समाचार
१३ असार, जनकपुरधाम । महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको लोहारपट्टी नगरपालिका(७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको अनुमान छ । २६ बर्षकी सुजिता गत जेठ २० गतेदेखि वेपत्ता थिइन् । शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको उनका भाइ शिवमले बताए । उनका […]
१३ असार, पोखरा । सार्वजनिक निजी साझेदारी योजनाको नाममा पोखराका विभिन्न प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन लागेको भन्दै प्राकृतिक सम्पदा संरक्षणकर्मीले विरोध गरेका छन् । पोखरा महानगरको उक्त कदम रोक्न माग गर्दै राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिले आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । सेती नदी डिल र यसका किनार अत्यन्तै कमजोर […]
१३ असार, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले मस्तिष्काघात भइ उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् । नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम […]
१३ असार, वीरगञ्ज । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी राम वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा चिकित्सा शिक्षा शास्त्र अध्ययनरत छन् । नेपाल सरकारको छात्रवृत्तिमा डाक्टरी पढेका उनले अन्तिम वर्षको परीक्षा फानेशरम भर्न पाएका छैनन् । असार २२ गतेसम्म परीक्षा फारम भर्नुपर्नेमा कलेज प्रशासनले त्यसअघि नै उनले ८ लाख ७३ हजार ५९० रुपैयाँ तिर्नुपर्ने भनेको छ […]
१३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ । २० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको समितिले सदस्यता छानबिनबारे मापदण्ड निर्धारणमा सहयोग गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेको हो । समितिले मापदण्ड बनाउन नसक्दा क्रियाशील सदस्यतालाई लिएर परेका उजुरीहरुबारे निर्णय गर्न सकेको छैन […]
१३ असार, दोलखा। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । गाउँपालिका अध्यक्ष […]
१३ जेठ, विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ प्रदेशसभामा आफूलाई प्रश्न गर्ने सांसदमाथि व्यक्तिगत रुपमै खनिएका छन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कालाई व्यक्तिगत रुपमै गालीगलौच गरेका हुन् । खड्कालाई मन्त्री गुरुङले भने, ‘तपाईसँग अलिकति पनि भिजन छैन […]
१३ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा फर्किने भएका छन् । शनिबार प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात इञ्जिनियरहरु कार्यक्षेत्रमा खटिन सहमत भएका हुन् । सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएपछि उनीहरु काममा फर्किन […]
१३ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले समय अभावका कारण अगामी आर्थिक वर्षको बजेटमा महत्वपूर्ण कार्यक्रम समावेश गर्न नसकिएको बताएका छन् । आइतबार प्रदेशसभामा बजेटमाथि उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदै मन्त्री खड्काले पदभार सम्हालेको छोटो समयमै बजेट निर्माण गर्नुपर्ने अवस्थाका कारण महत्वपूर्ण योजना छुटेको बताए । ‘प्रदेश सरकार गठन भएको […]
१३ असार, काठमाडौं । पछिल्लो एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् । लगानीकर्ताको पुँजी ११ जेठको तुलनामा ११ असारमा ३२ अर्ब २१ करोड ३९ लाख रुपैयाँले बढेको हो । ११ जेठमा सेयर बजारको बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख रुपैयाँ रहेको थियो । ११ असारसम्म आइपुग्दा यो […]
१३ असार, काठमाडौं । असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ । कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस […]
१३ असार, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो । तर न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश […]
१३ असार, वीरगञ्ज । पर्सामा थप खुकुलो बनाएर असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् । यसपटक निषेधाज्ञालाई थप खुकुलो बनाउँदै पसल, व्यवसाय दिनभर नै खोल्न पाउने व्यवस्था गरिएको छ । पसल, व्यवसाय सञ्चालन […]
१३ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम प्रदेश सरकारले जनविरोधी कार्य गरेको आरोप लगाएका छन् । आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलमा सांसदहरुसँगको छलफलमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका महरले केन्द्रको गठबन्धनको आडमा प्रदेश सरकारले अनियमितता र जनविरोधी कार्य गरिरहे कांग्रेसले काँध नथाप्ने बताए । केन्द्रीय तहमा पाँच […]
न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ । हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध […]
१३ असार, काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने […]
१३ असार, स्याङजा । स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छ । आइतबार विहान चितुवाले स्याङ्जा गल्याङ नगरपालिका-७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.कलाई आक्रमण गरी घाइते बनाएपछि प्रहरीले गोली हानी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चितुवा खोरबाट बाहिर निस्किएर मानिसहरुतिर आएको र लाल […]
१३ असार, काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवम दिगो विकास हासिल गर्न नेपाललाई उक्त रकम बराबरको ऋण प्राप्ति भएको हो । वित्तीय […]
१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ […]
११ असार, कालिकोट । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो । सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो’, […]
१३ असार, डोल्पा । छुट्टाछुट्टै दुर्घटनामा परेर डोल्पामा दुईजनाको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ । मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म […]
from समाचार – Online Khabar https://ift.tt/2U3kcGY
via IFTTT