समाचार
१५ असार, काठमाडौं । ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएको इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]
१५ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा […]
१५ असार, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँटलगायतका विषयमा विवाद भएपछि बहुमत कार्यपालिका सदस्यहरु अदालत पुगेका थिए । बहुमत कार्यपालिका सदस्यहरुको माग अनुसार उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश […]
१५ असार, दाङ । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि दाङमा असार महिनाभित्रै धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ । असारको दोस्रो हप्तासम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिनुभयो । उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ३० […]
‘अब हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौं । ल भन्नुस् आजै, ह्याऽऽ तिमीहरूले सकेनौं हामी गर्छौं भन्नुहुन्छ भने पनि ठिकै छ । … ‘… नेताहरूको अलि बढी नै हुर्मत लिने गरियो र सबै नेता उस्तै-उस्तै हुन् भन्ने मानसिकता देशभरि बन्न गयो भने निकै ठूलो ‘पोलिटिकल भ्याकुम’ र ‘फ्रस्टेसन’ जनतामा आउन सक्छ र त्यसले लोकतन्त्र मात्र होइन, देशकै […]
१५ असार, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई असार २२ गते बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको हो । ‘सो दिन सहमति भए सोही अनुसार हुनेछ । सहमति नभए आयोग […]
१५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पछिल्लो अवस्थाबारे अध्ययन गर्न सरकारले ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सर्भेका लागि प्रक्रिया सुरु भइसकेको छ । अहिले अभिमुखीकरण तालिम चलिरहेको भन्दै उनले भने, ‘तीन दिनपछि सर्भे प्राविधिकहरु फिल्डमा खटिन्छन् ।’ ‘सेरो प्रिभिलेन्स सर्भे’का क्रममा देशभरका […]
१५ असार, काठमाडौं । भक्तपुरको सुर्यबिनायक नगरपालिका-८ सिपाडोलमा १० रोपनीमा फैलिएको कल्पित वाइल्डलाईफ एग्रो सेन्टर छ । आशिष उपाध्याय, प्रवेश केसी र निर्मल उपाध्यायले साढे दुई वर्षअघि खोलेको यो एग्रो सेन्टर खासमा कालिज फार्म हो, जहाँ अहिले आउँदो मंसीरमा बिक्री हुने कालिजका चल्लाहरु हुर्कदैछन् । फर्मले यसअघि तीन पटक कालिज बिक्री गरिसकेको छ । दक्षिण […]
१५ असार, काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रले कारबाही गरेका मेयरद्वयलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो । गत वैशाख १४ गते माओवादी […]
१५ असार, काठमाडौं । स्याङ्जामा असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकाले थप गरिएको जनाइएको छ ।
१५ असार, काठमाडौं । ५८ जना नागरिक अगुवाले जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटीलाई मन्त्री कृष्णगोपाल श्रेष्ठले संरक्षण गरेकामा आपत्ति जनाएका छन् । उनीहरुले मन्त्रीले शक्तिको दुरुपयोग गरी प्रहरीलाई दबाब दिई आरोपितलाई छुटाउँदा अनुसन्धान अधिकारीको मनोबल कमजोर भएको बताएका छन् । ‘…असार ९ गते नेपाल सरकारका बहालवाला शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल […]
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले […]
१५ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले २०७६ साउन २१ गते बुटवल कालिका क्याम्पस भवन शिलान्यास पछि भनेका थिए, ‘४ नम्बर (गण्डकी) प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कन्भिन्स गर्ने जिम्मा मेरो भयो ।’ बुटवल पुग्दा जहिल्यै कालीगण्डकी–तिनाउ […]
१५ असार, वीरगञ्ज । वीरगञ्ज-८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी […]
१५ असार, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् । पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन् । पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाउँका एक जनाको शव सद्गतका […]
१५ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सकसँग व्यवस्थापन पक्षको वार्ता भाँडिएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको आरोप लगाउँदै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले उनीसहित पदाधिकारीलाई वार्तास्थलमै थुनेका छन् । उपकुलपति गिरीको मादक पदार्थ सेवन परीक्षण नगरी बाहिर निस्कन नदिने भन्दै प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध उनीहरुले नाराबाजी गरेका […]
१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ । धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए । सशस्त्र प्रहरी बल […]
१५ असार, काठमाडौं । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार साँझ काठमाडौंको धाेबीचौरस्थित पब्लिक युथ क्याम्पस अगाडि राँके जुलुस प्रदर्शन गरेको छ । सरकारको अधिनायकवादी र स्वेच्छाचारी कदम विरुद्ध र संसद् पुनर्स्थापनाको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी तीन जना विद्यार्थी […]
१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै दुई महिनापछि मंगलबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएको छ । यसरी सवारी साधन चलाउँदा स्वीकृत सिट संख्याभरि मात्र यात्रु बस्न पाउँछन् । तर सार्वजनिक […]
१५ असार, सप्तरी। कोभिड-१९ को महामारीमा अग्रपङ्क्तिमा खटिएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि मंगलबार सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सप्तरीको विभिन्न प्रहरी कार्यालय र आइसोलेशन केन्द्रमा एकै दिन स्वास्थ्य तथा सरसफाइ एवं मर्यादित कीट वितरण गरेको समग्र जनउत्थान केन्द्रले जानकारी दिएको छ । आइसोलेशन केन्द्रमा कोभिड सङ्क्रमित र […]
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले रुपा सुनारमाथि भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तक्षेप गरेको बताएका छन् । न्यायिक निरुपणमा अगाडि बढिसकेको घटनामा विभेदको पक्षपोषण नदेखियोस् भन्ने सामान्य शालीनता समेत मन्त्री श्रेष्ठले प्रदर्शन गर्न नसकेको थापाले टिप्पणी गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता थापाले भनेका छन्, ‘जातीय विभेदलगायत […]
from समाचार – Online Khabar https://ift.tt/3jF1xw7
via IFTTT