Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने घोषणा

१४ असार, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् । सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् । काठमाडाैं उपत्याकाको स्थानीय प्रशासनले भोलि मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै […]

माधव समूहको संकट : एमाले जोगाउने कि संसद् ?

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति गम्भीर आरोप लगाए । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ओलीले एमालेमा जारी एकता प्रक्रिया नै प्रभावित हुनेगरी अभिव्यक्ति दिए । अनौपचारिक वार्तामा सक्रिय एक नेताका अनुसार ओलीको सोमबारको अभिव्यक्तिले एकताको वातावरण बिथोलिन सक्छ । […]

मजदुरलाई खान खुवाउने २३ अभियन्ता पक्राउ, सहमति विपरीत संरचना भत्काइयो

१४ असार, काठमाडौं । कोभिड–१९ महामारीको पहिलो लहरमा सरकारले एक्कासी लकडाउन गर्ने निर्णय लिँदा मजदुरहरु उपत्यकामा अलपत्र परे । रोगभन्दा भोकले मर्ने स्थिति आएको भन्दै ‘हाम्रो टिम नेपाल नामक अभियान’ सुरु भयो । महामारीको दोस्रो लहर आउँदा पनि अभियानले पहिले झैँ खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दियो । तर अभियानले मजदुरहरुलाई खाना खुवाउन बनाइएको संरचना सोमबार […]

बेलबारीको विवादास्पद बाख्रा खरीदका ठेकेदारसँग जनप्रतिनिधिको साठगाँठ

१४ असार, विराटनगर । मोरङको बेलबारी नगरपालिकामा अष्ट्रेलियन (फुल ब्लड) बोयर भन्दै किसानलाई नवलपरासीको बाख्रा वितरण गर्ने ठेकदारसँग जनप्रतिनिधिको साँठगाँठ रहेको पाइएको छ । बाख्रा खरिदको केही दिनअघि बाख्रा आपूर्तिको जिम्मा पाएको सप्लायर्सका प्रतिनिधिसँग जनप्रतिनिधिले दोलखाको एक होटलमा सँगै खानपिन गरेको खुलेको छ । नगरपालिकाले बाख्रा खरिद गर्ने आशयको सूचना निकालेपछि सात जना वडाध्यक्ष, प्रमुख […]

पर्सागढीमा पुनः नगर सभा गर्न उपप्रमुख चौधरीको माग

१४ असार, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाको उप प्रमुख अर्चना चौधरीले पुनः नगरसभा गर्नुपर्ने माग राखेकी छन् । असार १० गते विधि र प्रक्रिया मिचेर गरिएको नगरसभा गरिएको बताउँदै उनले त्यस्तो माग राखेकी हुन् । नेपाल पत्रकार महासंघ वीरगञ्ज शाखामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगर सभामा उप प्रमुखको उपस्थिति हुँदा हुँदै अरु मानिसबाट विधेयकहरु […]

सुजाता निवासमा पौडेल र सिटौलाको भेट

१४ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान आग्रह गरेकी छन् । कोइरालाले सोमबार पौडेल र सिटौलालाई सोमबार आफ्नै निवास मण्डिखाटारमा बोलाएर १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्नेमा जोड दिएकी हुन् । ‘उहाँ (सुजाता)ले हामी एउटै समूह बनाएर अगाडि बढ्नुपर्छ, तपाईंहरु दुवै […]

डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

१४ असार, काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । योसँगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरेललाई आईजीपीको […]

गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त

१४ असार, पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् । पोखरा महानगरपालिका–११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि […]

बाटो हिलाम्य, छेउमै मन्दिरको शिलान्यास

१४ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ को सोनरा लवटोलियाको सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भएको छ । पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ । तर वडाध्यक्ष जयकिशोर दासले सोमबार सोही सडक छेउमा मन्दिरको भने शिलान्यास गरेका छन् । तर सामान्य वर्षा हुँदासमेत हिलाम्य हुने तीन सय मिटरको उक्त सडक […]

नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपियो, थापा र सिंह आकांक्षी

१४ असार, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप भएको छ । दरबन्दी थपिएको पत्र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । थपिएको एउटा पदमा बढुवा प्रक्रिया थालिएको छ । एआईजीको दरबन्दी थप भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि दुई जना प्रतिस्पर्धी हुने भएका छन् । हालका आईजीपी […]

राष्ट्रपतिले पदको गरिमा समाप्त पार्नुभो : देउवा

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसंग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको बताएका हुन् । संसदको कुनै पनि सांसदले […]

कास्कीमा पनि बुधबारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

१४ असार, पोखरा । कास्की जिल्लाभर बुधबारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले […]

गण्डकीमा सर्वपक्षीय बैठक : कालीगण्डकी डाइभर्सन खारेज गर्न माग

१४ असार, पोखरा । गण्डकी प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले कालीगण्डकी डाइभर्सन आयोजना खारेज गर्न माग गरेका छन् । तर केन्द्र सरकारमा रहेको नेकपा एमाले भने बैठकमा अनुपस्थित भएको छ । केन्द्र सरकारले आयोजनाको कार्यालय बुटवलमा खोलेपछि प्रदेश सरकारले सोमबार सर्वपक्षीय बैठक बोलाएको थियो । जसमा नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त […]

बीपी प्रतिष्ठानमा अनियमितता बढेको भन्दै शिक्षक-कर्मचारी रिले अनसनमा

१४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत् शिक्षक, कर्मचारीहरुले रिले अनसन शुरु गरेका छन् । प्रतिष्ठानमा बेथिति र अनियमितता बढेको भन्दै त्यहाँ कार्यरत् शिक्षक, कर्मचारी तथा अध्ययनरत् विद्यार्थीहरु संयुक्त संघर्ष समिति बनाएर दुई सातादेखि आन्दोलनमा छन् । सोमबारबाट रिले अनसन शुरु गरिएको र अझै आफ्ना माग पूरा नभए कडा रुपमा प्रस्तुत […]

कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका ५ दल : भारतको दबाबमा हामीलाई विभाजित गर्न ल्याइयो

१४ असार, पोखरा। कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ दल एकै ठाउँमा उभिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाले उक्त राष्ट्रघाती आयोजना भन्दै विरोध गरेका हुन् । विज्ञप्तिमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहु-उद्देश्यीय परियोजना अध्ययन र सरोकारवाला निकायसँग छलफल र परामर्शबिनै सीमित स्वार्थ र भारतको […]

कञ्चनपुरमा नदीमा डुबेर १५ वर्षीय किशोरको मृत्यु

१४ असार, धनगढी। कञ्चनपुरमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको बेल्डाडी गाउँपालिका-१ का १५ वर्षीय करन सुनारको स्थानीय चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपला नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ । सुनार नदीमा डुबेर बेपत्ता भएको खबर पाउने बितिकै बोर्डर आउट पोष्ट झिलमिलाका सशस्त्र प्रहरी निरीक्षक […]

घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

१४ असार, कास्की। कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको जनाउँदै व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडा सहुलियत गर्न आग्रह गरिएको […]

महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

१४ असार, जनकपुरधाम । महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय […]

रुपन्देहीमा पनि सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्ने

१४ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्न पाउने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक यातायातलाई […]

रामचन्द्रलाई शेखरको प्रस्ताव : म सभापति बन्छु, तपाईं प्रधानमन्त्री

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । ‘उहाँहरु दुवै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुवैले एकअर्कालाई सहयोग गर्न […]

प्रचण्डको प्रतिक्रिया : केपीजीको गाली हेर्न गाह्रो पर्छ

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहितका नेताहरुलाई तुच्छ गाली गरेको प्रतिक्रिया दिएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा प्रचण्डले तुच्छ स्तरको गाली गरेको देख्दा कठै विचरा भन्न मन लागेको बताए । उनले अघि भने, ‘त्यो हेर्न गाह्रो […]



from समाचार – Online Khabar https://ift.tt/3y2kZGN
via IFTTT
Powered by Blogger.