समाचार
१२ असार, काठमाडौं । सैन्य विज्ञानमा एउटा चर्चित भनाइ छ- आक्रामकतामा सक्रिय प्रतिरक्षा अन्तरनिहित हुन्छ । प्रधानमन्त्री केपी ओलीको दृढनिश्चयी, आत्मविश्वासयुक्त र विजेताभावमा देखिन मनपराउने स्वाभाव नियाल्दा लाग्थ्यो कि उनले यो कुरा राम्रोसँग बुझेका छन् । उनका हरेक आक्रामक प्रस्तुतिहरूका अगाडि विपक्षीका क्रिया-प्रतिक्रियाहरु फिक्का अनुभूत हुन्थे । समय फेरिएको छ । आफ्ना एकपछि अर्का कदमहरुलाई […]
१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले जातीय विभेदको आधारमा कोठा नदिएको आरोप लागेकी घरधनीलाई रिहा गराउन गएका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । वाईसीएलले शनिबार विज्ञप्ति जारी गरी छुवाछुत तथा भेदभाव जस्तो गम्भीर अपराधको आरोप लागेकी घरबेटीलाई शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्री नै छुटाउन जानुले सिँगो दलित […]
१२ असार, विराटनगर । विराटनगरस्थित बालसुधार गृहमा राखिएका चार जना बाल बिझ्याइँकर्ता भागेका छन् । उनीहरु तीन तलामाथिबाट हामफालेका प्रहरीले जनाएको छ । उनीहरुमध्ये एक जना पुनःपक्राउ परेका छन् भने अरु तीन जना फरार छन् । बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका हुन् । उनीमाथि जबरजस्ती करणी मुद्दामा अदालतले १० […]
१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी […]
१२ असार, सप्तरी । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प […]
१२ असार, काठमाडौं । युरोकप २०२० मा आजदेखि नकआउट चरणका खेल हुँदैछन् । अन्तिम १६ को दोस्रो खेलमा शनिबार राति इटलीले अष्ट्रियासंग प्रतिस्पर्धा गर्दैछ । खेल लण्डनस्थित वेम्बली मैदानमा नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । इटली समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये […]
१२ असार, बुटवल । उपप्रधानमन्त्री विष्णु पौडेलले निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै अब तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेको र अरु दलले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको जिकिर गरे । अदालतमा यसबारे […]
१२ असार, काठमाडौं । नरेन्द्र महर्जन, किलागल टोललाई कंक्रिटको शहरबाट परिवर्तन गरेर सांस्कृतिक टोलको रुपमा पुरानै विरासत कायम गर्न चाहन्छन् । जहाँ फेरि पनि धाः बाजाको धुनसँगै स्थानीयले थकान् मेटून्, खः प्याखंःमा नाच्ने नर्तक र नर्तकीको चालसँगै आगन्तुकहरुलाई मोहनी लागोस् । तर उनको यो सपनाको किलागः धेरै पर पुगिसकेको छ । किलागः कुनै समय एउटा […]
१२ असार, बुटवल । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ । कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गरेका हुन् । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा […]
१२ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा […]
१२ असार, काठमाडौं । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए । उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको बन्दरगाहको […]
१२ असार, रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार […]
१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् […]
त्यो दिन । दिउँसो सवा बाह्र बजे । चर्को घाम चौकीदारी गर्दैथियो । मैले एकाएक चिण्डे डाँडा हान्ने भएँ, एकल फौज लिएर । धराने ‘सर्दुखोला’ पारि बज्रासन गरिरहेको त्यो मुडुलो डाँडा । हिंड्दाहिंड्दै सुनिललाई मोबाइल लगाएँ । ऊ कट्टु लगाउन थालेदेखिको मेरो दोस्त । मलाई साथ दिन लुसुक्क बाटामा निस्कियो । एकलबाट दुकल भो अब […]
१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो । आयोगले […]
१२ असार, काठमाडौं । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ । यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ । आज बिहान मेलम्ची नगरपालिका-११ मा रहेको गोपाल दुलालको साढे ३ तलाको घर ढालेको […]
१२ असार, काठमाडौं । सुनसरीकी एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बराह क्षेत्रकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि यही असार गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना […]
कलियुग शुरू भइसकेको थियो । ब्रहृमाजीले सृष्टिको एकाधिकार छोड्नुभएको केही हजार वर्षपछिको कुरो हो । कलि लागिसके पनि मानिसहरूले ब्रहृमाजीको सृष्टि-सत्तामाथि विश्वास गर्न छोडेका थिएनन् । उहाँ स्वर्गमा स्थायी बसोबास गर्ने गरी पृथ्वीलोकबाट प्रस्थान गर्नुभयो । यात्राका क्रममा कैलाशपर्वत मुन्तिर रहेको गरीब किसानको झुपडीतिर बास बस्न पुग्नुभयो । ब्रहृमाजी आउनुभएको थाहा पाएर चन्द्रमान र उसकी […]
१२ असार, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । […]
१२ असार, काठमाडौँ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ […]
१२ असार, सुदूरपश्चिम (धनगढी) । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको […]
from समाचार – Online Khabar https://ift.tt/3x2jb0r
via IFTTT