समाचार
१४ असार, धनगढी। कञ्चनपुरमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको बेल्डाडी गाउँपालिका-१ का १५ वर्षीय करन सुनारको स्थानीय चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपला नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ । सुनार नदीमा डुबेर बेपत्ता भएको खबर पाउने बितिकै बोर्डर आउट पोष्ट झिलमिलाका सशस्त्र प्रहरी निरीक्षक […]
१४ असार, काठमाडौं । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ वर्ष पुराना प्रणाली विस्थापित गरि डिजिटल प्रणाली शूभारम्भ गरेको छ । अध्यागमन विभागले हस्तलिखित भिसा प्रणालीलाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरु गरेको हो । सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको पि्रन्टेड भिसा प्रणालीको शुभारम्भ गरे । […]
१४ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग गरेका छन् । सन्दीपले हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकसँगको समन्वयमा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले बताए । सन्दीपले चौतारामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण […]
१४ असार, कास्की। कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको जनाउँदै व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडा सहुलियत गर्न आग्रह गरिएको […]
१४ असार, जनकपुरधाम । महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय […]
१३ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस एनरिके फुटबलप्रेमीले सुनिरहने नाम हो । एनरिके सन् २०१८ मा स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बनेका थिए । तर, त्यसको एक वर्ष पनि पूरा नहुँदै उनले बिदामा बस्ने घोषणा गरे । त्यसका लागि उनले व्यक्तिगत कारण देखाएका थिए । व्यक्तिगत कारण के हो भन्ने उनले तत्काल नखुलाए पनि […]
१४ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्न पाउने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक यातायातलाई […]
१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहितका नेताहरुलाई तुच्छ गाली गरेको प्रतिक्रिया दिएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा प्रचण्डले तुच्छ स्तरको गाली गरेको देख्दा कठै विचरा भन्न मन लागेको बताए । उनले अघि भने, ‘त्यो हेर्न गाह्रो […]
१४ असार, काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएको बताएको हो । कोषमा १४ हजार ५८० रोजगारदाता सूचिकृत भएका छन् भने ६ अर्ब ३९ […]
१४ असार, काठमाडौं । यसै महिना भारतको महाराष्ट्रमा श्वासप्रश्वाससम्बन्धी र रक्तचाप घट्ने समस्या देखिएका चार बालबालिका अस्पताल भर्ना भए । ती बालबालिकाका आमाहरु एक महिनाअघि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका थिए । ती बालबालिकामा भने कोरोनाको कुनै लक्षण देखिएको थिएन । सेवाग्रामस्थित एक हजार बेड क्षमताको कस्तुर्ब अस्पतालमा भर्ना भएका बालबालिकामा कोरोनाविरुद्धको एन्टिबडी पाइएको थियो […]
१४ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान […]
१४ असार , काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । हालका निर्देशक डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए । कास्कीमा जन्मिएका […]
१४ असार, जनकपुरधाम । धनुषामा अझै खुकुलो बनाएर थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए । अब धनुषामा सरकारी […]
१४ असार, संखुवासभा। ८० वर्षीय वृद्ध आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-३ सिरिसे बस्ने ४३ वर्षीय विष्णु तामाङ रहेका छन् । शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो […]
१४ असार, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेसँगै आगामी बिहीबारदेखि देशभित्र हवाइ यातायात सञ्चालन हुँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी तालिका तयार पारेको छ । नेपालमा २० वैशाखमा बन्द भएको आन्तरिक उडान असार १७ गतेदेखि सञ्चालन गर्दा प्रतिघण्टा ५ वटा मात्र उडान हुने प्राधिकरणले जनाएको छ […]
१४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ । वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुगेका छन् । पौडेल र सिटौलालाई कोइरालाले आफ्नो निवासमा खाना खान बोलाएकी थिइन् । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि […]
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै […]
दुई महीना लामो निषेधाज्ञालाई सरकारले खुकुलो बनाउँदै लगेको छ, यससँगै आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेका छन् । निश्चय नै देशले लामो निषेधाज्ञा धान्न सक्दैन । कुनै न कुनै रूपमा जनजीवनलाई खुकुलो बनाउँदै लैजानु र सुरक्षा मापदण्डहरू कडाइपूर्वक पालन गर्नेभन्दा अरू विकल्प पनि हामीसँग बाँकी छैनन् । किनकि बहुसंख्यक नागरिकलाई कोरोना खोप उपलब्ध गराउने विकल्पमा […]
१४ असार, काठमाडौं । निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना सोमबार पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा खाली गराउने क्रममा अवरोध गरेकाले नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए […]
१४ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा अदालतले राजनीतिमा हात हालेको ठहरिने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गरेका उनले रिट निवेदकले माग गरेअनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन नसक्ने जिकिर गरे । धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा १४९ सांसदको हस्ताक्षरसहित दावी […]
from समाचार – Online Khabar https://ift.tt/3A6V9Dp
via IFTTT