समाचार
१५ असार, काठमाडौं । बागलुङका दुई पुरुष बेपत्ता भएपछि खोजीमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी र बागलुङ नगरपालिका-१ रामरेखाका सोमबहादुर सुनारको खोजीमा प्रहरीले कुकुर परिचालन गरेको हो । बुढाथोकी गत बिहीबारदेखि र सुनार १७ दिनदेखि बेपत्ता छन् । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिम प्राप्त कुकुरसहित प्रहरी […]
१५ असार, काठमाठौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो । केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता स्विट्जरल्याण्ड् भने ऐतिहासिक जितसहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । […]
१४ असार, काठमाडौं । महामारी नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा लगाएका वेला बौद्धमा बयस्क व्यक्तिको खुट्टा भेटिएको घटनाले धेरैको ध्यान तान्यो । घटनास्थलमा पुगेका प्रहरी अधिकृतहरुले हत्यापछि शव व्यवस्थापन गर्न खोजिएको हुन सक्ने दाबी गरे । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा पुग्यो, तालिम प्राप्त कुकुरलाई पनि बोलाइयो । बोह्राभित्र शव भेटिएनजिकै खुट्टाको मासु […]
१५ असार, काठमाडौं । क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो । युरोकपमा एक खेलमा भएको यो दोस्रो […]
१४ असार, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् । सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् । काठमाडाैं उपत्याकाको स्थानीय प्रशासनले भोलि मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै […]
१४ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमा विपक्षी (सरकार पक्ष) को तर्फबाट बहस शुरु भएको छ । सोमबार पहिलो दिन महान्यायाधिवक्ता रमेश बडालले करीब साढे तीन घण्टा बहस गरे । सरकारको कानूनी सल्लाहकार बडालको बहसको मुख्य ‘फोकस’ रिट निवेदनको वैधानिकतामाथि थियो । शुरुमै उनले रिट निवेदकहरुको माग अनुसार प्रतिनिधिसभा […]
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि जोरविजोर प्रणालीअनुसार ठूला बसहरू चल्दैछन् । कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि ७ असारदेखि निजी सवारी चले भने मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुनेछ । निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा […]
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति गम्भीर आरोप लगाए । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ओलीले एमालेमा जारी एकता प्रक्रिया नै प्रभावित हुनेगरी अभिव्यक्ति दिए । अनौपचारिक वार्तामा सक्रिय एक नेताका अनुसार ओलीको सोमबारको अभिव्यक्तिले एकताको वातावरण बिथोलिन सक्छ । […]
१४ असार, काठमाडौं । कोभिड–१९ महामारीको पहिलो लहरमा सरकारले एक्कासी लकडाउन गर्ने निर्णय लिँदा मजदुरहरु उपत्यकामा अलपत्र परे । रोगभन्दा भोकले मर्ने स्थिति आएको भन्दै ‘हाम्रो टिम नेपाल नामक अभियान’ सुरु भयो । महामारीको दोस्रो लहर आउँदा पनि अभियानले पहिले झैँ खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दियो । तर अभियानले मजदुरहरुलाई खाना खुवाउन बनाइएको संरचना सोमबार […]
१४ असार, विराटनगर । मोरङको बेलबारी नगरपालिकामा अष्ट्रेलियन (फुल ब्लड) बोयर भन्दै किसानलाई नवलपरासीको बाख्रा वितरण गर्ने ठेकदारसँग जनप्रतिनिधिको साँठगाँठ रहेको पाइएको छ । बाख्रा खरिदको केही दिनअघि बाख्रा आपूर्तिको जिम्मा पाएको सप्लायर्सका प्रतिनिधिसँग जनप्रतिनिधिले दोलखाको एक होटलमा सँगै खानपिन गरेको खुलेको छ । नगरपालिकाले बाख्रा खरिद गर्ने आशयको सूचना निकालेपछि सात जना वडाध्यक्ष, प्रमुख […]
१४ असार, पोखरा । गण्डकी प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले कालीगण्डकी डाइभर्सन आयोजना खारेज गर्न माग गरेका छन् । तर केन्द्र सरकारमा रहेको नेकपा एमाले भने बैठकमा अनुपस्थित भएको छ । केन्द्र सरकारले आयोजनाको कार्यालय बुटवलमा खोलेपछि प्रदेश सरकारले सोमबार सर्वपक्षीय बैठक बोलाएको थियो । जसमा नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त […]
१४ असार, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाको उप प्रमुख अर्चना चौधरीले पुनः नगरसभा गर्नुपर्ने माग राखेकी छन् । असार १० गते विधि र प्रक्रिया मिचेर गरिएको नगरसभा गरिएको बताउँदै उनले त्यस्तो माग राखेकी हुन् । नेपाल पत्रकार महासंघ वीरगञ्ज शाखामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगर सभामा उप प्रमुखको उपस्थिति हुँदा हुँदै अरु मानिसबाट विधेयकहरु […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । ‘उहाँहरु दुवै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुवैले एकअर्कालाई सहयोग गर्न […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान आग्रह गरेकी छन् । कोइरालाले सोमबार पौडेल र सिटौलालाई सोमबार आफ्नै निवास मण्डिखाटारमा बोलाएर १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्नेमा जोड दिएकी हुन् । ‘उहाँ (सुजाता)ले हामी एउटै समूह बनाएर अगाडि बढ्नुपर्छ, तपाईंहरु दुवै […]
१४ असार, काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । योसँगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरेललाई आईजीपीको […]
१४ असार, पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् । पोखरा महानगरपालिका–११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि […]
१४ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ को सोनरा लवटोलियाको सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भएको छ । पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ । तर वडाध्यक्ष जयकिशोर दासले सोमबार सोही सडक छेउमा मन्दिरको भने शिलान्यास गरेका छन् । तर सामान्य वर्षा हुँदासमेत हिलाम्य हुने तीन सय मिटरको उक्त सडक […]
१४ असार, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप भएको छ । दरबन्दी थपिएको पत्र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । थपिएको एउटा पदमा बढुवा प्रक्रिया थालिएको छ । एआईजीको दरबन्दी थप भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि दुई जना प्रतिस्पर्धी हुने भएका छन् । हालका आईजीपी […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसंग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको बताएका हुन् । संसदको कुनै पनि सांसदले […]
१४ असार, पोखरा । कास्की जिल्लाभर बुधबारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले […]
१४ असार, काठमाडौं । दार्शनिकहरु भन्छन्- घृणाले एउटा पनि समस्या समाधान गरेको छैन, बरू बढाएको छ । तर ५ पुसमा प्रतिनिधिसभा विघटनसँगै राजनीतिक संकटमा फसेको नेपालमा राजनीतिक दलहरूको भाषण सुन्दा लाग्छ, उनीहरु घृणाको ‘व्याटल’मा बहादुरीपूर्वक उत्रिएका छन् । सत्ता पक्ष होस् वा विपक्षी दलका नेताहरु, उनीहरुको भाषणमा आजकल राजनीतिक विचारधाराको बहस, मुलुक बनाउने दूरदृष्टि र […]
from समाचार – Online Khabar https://ift.tt/2Ub4c5E
via IFTTT