समाचार
२४ साउन, पोखरा । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष हुन् । स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको […]
२४ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै एक विरामीको मृत्यु भएको छ । वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो । ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल गएकी थिइन् । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएपछि […]
२४ साउन, काठमाडौं । लगानी बोर्डको नेतृत्व सुशील भट्टलाई दिएपछि सरकारले आलोचना खेपिरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि यो विषय चर्को रुपमा उठेको छ । सरकारले गर्ने राजनीतिक नियुक्तिलाई लिएर नेकपाका स्थायी समिति सदस्यहरु भने विभाजित छन् । कसैले यो सरकारको क्षेत्राधिकार भएको बताएका छन् । कसैले पार्टीको सिफारिस अनुसार […]
२४ साउन, काठमाडौं । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । […]
२४ साउन, काठमाडौं । शुक्रबार बिहान स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पुग्दा नियमित छलफल चलिरहेको थियो। इडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे कर्मचारीहरुबाट कामको विवरण सुनिरहेका थिए। कर्मचारीहरुले नियमित अपडेटका साथसाथै आफ्ना समस्याहरु सुनाइरहेका थिए। बैठकको मुख्य विषय थियो, ‘सम्पर्कविहीन भएका संक्रमितलाई कसरी खोज्ने ?’ बैठकमा उपस्थित कर्मचारीहरुले आ-आफ्नो सुझाव […]
२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध […]
२४ साउन, चितवन । चितवनको माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदी स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान ११ बजे भरतपुरमा आएर चितवन मेडिकल कलेजमा उपचारका लागि लाइनमा बसिरहेका थिए । सुवेदीलाई काठमाण्डौंको नम्बरबाट फोन आयो । खासै सन्चो नभएकाले फोन उठाएर बोल्ने जाँगर पनि उनलाई थिएन । पहिलो फोन ‘मिस’ भयो । फेरि […]
२४ साउन, काठमाडौं । सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो । कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका […]
२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो । टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष […]
२४ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका छन् । पानीको निकास नभएपछि यहाँका सरकारी […]
गोर्कीकृत ‘आमा’को पावेल भ्लासोभजस्ता पात्र मैले नेपाली कथामै भेटें । नेपाल, चीन, भियतनाम, पेरु, भारतका ‘जनयुद्ध’मा आधारित थुप्रै कथा–उपन्यासमा पावेलजस्तै पात्र हुन्छन् । उनीहरूको संघर्ष र नियति मिल्दोजुल्दो हुन्छ । हिन्दु जात व्यवस्थामा आधारित नेपाली समाजमा हाम्रा लागि खास प्रिय हुनुपर्ने रामायण र महाभारतकै पात्र हुन् । जो पात्रका नाउँबाट नै हामीले आफ्ना धेरै प्रियजनका […]
‘तपाईं त्यहाँ एकचोटि जानू । निकै मीठो कविता फुर्न सक्छ ।’ शुभचिन्तकहरूको सल्लाह स्वीकार्दै अन्ततः म समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको बोसन डाँडा पुगेँ । दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडाबाट पूर्वतिर काठमाडौं खाल्डो र पश्चिमपट्टि घना जङ्गल पर्दछ । ठ्याक्कै मेरै जन्मगाउँजस्तो ठाउँमा पुग्न पाएर म नोस्टाल्जिक भइहालें । एउटा कविताका लागि पुगेकी […]
२४ साउन, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ […]
२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान […]
२४ साउन, डिसी । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले […]
२४ साउन, काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ […]
२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान उनको स्वाब संकलन गरिएको थियो । सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन […]
२३ साउन, झापा । अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् । तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला […]
२३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना […]
२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै […]
२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । […]
from समाचार – Online Khabar https://ift.tt/2XAAypx
via IFTTT






















