समाचार
२३ साउन, काठमाडौं । अब सिमरामा काठमाडौंबाट ठूलो जहाजमार्फत उडान हुने भएको छ । बद्ध एयरले सिमरा विमानस्थलमा एटीआर-७२-५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरामा परीक्षण गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाज सिमरा गरेको हो । बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर […]
२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो । ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा […]
२३ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर- ९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो । आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको […]
२३ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ । शुक्रबार कारोबारका लागि सुनको भाउ तोलामा एक लाख तीन तीन हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ १४ सय पाँच रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको भाउमा […]
२३ साउन, बुटवल । पहिरोको उच्च जोखिममा रहेको बुटवल–४, लक्ष्मीनगरका बासिन्दाले पहिरो नियन्त्रण गरी वस्ती जोगाउन तत्काल तटबन्ध गर्न सरकारी निकायसँग माग गरेका छन् । स्थानीयले पहिरोले ल्याएका ठूला ढुंगा हटाउन र खोलालाई पुरानै वहाव क्षेत्रबाट बग्ने बनाउन सरकारी सहयोग मागेका हुन् । दुई साता अघि गएको पहिरोले चुरे क्षेत्रको डाँडो नै झारेपछि सुखौरा खोला […]
२२ साउन, सप्तरी। सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज ६ की ५५ बर्षीया महिला तथा वडा नम्बर खुल्न नसकेको दुई जना ४० र ३१ र ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको […]
२३ साउन, कैलाली । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका ४ ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने […]
२३ साउन, काठमाडौं । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ । योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर […]
२३ साउन, सिरहा । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका […]
२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । […]
२३ साउन, काठमाडौं । ३० को दशकमा पाल्पाको रामपुरमा जन्मेका बद्री पंगेनी ७० को दशकको एक साँझ काठमाडौंको अनामनगरमा भेटिए । लोकसंगीत र उनकै व्यक्तिगत जीवनबारे गफिनका लागि हाम्रो बसिबियालो तय भएको थियो । ‘मिडियामा नआएको वा नगण्यरुपमा आएको तपाईंको जीवनको फरक पाटो केही छ ? अन्तरवार्ताअघि पंक्तिकारले उनैलाई सोध्यो । उनी केहीबेर घोत्लिए । […]
२३ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि यसअघिदेखि नै तयारी थालिसकेको छ । राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं आएर कोही होटलमा त कोही घरमै क्वारेन्टिनमा बसिरहेका छन् । केही दिनभित्र एन्फाले खेलाडीको पीसीआर पनि परीक्षण गरेर एन्फाको होस्टलमा राख्ने तयारी गरिरहेको छ । नेपाल […]
२३ साउन, काठमाडौं । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा […]
२३ साउन, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी […]
२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका […]
२२ साउन, काठमाडौं । भारतले आफ्नो दूताबासमार्फत साना परियोजनामा गर्ने लगानीलाई सरकारले सन् २०२३ को अगष्टसम्म निरन्तरता दिएको छ । २०६५ सालदेखि सरकारले साना विकास परियोजना (एसडिपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारतलाई प्रत्यक्ष सहभागी गराउँदै आएको छ । सुरुमा तीन करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाउन दिने गरी सम्झौता भएको थियो, जसलाई डा. बाबुराम भट्टरराई प्रधानमन्त्री भएका बेला […]
२२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ । […]
२२ साउन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य काठमाडौं उपत्यकामा कोरोना बढ्नुमा बाहिरबाट आउने क्रम नरोकिनु नै प्रमुख कारण भएको बताउँछन् । गाडीले महंगो भाडा लिएर नाकामा मानिसहरुलाई ल्याएर छाड्ने गरेको भन्दै त्यस्ता गाडी सञ्चालकलाई कारवाही गर्नुपर्ने शाक्यको तर्क छ । बाहिरबाट आएकालाई […]
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि […]
२२ साउन, काठमाडौं । वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो । अस्पताल स्रोतका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको […]
२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर […]
from समाचार – Online Khabar https://ift.tt/3kl66tf
via IFTTT





















