताैला, राममणि मैनाली, बीरबहादुर रुम्बा, […]
२३ साउन,बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइएका व्यक्तिले आफू अन्यायमा परेको भन्दै गुनासो गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बुटवल-९ निवासी खिमबहादुर हमालको घरमा उपमहानगरले बुधबार बिहान ६ बजे सुरक्षा घेरामा डोजर चलाएर भत्काइदिएको थियो । हमालले बिहीबार पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाले न्यायालयको अन्तिम […]
२३ साउन, काठमाडौं । आर्थिक वर्ष २०४५/०४६ मा शुरु भएको बबई सिंचाई आयोजनाको भौतिक प्रगति ३२ वर्षमा ४६.५ प्रतिशत पुगेको छ । रु.२ अर्ब ८७ करोडमा सम्पन्न हुनुपर्ने आयोजनाको लागत १८ अर्ब ९६ करोड पुगिसकेको छ । आव०५५/५६ मा शुरु भएको मेलम्ची खानेपानी आयोजनाको शुरुको लागत २४ अर्ब हो । अहिले ३५ अर्ब ५४ करोड […]
२३ साउन, दमक । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एकजनाको मृत्यु भएको छ ।मृत्युहुनेमा कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए । उनका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका […]
२३ साउन, सुर्खेत । सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका एक लेखापालसहित चार जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ गरेका हुन । गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि लेखापाल केसीसहित उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेनलाई पक्राउ गरिएको रुकुमका डीएसपी ठकबहादुर केसीले जानकारी […]
२३ साउन, बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बसेका छन् । प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी भएका मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् । मन्त्री केसी केही दिन पहिले संघीय राजधानी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका […]
२३ साउन, जनकपुरधाम । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो । तर महिलाको […]
२३ साउन, गुल्मी । गुल्मीमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीले जनाएको छ । पूर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीले खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ […]
२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । कोरोना शंकास्पद वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए । वीरगञ्ज–३ का वडा अध्यक्ष वैजु स्वर्णकारका अनुसार ४/५ दिन ज्वरो आएपनि […]
२३ साउन, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत […]
२३ साउन, वीरगञ्ज । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये २२ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना […]
२३ साउन, काठमाडौं । अब सिमरामा काठमाडौंबाट ठूलो जहाजमार्फत उडान हुने भएको छ । बद्ध एयरले सिमरा विमानस्थलमा एटीआर-७२-५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरामा परीक्षण गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाज सिमरा गरेको हो । बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर […]
२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो । ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा […]
२३ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर- ९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो । आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको […]
२३ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ । शुक्रबार कारोबारका लागि सुनको भाउ तोलामा एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ १४ सय पाँच रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ […]
२३ साउन, बुटवल । पहिरोको उच्च जोखिममा रहेको बुटवल–४, लक्ष्मीनगरका बासिन्दाले पहिरो नियन्त्रण गरी वस्ती जोगाउन तत्काल तटबन्ध गर्न सरकारी निकायसँग माग गरेका छन् । स्थानीयले पहिरोले ल्याएका ठूला ढुंगा हटाउन र खोलालाई पुरानै वहाव क्षेत्रबाट बग्ने बनाउन सरकारी सहयोग मागेका हुन् । दुई साता अघि गएको पहिरोले चुरे क्षेत्रको डाँडो नै झारेपछि सुखौरा खोला […]
२२ साउन, सप्तरी। सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज ६ की ५५ बर्षीया महिला तथा वडा नम्बर खुल्न नसकेको दुई जना ४० र ३१ र ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको […]
from समाचार – Online Khabar https://ift.tt/31qIScp
via IFTTT






















