समाचार
१५ वैशाख, जनकपुरधाम । युथ कांग्रेस नेपालले प्रदेश-२ सरकारलाई पँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । युथ कांग्रेस अमेरिकाको सहयोगमा ती अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको युथ कांग्रेस नेपालका प्रदेश संयोजक रमेश राजले जानकारी दिए । उनले मुख्यमन्त्री लालबाबु राउतलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । युथ कांग्रेसका प्रदेश संयोजक राजले यसअघि जनता स्वास्थ्य केन्द्र […]
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अब केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् । यो साता तीन नेताले पालैपालो एकअर्काको घरमा गई १४ औं महाधिवेशनको विषयमा सम्वाद गरेका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका नेतात्रयबीच महामन्त्री कोइरालाको निवासमा पनि भेटवार्ता भयो । मंगलबार सिंहको चाक्सीबारीस्थित […]
१५ असार, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८७ अंकले घटेको छ । कारोबार रकम […]
१५ असार, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो र दोस्रो डोजको अन्तर ४५ साता (१० महिना) राख्दा प्रभावकारी हुने अध्ययनले देखाएको छ । सोमबार प्रकाशित भएको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनको नतिजा अनुसार यो खोपको तेस्रो डोजले प्रतिरोधी क्षमता अझै बढाउँछ । अध्ययनमा दुई डोज लगाउने समयको अन्तर […]
१५ असार, काठमाडौं । अब हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो अब नेपाल एयरलाइन्सबाट ओसार-पसार हुने भएको छ । लामो समयदेखि थाई एयरले गरिरहेको यो काम अब नेपाल एयरलाइन्सबाट हुने गरी मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ । नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार […]
१५ असार, काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । नेपाल सरकारले उडान खुला गरेपनि टर्की […]
१५ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले २०७६ साउन २१ गते बुटवल कालिका क्याम्पस भवन शिलान्यास पछि भनेका थिए, ‘४ नम्बर (गण्डकी) प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कन्भिन्स गर्ने जिम्मा मेरो भयो ।’ बुटवल पुग्दा जहिल्यै कालीगण्डकी–तिनाउ […]
१५ असार, गोरखा । गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङको आरुघाटबाट सञ्चालन गरिएको छ । गाउँपालिकाको कार्यालय रहेको माछाखोलामा बिद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटमा अस्थायी कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिएको गाउँपालिकाकी उपप्रमुख फुलमाया गुरुङले बताइन् । ‘हाम्रो गाउँपालिकाको कार्यालयमा जेठ महिनाबाटै बिद्युत र इन्टरनेट सेवा राम्रोसँग चलेको थिएन, झन् असार […]
१५ असार, काठमाडौं । कोभिड–१९संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने बताएका हुन् । कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना […]
१५ असार, कास्की । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका-८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो । उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास […]
१५ असार, काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई […]
१५ असार, काठमाडौं । लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा […]
१५ असार, सिड्नी । लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटिएका छन् । “मास्कविना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित […]
१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसमा मंगलबार नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले पटक–पटक संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गरेका छन् । उनले पुस ५ को प्रतिनिधिसभा विघटन अदालतको आदेशमा पुनर्स्थापना भए पनि स्थिरता नदेखिएको बताए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानमन्त्रीको लिखित जवाफमा पनि अदालतका कारण अस्थिरता आएको भन्ने आशय देखिएको […]
१५ असार, बैतडी । गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन शुरु गरेका छन् । गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बसेका छन् । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द पनि अनशनमा बसिरहेका छन् । उनीहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनशन सुरु गरेका हुन् […]
१५ असार,काठमाडौं । कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् । खोप नलगाई व्यापार गर्नसक्ने अवस्था आएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको संघका […]
१५ असार, काठमाडौं । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले कुनै दलको सांसदले व्यक्तिगत रुपमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने बताएका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा मंगलबार सरकारको प्रतिरक्षामा बहस गर्दै उनले कुनै दलबाट निर्वाचित सांसदले व्यक्तिगत रुपमा कुनै अर्को पार्टीलाई समर्थन गर्न नमिल्ने बताएका हुन् । ‘कानूनी रुपमा छुट्टै बस्न पाइन्छ तर, अर्को […]
१५ असार, काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइन अनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी […]
१५ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा […]
१५ असार,बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)मा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त प्लान्टको लागत ५५ लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । कोभिड–१९ को तेस्रो लहर आउने चर्चा चलिरहेको र […]
१५ असार, सुर्खेत । सडक खन्नेक्रममा माटोले पुरिदा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ । अदानचुली गाउँपालिका-५, सेरामा सडक खन्नेक्रममा माटोको ढिस्कोमा पुरिएर स्काभेटर चालक बर्दियाका २६ वर्षीय सन्तोष थारूको मृत्यु भएको हो । माटोमा पुरिएका उनको समयमै उद्दार हुन नसक्दा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले बताए । ‘समयमै उद्दार हुन नसक्दा […]
from समाचार – Online Khabar https://ift.tt/2UeBErW
via IFTTT