समाचार
नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्रमा कृषिको ठूलो भूमिका रहेको छ । कृषिप्रधान देश नेपालको करीब ६५ प्रतिशत रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गर्दछ भने कुल ग्रार्हस्थ उत्पदन (जीडीपी) मा करीब २७ प्रतिशत योगदान रहेको छ । नेपालमा आधुनिक कृषि विकासको ऐतिहासिक थालनी राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिएको पाइन्छ । उनले नै वि.सं. १९०७ तिर बेलायत र […]
१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका […]
१६ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो । दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र […]
१६ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले विर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने नमिल्ने विषयमा अनुगमन गर्न पठाएको टोलीको प्रतिवेदन अलपत्र परेको छ । समितिका संयोजकले नै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपछि प्रतिवेदन कार्यकारी समितिमा नपुग्दै अलपत्र परेको हो । मंगलबार बसेको आयोगको कार्यकारी समितिको बैठकमा समितिले प्रतिवेदन बुझाउने अपेक्षा […]
१६ असार, काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए […]
१६ असार, वीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। […]
१६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् । उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् । १४ औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका निधि बुधबार पौडेललाई भेट्न उनकै […]
१६ असार, वालिङ । स्याङ्जाको वालिङस्थित मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रविन अधिकारीले जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन […]
१६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस शुरु गरेका छन् । संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५/१५ घण्टा समय छुट्याइदिएको थियो । जसमध्ये रिट निवेदक पक्षले १२ घण्टा बहस […]
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् […]
१६ असार, वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो । उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक […]
१६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा सरकारको तर्फबाट बहस गर्ने क्रम जारी छ । संवैधानिक इजलासमा बुधबार बहस गर्दै सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले राष्ट्रपतिको निर्णय मान्नु अहिलेको उत्तम निकास भएको बताए । प्रधानमन्त्रीमा प्रस्तुत आधार पुगे/नपुगेको हेर्ने अधिकार राष्ट्रपतिमा रहेको भन्दै रिजालले भने, ‘राष्ट्रपतिले गरेको निर्णय मानेर जानु नै अहिलेको उत्तम निकास […]
१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् । […]
१५ असार, काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन भएपछि राम्दीपुलभन्दा तलका तटीय क्षेत्र तरङ्गित भएको छ । राम्दीदेखि देवघाटसम्मको करिब १०३ किलोमिटर तटीय क्षेत्रका वासिन्दा र स्थानीय तह परियोजनाको विपक्षमा उभिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, तनहुँको घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, नवलपरासीको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका र […]
१६ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । संसद दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले भनेका छन्, ‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै […]
१६ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने गरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबाट पारित […]
१६ असार, काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गरी मन्त्री श्रेष्ठले आफूले गल्ती महसुस गरेको […]
१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]
१६ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । ७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका विभिन्न कार्यक्रमहरु छन्,’ मैनालीले भने । संसद […]
१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । सरकारी पक्षबाट सोमबार र मंगलबार भएको बहसमा सरकारी वकिलहरुसँग इजलासले मुख्य पाँच वटा प्रश्न गरेको छ । १. प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन मिल्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीे विश्वासको मत लिन संसद नगएको विषयमा न्यायाधीशहरुले सरकारी वकिलसँग […]
from समाचार – Online Khabar https://ift.tt/3y20B8K
via IFTTT