समाचार
११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह । तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं […]
११ असार, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि […]
११ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुपर्यो,’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । […]
११ असार, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो […]
१२ असार, विराटनगर । राजनेताको नाममा पार्क बनाउन विराटनगर महानगरपालिका र प्रदेश-१ सरकारले बजेट विनियोजन गरेको छ । महानगरले विराटनगरमै प्रधानमन्त्री पार्क निर्माण गर्न पाँच करोड विनियोजन गरेको छ । प्रदेश सरकारले भने झापाको दमकमा राजनेता पार्क बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको हो । दुवै सरकारले निर्माण गर्ने भनेको पार्कमा प्रधानमन्त्रीको शालिक राखिने […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको चुच्चे नक्सालाई कसैले पनि मेटाउन नसक्ने बताएका छन् । निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो तीनवर्षे कार्यकालमा गरेका भाषणहरु संकलन गरेर प्रकाशन गरेको पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको भूभाग समेटिएर छापिएको नक्सा, जसलाई हामी प्रचलित भाषामा चुच्चे नक्सा भन्छौं, […]
११ असार, काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी थालेको छ । सिन्धुपाल्चोक, मनाङ लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले अनलाइनखबरलाई जानकारी दिए । ‘सिन्धुपाल्चोक, मनाङलगायत केही पालिकाका नागरिकहरु बाढीपहिरोबाट विस्थापित भएका छन्,’ डा गौतमले भने, ‘उहाँहरु घरबारबिहीन […]
११ असार, काठमाडौं । ‘चरा कराउने मान्छे यहीं बस्ने हो ?’ चार जना व्यक्तिले बुधबार कालोपुलको गुरुङ बस्तीमा रहेको कोठामा बसिरहेका धनबहादुर तामाङ (५२)लाई सोधे । हट्टाकट्टा, छोटाछोटा कपाल भएका व्यक्तिहरु देखेर उनी केहीबेर मौन बसे र जवाफ फर्काए, ‘यहींभित्र बस्छ, म उसको धर्म बुबा ।’ उनलाई अर्को प्रश्न थियो, ‘खोइ.. कता छ ?’ धनबहादुर […]
११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् । रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए । शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द […]
११ असार, काठमाडौं । एफसी महिला एसियन कप फुटबलको छनोट खेललाई लिएर नेपाली महिला टिम उत्साहित देखिएको छ । नेपाली महिला टिमका प्रशिक्षक ग्यारी फिलिप्सले छनोट खेललाई लिएर टिम उत्साहित रहेको बताएका हुन् । ‘हामीले एसियन कप क्वालिफायरको ड्र देखिसक्यौं । यसबाट हामी उत्साहित छौं र आयोजना गर्न पाउँदा पनि उत्साहित छौं,’ अखिल नेपाल फुटबल […]
११ असार, काठमाडौं । नेकपा विभाजन, माधव–झलनाथ पक्षको असहयोग र विपक्षीहरुको गठबन्धनपछि एक्लोजस्तो बनेको बेला जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षलाई आफूतिर तान्न सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विरक्त लागेको बेला ‘मन अड्याउने’ ठाउँ जस्तो भएको थियो । सर्वोच्च अदालतका पछिल्ला आदेशहरुले त्यो समीकरणको राजनीतिक औचित्यमाथि प्रश्न उठेको छ । सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश […]
११ असार, काठमाडौँ । संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । […]
११ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतको पश्चिम क्षेत्रमा रहेको सालकोटमा विशेषज्ञ स्वास्थ्य सेवा दिन ‘मोबाइल शिविर’ सञ्चालन गर्ने भएको छ । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत मोबाइल शिविर सञ्चालन गरिने बताए । ‘सामान्य बिरामी हुँदा पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ, अब प्रदेश सरकारले मोबाइल शिविरमार्फत नागरिकहरुलाई घर–आँगनमा विशेषज्ञ […]
११ असार, धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलमा बहुमतमा रहेको नेकपा एमालेको माधव पक्षले अल्पमतमा रहेको ओली पक्षलाई बजेटमाथिको छलफलमा भाग लिन नदिने रणनीति बनाएको थियो । तर ओली पक्षका सात जना प्रदेशसभा सदस्यले सभामुख अर्जुनबहादुर थापालाई लिखित निवेदन दिएपछि छलफलमा भाग लिन पाएका छन् । एमाले संसदीय दलले ओली पक्षका प्रदेशसभा सदस्यहरुको नाम सिफारिस […]
११ असार, वीरगञ्ज । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो । गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ बर्षीया किशोरीको घर पुगेका थिए । परिवारका […]
११ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । ‘हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र […]
११ असार, गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-१ अस्लेवाचौर घर भएका ३७ वर्षीय यमलाल कुँवरको करेन्ट लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा जडान गरिएको विधुत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएको उनलाई रिडी प्राथमिक स्वास्थ केन्द्र लगिएको थियो […]
११ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट) कोभिड १९ का कारण प्रभावित भएको छ । कोभिडका कारण यो वर्षको तालिम शुरु हुन नसकेको परियोजनाका निर्देशक चन्द्रकान्त भुषालले जानकारी दिए । ‘तालिमका लागि सम्बन्धित तालिम केन्द्रहरुसँग सम्झौता भईसकेको छ । कोभिडको कारण तालिम शुरु हुन सकेको […]
११ असार, वीरगञ्ज । शुक्रबार दिउँसो वीरगञ्जमा सिमसिम पानी परिरहेको थियो । दुई जना मानिस पानीमा डुब्नै लागेका थिए । उनीहरु ‘बचाऊ बचाऊ’ भनेर हारगुहार गरिरहेका थिए । मनसुन सक्रिय भई भारी वर्षा भएको र तिलावे नदीमा आएको बाढीले अलौं डुबानमा परेको खबर सार्वजनिक भयो । केहीबेरपछि जमिन कटान गरी बस्ती नै जोखिममा परेको खबर […]
११ असार, काठमाडौं । मस्तिष्कघात भएर अस्पताल भर्ना भएका कवि बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टले प्रेसर बढेर समस्या भएको देखाएको छ । ‘साहित्यकार काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘होश आइसकेको छ, त्यसैले आइसीयूमा […]
११ असार, सुर्खेत । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भन्दै उनले तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको बताए । शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र […]
from समाचार – Online Khabar https://ift.tt/3A0bZnp
via IFTTT






















