Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भरतपुरमा अंकोलोजी डीएम र एमसिच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगको चासो

१४ असार, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ । चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. आरती शाह, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. रमेशचन्द्र आचार्य र प्रा.डा. संघरत्न […]

भारतमा दिइयो ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना खोप

१४ असार काठमाडौं । भारतमा अहिलेसम्म ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसहरुलाई लगाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणको मामिलामा अमेरिकालाई पनि पछि पारेको बताएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म अमेरिकामा ३२ करोड ३३ लाख डोज कोरोना खोप […]

बालिकामाथि करणी गरेको अभियोगमा एकजना पक्राउ

१४ असार, भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा […]

युनियन लाइफले पायो आईपीओ निष्कासन अनुमति

१४ असार, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले ७० प्रतिशत संस्थापक समूहलाई र ३० प्रतिशत सर्वसाधारण समूहलाई छुट्याएको थियो । सर्वसाधारण समूहलाई छुट्याएको आईपीओ जारी गर्नेछ । आईपीओ […]

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

१४ असार, मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले […]

कोरोनाले थला परेको निजी क्षेत्र मौद्रिक नीतिमा के चाहन्छ ?

१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य सुरु गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुले मौद्रिक नीतिमा निजी क्षेत्रका लागि केके समेटिनु पर्छ भन्ने विषयमा लिखित सुझाव दिने गरी गृहकार्य सुरु गरेका छन् । ‘कोरोनाले […]

काठमाडौं उपत्यकामा भोलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा चल्न […]

इरान समर्थित लडाकुमाथि अमेरिकाको हवाई आक्रमण

१४ असार, काठमाडौं । अमेरिकाले सिरिया र इराकको सीमाक्षेत्रमा इरान समर्थित लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयले यो आक्रमण इराकमा अमेरिकी मानिसहरु र केन्द्रहरुमा गरिएको ड्रोन आक्रमणको जवाफी कारबाहीको रुपमा गरिएको बताएको छ । रक्षा मन्त्रालयले यो आक्रमणका लागि राष्ट्रपति जो बाइडनले आदेश दिएको बताएको छ । अमेरिकाले गरेको जुनसुकै […]

संवैधानिक इजलासमा विपक्षीको बहस सुरु

१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टा समय दिइएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन् […]

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

१४ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने […]

क्यान्सर रोग अध्ययन संस्थान चितवनमै स्थापना गर्न माग गर्दै स्वास्थ्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

१४ असार, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी र जनप्रतिनिधिहरुको टोलीले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै चितवनमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेको छ । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने प्रक्रिया अघि बढाएको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । […]

काठमाडौंमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय, मासिक भाडा साढे तीन लाख

१४ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो । करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक […]

धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

१४ असार, काठमाडौं । धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यही असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी ९ गते उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उच्च रक्तचापको समेत समस्या भएका उनको उपचारकै क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले […]

चार वटा गैंडा मारेको अभियोगमा राजमान थापा कारागार चलान

१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् । नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । मगर चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण […]

१२० ग्राम सुनसहित तीनजना पक्राउ

१४ असार, धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज […]

स्पेन र क्रोएसियाको नजर क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । युरोकप २०२० मा स्पेन र क्रोएसिया दुवैको लागि राम्रो सुरुआत भएन । तर समूहको अन्तिम खेलमा दुवैले लय लिए र शानदार जितसहित नकआउट राउण्डमा स्थान बनाए । त्यही दुई टिम अन्तिम १६ मा आज भिड्दैछन् र दुवैको नजर क्वाटरफाइनलमा रहेको छ । स्पेनले यसअघि समूह चरणको तीनवटै खेल घरेलु मैदान खेलेको […]

कम्युनिष्टलाई नयाँ शिराबाट एकीकृत गर्न माधव नेपालको आह्वान

१४ असार, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा सोमबार विज्ञप्ति जारी गर्दै नेपालले सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत […]

‘स्वास्थ्य सेवामा निजी क्षेत्र हाबी हुँदा उपचार खर्च स्वतः बढ्छ’

स्वास्थ्य सेवामा निजी क्षेत्र हावी भयो भने उपचार खर्च स्वतः महँगो पर्दै जाने स्वास्थ्य अर्थशास्त्री डा. घनश्याम गौतम बताउँछन् । निजी क्षेत्र आफूले गरेको लगानी र सेवा प्रदान गर्दा हुने खर्च छिटोभन्दा छिटो उठाउने प्रयास गर्ने भएकाले सेवाग्राही मारमा परेको उनको भनाइ छ । उनको विचारमा स्वास्थ्य सेवाको उपयोग गर्ने बेला सेवाग्राहीले प्रत्यक्ष रूपमा भुक्तानी […]

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

१४ असार, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो । गत असार […]

‘विद्यार्थीको गोजी लुटेर एमफिल र पिएचडी सञ्चालन गरियो’

१४ असार, काठमाडौं । विद्यार्थी भर्ना संख्या र बहुविषयले नेपालकै सबैभन्दा ठूलो मानिने त्रिभुवन विश्वविद्यालयले एमफिल र पिएचडी तहमा मनोमानी गरेको भन्दै एक सातादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले निजी संस्थाले जसरी एमफिल तथा पिएचडी मनोमानी ढंगले लागू गरिएकोमा आपत्ति जनाएका छन् । ‘त्रिवि विद्यार्थी संघर्ष समिति’ नाम दिएर समाजशास्त्र तथा मानविकी विभागका विद्यार्थीहरूले […]

प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस

१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/2U8juIo
via IFTTT
Powered by Blogger.