समाचार
९ असार, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस सुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै […]
९ असार, काठमाडौं । झण्डै दुई महिनापछि पसल खोल्न पाउँदा न्यूरोडको एनजे फुटवेयरका सञ्चालक नारायण अधिकारी दंग छन् । स्थानीय प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लगाएपछि अरुको जस्तै उनको पसलको सटर लागेको थियो । ५४ दिनपछि निषेधाज्ञा खुकुलो गरेको स्थानीय प्रशासनले बार तोकेर पसल चलाउन दियो । कपडा तथा जुत्ता पसलका लागि सोमबार, बुधबार र शुक्रबार […]
९ असार, पोखरा । कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ । अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । […]
९ असार, काठमाडौं । जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । काठमाडौं महानगरपालिका-११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् […]
९ असार, काठमाडौं । चक्रपथमा सेवा दिइरहेको महानगर यातायात प्रालिका ३९ बसमा २१ जना सेयर सदस्यको लगानी थियो । गत वर्ष कोरोना महामारीले संकट परेपछि ५ वटा बसमा अरुको लगानी ल्याउन बाध्यता पर्यो । तिहारपछि यात्रु संख्या बढ्दै जाँदा क्षतिपूर्ति हुने आश पलाउँदै पनि थियो लगानीकर्ताहरुमा । लकडाउनले गर्दा तिर्न नसकेर सावाँका रुपमा पुनर्तालिकीकरण भएको […]
९ असार, खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको […]
९ असार, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा मेयर र उपमेयरसँग जोडेर आगामी आर्थिक वर्षमा कार्यक्रम सञ्चालन हुने भएको छ । जनकपुरधाम उप-महानगरपालिकाको बुधबारदेखि शुरु भएको सातौं नगर सभाको पहिलो दिन प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मेयर र उपमेयरसँग जोडेर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मेयर नाम जोडिएको दुई र उपमेयर नाम जोडिएको […]
९ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र […]
९ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिन अगाडि बढाएको छ ।असार २० गतेभित्र सदस्यता टुंग्याइसक्नुपर्ने जिम्मेवारी पाएको रमेश लेखक नेतृत्वको समितिले आवासीय रुपमै काम सुरु गरेको छ । पार्टी कार्यालय, सानेपामा उजुरी लिएर आउनेको भीड बढेपछि गोप्य ठाउँमा बसेर काम गर्न थालिएको एक सदस्यले जानकारी दिए । उजुरीमाथि छानबिन सुरु […]
९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]
९ असार, काठमाडौं । आयातमा भएको उच्च वृद्धि र न्यून निर्यातको प्रभाव समग्र वैदेशिक व्यापारमा देखिएको छ । चालु आर्थिक वर्षको ११ औं महिना (२०७७ साउनदेखि–२०७८ जेठसम्म) को तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिनासम्मको […]
९ असार, गुल्मी । गुल्मीमा बुधबार जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सत्यवती गाउँपालिका-६ खैरेनीबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु २ च ३९६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिपका चालक ३३ वर्षीय रणबहादुर गैरे […]
९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताए । असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको […]
९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न उठेको र आफूहरु यही बेला स्थापित हुन सकिने बताएका हुन् । […]
९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै दुवै दलका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले बुधबारको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश […]
९ असार, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको छ । खासगरी नेपाल, बंगलादेश, श्रीलंकालाई सीमित मात्रामा खोप उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीहरुले दिइरहेका छन् । तर मिति भने […]
९ असार, भक्तपुर । भक्तपुर नगरपालिकाले ल्याएको आ.व. २०७८-७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्दै कमजोरीहरुलाई […]
९ असार, काठमाडौं । एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने भएको छ । ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८’ मा पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने उल्लेख छ । कार्यविधि जेठ ३१ गतेबाट लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
९ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा […]
९ असार, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो । दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ । अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न […]
९ असार, काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । […]
from समाचार – Online Khabar https://ift.tt/2Sn9JFP
via IFTTT






















