समाचार
१५ असार,काठमाडौं । कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् । खोप नलगाई व्यापार गर्नसक्ने अवस्था आएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको संघका […]
१५ असार, काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइन अनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी […]
१५ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा […]
१५ असार,बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)मा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त प्लान्टको लागत ५५ लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । कोभिड–१९ को तेस्रो लहर आउने चर्चा चलिरहेको र […]
१५ असार, हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपचारको लागि बाजुरा सामुदियक अस्पताल कोल्टी […]
१५ असार, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फरक फरक खोप लगाउँदा पनि सकारात्मक नतिजा पाइएको छ । द कम कोभ ट्रायलका अनुसार बेलायतमा गरिएको उक्त अध्ययनमा फाइजर र एस्ट्राजेनेकाको खोपको प्रयोग गरिएको थियो । उक्त प्रयोगमा सहभागी केही मानिसहरुलाई यी खोपको दुई/दुई डोज खोप दिएपछि त्यसको नतिजाको अध्ययन गरिएको थियो […]
१५ असार, बुटवल । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका) मा ई—लर्निङ/साइन्स थिएटर स्थापना भएको छ । १६ फूट लम्बाई र ९ फूट चौडाइको स्क्रिन रहेको थिएटर करिब ४५ लाख रुपैयाँ लागतमा स्थापना भएको हो । विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटर यस क्षेत्रमै नयाँ परियोजना […]
१५ असार, काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन […]
१५ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका हुन् । पाण्डेयले बहस सुरु गर्दै विश्वासको मत पाउँदिन, धारा ७६ (३) अनुसार बस्दिन […]
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि छलफल भएको छ । सिंह निवास चाक्सीबारीमा छलफल सुरू भएको हो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको छ । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै […]
१५ असार, काठमाडौं । आज असार पन्ध्र अर्थात १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । विभिन्न औपचारिक कार्यक्रम गरेर धान खेती प्रोत्साहनका कार्यक्रम देशभरी चलिरहँदा संसारकै अग्लो ठाउँमा धान खेती हुने जमीनको ठूलो हिस्सा भने बाँझै छ । बजारमा उच्च माग र मूल्य भएको कालो मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी गाउँपालिकाको छुम चौर […]
१५ असार, काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा […]
१५ असार, वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने […]
१५ असार, काठमाडौं । आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो […]
१५ असार, काठमाडौं । सरकार विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा आठ सचिव पद रिक्त छन् । सचिव बढुवा सिफारिश समितिले भने एक जनालाई बढुवा सिफारिश गरेको छ । मंगलबार वन तथा कृषि र इन्जिनियरिङ सेवातर्फ बढुवा सिफारिश हुँदैछ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिले वरिष्ठ सहसचिव दामोदर रेग्मीलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको […]
१५ असार, धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर- बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक […]
१५ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका ५ डाम्रीका दिलबहादुर सुनार आरनमा हसिया तताउँदै छन् । खलाती चलाएर उनलाई सघाइरहेकी छन् श्रीमती सौरी सुनारले । खलाती चलाएर आरनमा घरेलु औजार बनाउने दिलबहादुरको पुर्ख्यौली पेशा हो । केटाकेटी उमेरदेखि बाउबाजेलाई सघाउँदै आएको यो पेशा अहिले पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ । श्रीमतीले […]
१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने […]
१५ असार, धनगढी । राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । चालु वर्षमा समयमै मनसुन भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० […]
१५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा दुई टिम मात्र समूह […]
१५ असार, कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी […]
from समाचार – Online Khabar https://ift.tt/3x3Lmfn
via IFTTT