समाचार
११ असार, विराटनगर । सुनसरीको सीमा क्षेत्रबाट पार भएको तीन ट्रक स्याउ भारतीय प्रहरीले बरामद गरेपछि त्यसबारे नेपालमा पनि छानविन सुरु भएको छ । निषेधाज्ञाका वेला प्रहरीकै मिलेमतोमा स्याउ तस्करी भएको आशंकामा नेपाल प्रहरीले छानविन थालेको हो । प्रदेश नं. १ का प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा […]
११ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पाइलट उपरथी दर्जामा पदोन्नति भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच शुक्रबार राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकारको असार ७ गते बसेको मन्त्रीपरिषद् बैठकले पाइलट सहायक रथी राणालाई पाइलट उपरथी […]
११ असार, काठमाडौं । जेठ २४ गतेदेखि लमजुङकी ९२ वर्षीया कालिकादेवी बास्तोलालाई खाना रूच्न छाड्यो । अस्वभाविक रुपमा जीउ दुख्ने र थकाइ लाग्ने क्रम बढ्यो । छोराहरूले कोरोना जाँच गराए । कालिकादेवीका दुई छोराको रिपोर्ट नेगेटिभ आयो । उनलाई छाती दुख्ने व्यथा पनि बढेपछि बेसीसहरमा उनको कोरोना परीक्षण गराइयो । घरबाट कतै नगएकी आमालाई एकाएक […]
११ असार, सप्तरी । सप्तरीमा कामै नगरी मूल्यांकन गराउन खोज्ने उपभोक्ता समितिका एक सदस्यले कर्मचारीलाई कुटपिट गरेका छन् । जिल्लाको खडक नगरपालिकाका सब-इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरिएको हो । नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेल काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्य अबुल हुसैनले झालाई कुटपिट गरेका छन् । कुटपिट गर्ने हुसैन नगरपालिकाका […]
११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए । उनले अघि भने, ‘ऋणको पासोमा हामी पर्दैनौं ।’
११ असार, गोरखा । गोरखामा केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रवार बसेको जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले केही खुकुलो बनाउदै असार १९ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि असार १२ गतेसम्मका लागी निषेधाज्ञा लागू गरिएको थियो । दैनिक उपभोग्य खाद्यान्न, तरकारी तथा फलफुल, […]
११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लीलानाथ श्रेष्ठले संघीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारण समयमै संघीय निजामती ऐन नआएका कारण कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको बताए । त्यसको व्यवस्थापनका लागि अध्यादेशमार्फत् नै भए पनि निजामती ऐन ल्याउनुपर्ने […]
११ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री सहभागि हुनुले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको बताएको छ । जातीय विभेदको आरोपमा हिरातमा रहेकी काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई रिहा हुँदा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालयमै पुगेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै रुपा […]
११ असार, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री दिनेश गुनवार्देनाले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको कूटनीति सम्बन्धी एक सम्मेलनमा बोल्दै उनले श्रीलंका र नेपालबीचमा लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको र त्यसलाई अझ सुदृढ बनाउन चाहेको बताए । उनले भने, ‘श्रीलंका नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको छ ।’ विदेशमन्त्री […]
११ असार, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारलाई संविधान अनुसार समावेशी बनाउन दायर गरिएको रिटमा उच्च अदालत जनकपुरधामले विपक्षीलाई छलफलका लागि बोलाउने आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश बिनोद शर्माको इजलाशले विपक्षीलाई असार १६ गते छलफलका लागि बोलाउने आदेश दिएको हो । अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकार समावेशी नभएको भन्दै बिहीबार दायर […]
११ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । ‘हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र […]
११ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसुन्धरास्थित दियालो फुडल्याण्डमा सुरु भएको छ । आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि आवश्यक रणनीति बनाउने उद्देश्यका साथ पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसेको बताइएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, […]
११ असार, काठमाडौं । ‘चरा कराउने मान्छे यहीं बस्ने हो ?’ चार जना व्यक्तिले बुधबार कालोपुलको गुरुङ बस्तीमा रहेको कोठामा बसिरहेका धनबहादुर तामाङ (५२)लाई सोधे । हट्टाकट्टा, छोटाछोटा कपाल भएका व्यक्तिहरु देखेर उनी केहीबेर मौन बसे र जवाफ फर्काए, ‘यहींभित्र बस्छ, म उसको धर्म बुबा ।’ उनलाई अर्को प्रश्न थियो, ‘खोइ.. कता छ ?’ धनबहादुर […]
११ असार, काठमाडौं । चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा-न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्षगाँठ आउनुअघि ४३५.५ किलोमिटर लामो यो रुटमा बुलेट रेल सञ्चालनमा ल्याइएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार ‘फुछिङ बुलेट रेल’ले आधिकारिक […]
११ असार, काठमाडौं । कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ […]
११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]
११ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले केही नौला कार्यक्रमसहित एक अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर उपप्रमुख उमा काफ्लेले बिहीबार नगरसभामा बजेट पेश हुन् । गर्भवती तथा सुत्केरी आमाहरूसँग उपप्रमुखको कोसेली भेट कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । ‘गर्भवती अवस्थामा महिला र बच्चाको स्वास्थ्यलाई प्राथमिकता दिई […]
११ असार, काठमाडौं । अखिलका पूर्वनेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । राई एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल समर्थक रहेकाले नयाँ पार्टीबारे विभिन्न अड्कलबाजी भइरहेको छ । अध्यक्ष राई भने माधव नेपालसँग सल्लाह गरेर पार्टी दर्ता नगरेको बताउँछन् । तर आफ्नो पार्टीमा माधव नेपाल आवद्ध हुनसक्ने उनी बताउँछन् । उनी […]
११ असार, बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय […]
११ असार, वीरगञ्ज । पर्सागढी नगरपालिकाले असन्तुष्ट सदस्यहरुको नाराबाजीका बीच आर्थिक वर्ष ०७८-०७९ का लागि ५९ करोड ३३ लाख ३२ हजार ४ सय ९३ रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान क्रमशः १२ करोड ९२ लाख, ८८ लाख ५९ हजार, संघ र प्रदेश सरकारबाट राजश्व बाँडफाँड क्रमशः ८ करोड ८६ […]
११ असार, काठमाडौं । होटेल व्यवसायीले काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेका छन् । महानगरपालिकाको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा व्यवसायीले स्वागत गरेका हुन् । कोभिड-१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा र्फकन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड-१९ ले संकटग्रस्त अवस्थामा […]
from समाचार – Online Khabar https://ift.tt/3gYPIOc
via IFTTT






















