समाचार
११ असार, बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय […]
११ असार, वीरगञ्ज । पर्सागढी नगरपालिकाले असन्तुष्ट सदस्यहरुको नाराबाजीका बीच आर्थिक वर्ष ०७८-०७९ का लागि ५९ करोड ३३ लाख ३२ हजार ४ सय ९३ रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान क्रमशः १२ करोड ९२ लाख, ८८ लाख ५९ हजार, संघ र प्रदेश सरकारबाट राजश्व बाँडफाँड क्रमशः ८ करोड ८६ […]
११ असार, काठमाडौं । होटेल व्यवसायीले काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेका छन् । महानगरपालिकाको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा व्यवसायीले स्वागत गरेका हुन् । कोभिड-१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा र्फकन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड-१९ ले संकटग्रस्त अवस्थामा […]
११ असार, काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको […]
११ असार, काठमाडौं । अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपतिले सरकार निर्माणको विषयमा गरेको निर्णयमाथि न्यायीक पुनरावलोकन हुने बताएका छन् । सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै भट्टराईले न्यायिक पुनरावलोकन हुँदैन भनेर पठाइएको लिखित जवाफ गलत भएको बताए । उनले भने, ‘राष्ट्रपतिबाट भए गरेका कामकारबाहीहरु न्यायीक पुनरावलोकन हुन्छ । संविधानको धारा १३३, २८६ र १३५ बाहेक अन्य सबै […]
११ असार, बुटवल । रुपन्देहीको एक सरकारी विद्यालयमा व्यवस्थापन समितिले कीर्ते र नीतिगत अनियमितता गरेको भन्दै एक शिक्षिकाले छानबिनको माग गरेकी छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–४ को मुक्तिधाम आधारभूत विद्यालय व्यवस्थापन समितिले कीर्ते, जालसाजी र नीतिगत अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै निमित्त प्रधानाध्यापक दिलमाया कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएकी हुन् । २०७७ […]
११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । असारपछि कामबाट निकाल्न लागेको भन्दै […]
११ असार, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’ खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुने उनले बताए । […]
झण्डै एक दशकदेखि सरकारले निजी अस्पतालमा उपचार शुल्क निर्धारण गर्न खोजे पनि अस्पताल सञ्चालकहरूको सत्तासँगको अवाञ्छित पहुँचले यो काम हुनसकेको छैन । बिरामी अस्पतालमा बन्धक बन्ने र उपचार खर्चको बिल देखेपछि आत्महत्या गर्ने कारण यही मनपरी शुल्क हो ।
११ असार, बर्दिया । गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ। अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो । उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला […]
११ असार, काठमाडौं । युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न इटालीले सहयोग स्वरुप उक्त सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो । नेपालका लागि ईयूकी राजदूत नोना देप्रेजले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ […]
११ असार, वीरगञ्ज । बाराको कलैया उपनगरपालिकाले सातौं नगरसभामा १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६० करोड १३ लाख ७० हजार, राजश्व बाँडफाँडबाट १९ करोड १० लाख २१ हजार, संघीय सरकारबाट ८१ करोड ८८ लाख र प्रदेश सरकारबाट ४ […]
११ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइविनै शपथ खुवाउनुलाई बदनियतको हद भनेका छन् । उनले संविधान कहाँ गयो भनेर प्रश्नसमेत गरेका छन् । सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अर्यालले सबै कोणबाट बदनियत राखेर प्रधानमन्त्रीले शासन गरिरहेको […]
११ असार, काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक […]
११ असार, जनकपुरधाम । धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग […]
११ असार, काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । पटक-पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि […]
११ असार, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी गरी जारी भएको भनिएपनि निषेधाधज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो । यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न […]
११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]
११ असार, काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ । आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् । शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको […]
११ असार, चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई […]
११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा शुक्रबार रिट निवेदक पक्षबाट बहस हुने भएको छ । रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो । आज रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीहरुलाई बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ । वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र […]
from समाचार – Online Khabar https://ift.tt/2Sr68GV
via IFTTT






















