समाचार
१४ असार, मकवानपुर । हेटौंडा अस्पतालमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले दुई तथा निःशुल्क रुपमा युनिलिभर प्रालिले दुई र शिवम् सिमेन्टले एक डायलाइसिस मेसिन उपलब्ध गराएपछि अस्पतालमा डायलाइसिस सेवा शुरु गरिएको हो । डायलाइसिस केन्द्र सञ्चालनमा आएसँगै सोमबार मिर्गौलाका तीन जना बिरामीको पहिलो पटक डायलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर […]
१४ असार, झापा । भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–३ की एक महिला घाइते भएकी छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । खुट्टा र टाउकोमा चोट लागेकी मेचेको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको […]
१४ असार, काभ्रेपलाञ्चोक । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक-पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएपछि पुनः आइतबार तोकिएको पनि सोही अनुसार स्थगन भएको हो । गाउँ कार्यपालिकाको यही असार ४ गतेको बैठकले १० गते […]
१४ असार, गाइघाट । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यस अनुसारको बजार मूल्य पाउन सकेको छैन । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र […]
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान सुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान सुरु गरिएको हो । सोमबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान सुरु गरेको हो । अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । उनले धनुषाको मिथिला […]
१४ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना जारी […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम पचेको भनेर टिप्पणी गरेका छन् । उनले प्रचण्डपथलाई अँगालेको भनेर आरोपसमेत लगाए । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपालप्रति सो टिप्पणी गरेका हुन् । ‘माधव नेपाल भन्ने एक जना […]
१४ असार, गुल्मी । गुल्मीमा बोधिसत्त्व विहारद्वारा दोस्रो पटक पाँच वटा स्वास्थ्य चौकी सहितमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्त्व विहार बूढानीलकण्ठ काठमाडाैंको आर्थिक सहयोग तथा गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो । यसरी स्वास्थ्य सामग्री पाउनेहरुमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ […]
१४ असार, काठमाडौं । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण […]
१४ असार, काठमाडौं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । असार १ गते आएको मेलम्ची र इन्द्रावतीको बाढीबाट पीडित स्थानीयवासीहरुको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी […]
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान शुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान शुरु भएको हो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान शुरु गरेको हो । अभियानको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । धनुषाको मिथिला नगरपालिका ४ […]
१४ असार, विराटनगर। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो । माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो […]
१४ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको आरोप लगाएका छन् । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ । प्रदेशको दिगो विकासका लागि उर्जा विषयक जुम अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमै पहिलो पटक […]
१४ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा सदस्यलाई दलको अनुशासन उल्लंघन गर्ने अधिकार नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गर्दै महान्यायाधिवक्ता बडालले दलीय व्यवस्थामा अर्को दललाई समर्थन गर्न नमिल्ने जिकिर गरे । ‘एउटा दलबाट निर्वाचित हुने अनि अर्को दलको सांसदलाई प्रधानमन्त्री बनाऊ भनेर अदालत आउने ? यही हो […]
१४ असार, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ । चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. आरती शाह, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. रमेशचन्द्र आचार्य र प्रा.डा. संघरत्न […]
१४ असार काठमाडौं । भारतमा अहिलेसम्म ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसहरुलाई लगाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणको मामिलामा अमेरिकालाई पनि पछि पारेको बताएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म अमेरिकामा ३२ करोड ३३ लाख डोज कोरोना खोप […]
१४ असार, भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा […]
१४ असार, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले ७० प्रतिशत संस्थापक समूहलाई र ३० प्रतिशत सर्वसाधारण समूहलाई छुट्याएको थियो । सर्वसाधारण समूहलाई छुट्याएको आईपीओ जारी गर्नेछ । आईपीओ […]
१४ असार, मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले […]
१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य सुरु गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुले मौद्रिक नीतिमा निजी क्षेत्रका लागि केके समेटिनु पर्छ भन्ने विषयमा लिखित सुझाव दिने गरी गृहकार्य सुरु गरेका छन् । ‘कोरोनाले […]
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा […]
from समाचार – Online Khabar https://ift.tt/3djiYhw
via IFTTT