समाचार
१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन […]
१२ असार, झापा । दमक नगरपालिका-१० का ६५ वर्षीय व्यक्तिलाई २६ जेठमा कोरोना भाइरसको संक्रमण देखियो । सामान्य लक्षण त थिए, तर उनी अस्पताल गएनन् । होम आइसोलेसनमै बसिरहेका बेला उनलाई फोक्सो सम्बन्धी समस्याले च्याप्दै गयो। वडा सदस्य बोधराज न्यौपाने भन्छन्, ‘उहाँले मदिरा पनि सेवन गर्नुहुन्थ्यो, समस्या भएपछि पनि अस्पताल जानु भएनछ ।’ आइसोलेसनमै बसेका […]
१२ असार, काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीनदिने कार्ययोजनासहित विविध कार्यक्रम संचालन भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share acts on Drugs, Save Lives तय गरिएको छ । […]
१२ असार, काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो। चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर […]
११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह । तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं […]
११ असार, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि […]
११ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्यो’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । […]
११ असार, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो […]
११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा बहस गरेका रिट निवेदकतर्फका कानून व्यवसायीहरुको जिकिर छ, संविधानको धारा ७६(५) को प्रधानमन्त्रीमा केपी ओलीले दाबी गर्न पाउँदैनन् । १४९ सांसदको हस्ताक्षर पेश गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक हो । शुक्रबार बहस गरेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, अधिवक्ता टीकाराम भट्टराई, सुनिल पोखरेल लगायतले पनि […]
झण्डै एक दशकदेखि सरकारले निजी अस्पतालमा उपचार शुल्क निर्धारण गर्न खोजे पनि अस्पताल सञ्चालकहरूको सत्तासँगको अवाञ्छित पहुँचले यो काम हुनसकेको छैन । बिरामी अस्पतालमा बन्धक बन्ने र उपचार खर्चको बिल देखेपछि आत्महत्या गर्ने कारण यही मनपरी शुल्क हो ।
११ असार, काठमाडौं । बिहीबार काठमाडौं महानगरपालिकाको वर्तमान कार्यपालिकाको अन्तिम बजेट नगरसभामा पेश भयो । अनेकौं महत्वाकांक्षी घोषणासहित १०० दिनमा १०१ काम गर्ने उद्घोष गरेर १४ जेठ, २०७४ मा निर्वाचित भएका मेयर विद्यासुन्दर शाक्यले ल्याएको अन्तिम बजेटमा पनि उनले घोषणा गरेका कैयौं कार्यक्रम समेटिएनन् । उनले चुनावी प्रचारका क्रममा घोषणा गरेको ‘मोनोरेल’को परियोजना गत आर्थिक […]
१२ असार, विराटनगर । राजनेताको नाममा पार्क बनाउन विराटनगर महानगरपालिका र प्रदेश-१ सरकारले बजेट विनियोजन गरेको छ । महानगरले विराटनगरमै प्रधानमन्त्री पार्क निर्माण गर्न पाँच करोड विनियोजन गरेको छ । प्रदेश सरकारले भने झापाको दमकमा राजनेता पार्क बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको हो । दुवै सरकारले निर्माण गर्ने भनेको पार्कमा प्रधानमन्त्रीको शालिक राखिने […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको चुच्चे नक्सालाई कसैले पनि मेटाउन नसक्ने बताएका छन् । निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो तीनवर्षे कार्यकालमा गरेका भाषणहरु संकलन गरेर प्रकाशन गरेको पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको भूभाग समेटिएर छापिएको नक्सा, जसलाई हामी प्रचलित भाषामा चुच्चे नक्सा भन्छौं, […]
११ असार, काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी थालेको छ । सिन्धुपाल्चोक, मनाङ लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले अनलाइनखबरलाई जानकारी दिए । ‘सिन्धुपाल्चोक, मनाङलगायत केही पालिकाका नागरिकहरु बाढीपहिरोबाट विस्थापित भएका छन्,’ डा गौतमले भने, ‘उहाँहरु घरबारबिहीन […]
११ असार, काठमाडौं । ‘चरा कराउने मान्छे यहीं बस्ने हो ?’ चार जना व्यक्तिले बुधबार कालोपुलको गुरुङ बस्तीमा रहेको कोठामा बसिरहेका धनबहादुर तामाङ (५२)लाई सोधे । हट्टाकट्टा, छोटाछोटा कपाल भएका व्यक्तिहरु देखेर उनी केहीबेर मौन बसे र जवाफ फर्काए, ‘यहींभित्र बस्छ, म उसको धर्म बुबा ।’ उनलाई अर्को प्रश्न थियो, ‘खोइ.. कता छ ?’ धनबहादुर […]
११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् । रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए । शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द […]
११ असार, काठमाडौं । एफसी महिला एसियन कप फुटबलको छनोट खेललाई लिएर नेपाली महिला टिम उत्साहित देखिएको छ । नेपाली महिला टिमका प्रशिक्षक ग्यारी फिलिप्सले छनोट खेललाई लिएर टिम उत्साहित रहेको बताएका हुन् । ‘हामीले एसियन कप क्वालिफायरको ड्र देखिसक्यौं । यसबाट हामी उत्साहित छौं र आयोजना गर्न पाउँदा पनि उत्साहित छौं,’ अखिल नेपाल फुटबल […]
११ असार, काठमाडौं । नेकपा विभाजन, माधव–झलनाथ पक्षको असहयोग र विपक्षीहरुको गठबन्धनपछि एक्लोजस्तो बनेको बेला जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षलाई आफूतिर तान्न सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विरक्त लागेको बेला ‘मन अड्याउने’ ठाउँ जस्तो भएको थियो । सर्वोच्च अदालतका पछिल्ला आदेशहरुले त्यो समीकरणको राजनीतिक औचित्यमाथि प्रश्न उठेको छ । सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश […]
११ असार, काठमाडौँ । संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । […]
११ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतको पश्चिम क्षेत्रमा रहेको सालकोटमा विशेषज्ञ स्वास्थ्य सेवा दिन ‘मोबाइल शिविर’ सञ्चालन गर्ने भएको छ । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत मोबाइल शिविर सञ्चालन गरिने बताए । ‘सामान्य बिरामी हुँदा पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ, अब प्रदेश सरकारले मोबाइल शिविरमार्फत नागरिकहरुलाई घर–आँगनमा विशेषज्ञ […]
११ असार, धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलमा बहुमतमा रहेको नेकपा एमालेको माधव पक्षले अल्पमतमा रहेको ओली पक्षलाई बजेटमाथिको छलफलमा भाग लिन नदिने रणनीति बनाएको थियो । तर ओली पक्षका सात जना प्रदेशसभा सदस्यले सभामुख अर्जुनबहादुर थापालाई लिखित निवेदन दिएपछि छलफलमा भाग लिन पाएका छन् । एमाले संसदीय दलले ओली पक्षका प्रदेशसभा सदस्यहरुको नाम सिफारिस […]
from समाचार – Online Khabar https://ift.tt/3zZ0gWi
via IFTTT






















