समाचार
१४ असार, सिरहा । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले कूल बजेटमध्ये चालुतर्फ रु ८२ करोड ३९ लाख ४० हजार र पुँजीगततर्फ रु […]
१४ असार, मनाङ । बाढीले मनाङको नासो गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेंसीशहरमा अस्थायी कार्यालय राखेर सेवा दिन थालिएको छ । जेठ ३१ गते राति अविरल वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि गाउँ कार्यपालिका बैठकले बेंसीशहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो […]
१४ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले […]
१४ असार, काठमाडौं । विभिन्न माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् । क्याम्पस प्रशासनले बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको […]
१४ असार, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । […]
१४ असार, सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपारिँदा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थित रुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले बताए । यस बारेमा नगरपालिकामा पटक-पटक जानकारी […]
१४ असार, मकवानपुर । हेटौंडा अस्पतालमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले दुई तथा निःशुल्क रुपमा युनिलिभर प्रालिले दुई र शिवम् सिमेन्टले एक डायलाइसिस मेसिन उपलब्ध गराएपछि अस्पतालमा डायलाइसिस सेवा शुरु गरिएको हो । डायलाइसिस केन्द्र सञ्चालनमा आएसँगै सोमबार मिर्गौलाका तीन जना बिरामीको पहिलो पटक डायलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर […]
१४ असार, झापा । भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–३ की एक महिला घाइते भएकी छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । खुट्टा र टाउकोमा चोट लागेकी मेचेको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको […]
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गरेका हुन् । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको […]
१४ असार, काभ्रेपलाञ्चोक । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक-पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएपछि पुनः आइतबार तोकिएको पनि सोही अनुसार स्थगन भएको हो । गाउँ कार्यपालिकाको यही असार ४ गतेको बैठकले १० गते […]
१४ असार, गाइघाट । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यस अनुसारको बजार मूल्य पाउन सकेको छैन । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र […]
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको […]
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान सुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान सुरु गरिएको हो । सोमबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान सुरु गरेको हो । अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । उनले धनुषाको मिथिला […]
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो । उक्त निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी […]
१४ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना जारी […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम पचेको भनेर टिप्पणी गरेका छन् । उनले प्रचण्डपथलाई अँगालेको भनेर आरोपसमेत लगाए । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपालप्रति सो टिप्पणी गरेका हुन् । ‘माधव नेपाल भन्ने एक जना […]
१४ असार, गुल्मी । गुल्मीमा बोधिसत्त्व विहारद्वारा दोस्रो पटक पाँच वटा स्वास्थ्य चौकी सहितमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्त्व विहार बूढानीलकण्ठ काठमाडाैंको आर्थिक सहयोग तथा गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो । यसरी स्वास्थ्य सामग्री पाउनेहरुमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ […]
१४ असार, काठमाडौं । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण […]
१४ असार, काठमाडौं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । असार १ गते आएको मेलम्ची र इन्द्रावतीको बाढीबाट पीडित स्थानीयवासीहरुको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी […]
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान शुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान शुरु भएको हो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान शुरु गरेको हो । अभियानको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । धनुषाको मिथिला नगरपालिका ४ […]
१४ असार, विराटनगर। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो । माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो […]
from समाचार – Online Khabar https://ift.tt/3y1TjSm
via IFTTT