समाचार
१५ असार, हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपचारको लागि बाजुरा सामुदियक अस्पताल कोल्टी […]
१५ असार, बुटवल । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका) मा ई—लर्निङ/साइन्स थिएटर स्थापना भएको छ । १६ फूट लम्बाई र ९ फूट चौडाइको स्क्रिन रहेको थिएटर करिब ४५ लाख रुपैयाँ लागतमा स्थापना भएको हो । विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटर यस क्षेत्रमै नयाँ परियोजना […]
१५ असार, काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन […]
१५ असार, काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा […]
१५ असार, वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने […]
१५ असार, काठमाडौं । आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो […]
१५ असार, काठमाडौं । सरकार विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा आठ सचिव पद रिक्त छन् । सचिव बढुवा सिफारिश समितिले भने एक जनालाई बढुवा सिफारिश गरेको छ । मंगलबार वन तथा कृषि र इन्जिनियरिङ सेवातर्फ बढुवा सिफारिश हुँदैछ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिले वरिष्ठ सहसचिव दामोदर रेग्मीलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको […]
१५ असार, धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर- बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक […]
१५ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका ५ डाम्रीका दिलबहादुर सुनार आरनमा हसिया तताउँदै छन् । खलाती चलाएर उनलाई सघाइरहेकी छन् श्रीमती सौरी सुनारले । खलाती चलाएर आरनमा घरेलु औजार बनाउने दिलबहादुरको पुर्ख्यौली पेशा हो । केटाकेटी उमेरदेखि बाउबाजेलाई सघाउँदै आएको यो पेशा अहिले पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ । श्रीमतीले […]
१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने […]
१५ असार, धनगढी । राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । चालु वर्षमा समयमै मनसुन भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० […]
१५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा दुई टिम मात्र समूह […]
१५ असार, कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी […]
१५ असार, काठमाडौं । २०औं शताब्दीको छैटाैं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रक्रिया शुरु भएको छ । पुरातत्व विभागले सबै प्रमाण जुटाएर २६ वटा मूर्ति तथा अन्य ऐतिहासिक एवं सांस्कृतिक वस्तु नेपाल ल्याउने प्रक्रिया शुरु गरेको जनाएको हो । युनेस्कोको महासन्धि अनुसार चोरी भएका एवं विदेशी यात्रीहरुले […]
१५ असार, काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
१५ असार, काठमाडौं । कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । ब्राजिलको एरेना पान्तानालमा भएको […]
१५ असार, काठमाडौं । बागलुङका दुई पुरुष बेपत्ता भएपछि खोजीमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी र बागलुङ नगरपालिका-१ रामरेखाका सोमबहादुर सुनारको खोजीमा प्रहरीले कुकुर परिचालन गरेको हो । बुढाथोकी गत बिहीबारदेखि र सुनार १७ दिनदेखि बेपत्ता छन् । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिम प्राप्त कुकुरसहित प्रहरी […]
१५ असार, काठमाठौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो । केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता स्विट्जरल्याण्ड् भने ऐतिहासिक जितसहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । […]
१४ असार, काठमाडौं । महामारी नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा लगाएका वेला बौद्धमा बयस्क व्यक्तिको खुट्टा भेटिएको घटनाले धेरैको ध्यान तान्यो । घटनास्थलमा पुगेका प्रहरी अधिकृतहरुले हत्यापछि शव व्यवस्थापन गर्न खोजिएको हुन सक्ने दाबी गरे । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा पुग्यो, तालिम प्राप्त कुकुरलाई पनि बोलाइयो । बोह्राभित्र शव भेटिएनजिकै खुट्टाको मासु […]
१५ असार, काठमाडौं । क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो । युरोकपमा एक खेलमा भएको यो दोस्रो […]
१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई अहिले विभिन्न क्षेत्रबाट आगामी मौद्रिक नीतिका लागि सुझाव पुगिरहेका छन् । निजी क्षेत्रका संघ-संगठनहरुले ऋण सहुलियत, ब्याजदरमा छुट लगायतका मागहरु राखिरहेका बेला विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि आफ्ना सुझावहरु दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका उद्योग व्यवसायलाई उकास्नेदेखि कृषि क्षेत्रलाई कसरी राम्रो बनाउन सकिन्छ […]
from समाचार – Online Khabar https://ift.tt/3Aj0V5d
via IFTTT