समाचार
१३ असार, धनगढी । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी […]
१३ असार, बुटवल । जनप्रतिनिधिबीच बजेट बाँडफाँटका विषयमा विवाद चुलिएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । वडा अध्यक्षहरुसहित बहुमत कार्यपालिका सदस्य र गाउँपालिकाका अध्यक्ष हिरा केवट पक्षबीच बजेटको बाँडफाँट र योजना तथा कार्यक्रमको विषयलाई लिएर विवाद चुलिएको हो । गत बिहीबार बोलाइएको गाउँसभा बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेपछि […]
योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धमा हाल असन्तुष्टि र अन्योल देखिएको छ । यसको वास्तविक कानूनी पक्ष के हो ? अनि असन्तुष्टि र अन्योल कसरी कम गर्न सकिन्छ ? प्रस्तुत लेख यसै विषयमा केन्द्रित छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिकको तर्फबाट आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत […]
१३ असार, तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्यांकी ल्याइएको छ । एक महिना अगाडि भारतको मुम्बईबाट बाँकेको नेपालगञ्जस्थित भन्सार कार्यालयमा आइपुगेको सो ट्यांकी शनिबार दाङ ल्याइएको हो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्यांकी तथा आवश्यक उपकरण शनिबार आइपुगेको र अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक […]
१३ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति […]
१३ असार,काठमाडौं । वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । […]
काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो । यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात […]
१२ असार, भजनी । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए । कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द […]
१२ असार, मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुल बाढीबाट जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको […]
१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र […]
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ […]
मेलम्ची खोलामा गत असार-१ गतेदेखि आएको अप्रत्याशित बाढीपछि स्थलगत अवलोकन गर्दा उजाडिएको बस्ती र मनसँगै, स्थानीय वासिन्दा बालुवाले भरिएको घर खोतल्दै भविष्यका सपना बुनिरहेको देखिए । त्यो परिवेश देखिसकेपछि यससँग सम्बन्धित प्राविधिक पक्ष उजागर गरेर यस्तै प्रकोप नेपालका अरु कुनै बस्तीले व्यहोर्न नपरोस् भनी केही संक्षिप्त प्रारम्भिक अध्ययनको निष्कर्ष पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौं […]
१२ असार, काठमाडौं । सैन्य विज्ञानमा एउटा चर्चित भनाइ छ- आक्रामकतामा सक्रिय प्रतिरक्षा अन्तरनिहित हुन्छ । प्रधानमन्त्री केपी ओलीको दृढनिश्चयी, आत्मविश्वासयुक्त र विजेताभावमा देखिन मनपराउने स्वाभाव नियाल्दा लाग्थ्यो कि उनले यो कुरा राम्रोसँग बुझेका छन् । उनका हरेक आक्रामक प्रस्तुतिहरूका अगाडि विपक्षीका क्रिया-प्रतिक्रियाहरु फिक्का अनुभूत हुन्थे । समय फेरिएको छ । आफ्ना एकपछि अर्का कदमहरुलाई […]
१२ असार, काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको […]
१२ असार, जनकपुरधाम । महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको औरही नगरपालिका–४ कठुघारबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ बर्षीय जोन कार्की र ३० बर्षीय सुरेश गुरुङ छन् । सम्सीबाट गौशालातर्फ जाँदै गरेका यी दुबैको साथबाट फेनारगन २ एमएलको एम्पुल १७ थान, डाइजेल्याब […]
१२ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए । गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, […]
१२ असार, काठमाडौं । दमक नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भई संचालनमा रहेका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने उल्लेख गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखीकरण गर्ने अभ्यास समेत शुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको भूमिका […]
१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए । सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, […]
१२ असार, काठमाडौं । नरेन्द्र महर्जन, किलागल टोललाई कंक्रिटको शहरबाट परिवर्तन गरेर सांस्कृतिक टोलको रुपमा पुरानै विरासत कायम गर्न चाहन्छन् । जहाँ फेरि पनि धाः बाजाको धुनसँगै स्थानीयले थकान् मेटून्, खः प्याखंःमा नाच्ने नर्तक र नर्तकीको चालसँगै आगन्तुकहरुलाई मोहनी लागोस् । तर उनको यो सपनाको किलागः धेरै पर पुगिसकेको छ । किलागः कुनै समय एउटा […]
१२ असार, बुटवल । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ । कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गरेका हुन् । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा […]
१२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने वाचा गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले […]
from समाचार – Online Khabar https://ift.tt/3xYi81O
via IFTTT