Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१३ असार, धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ का २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले राजमार्गमा परेको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित भएर पोल […]

बाजुराको मुक्तिकोटमा चरम खाद्यान्‍न संकट

१३ असार, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटमा खाद्यान्न संकट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए । उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उनले भने, ‘लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको […]

संसद विघटनसम्बन्धी रिटमा देउवाको पक्षबाट ३६ जनाले गरे बहस

१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई […]

महान्यायाधिवक्ताले भने : सभामुखका वकिललाई १ घण्टा भन्दा समय दिँदैनौं

१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षका कानुन व्यवसायीले बहस गर्न डेढ घण्टा समय पाउने भएका छन् । रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ । संवैधानिक इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याएको थियो । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिन […]

निषेधाज्ञाका कारण चितवनमा ११ करोड बराबरको दूध नोक्सान

१३ असार, भरतपुर । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि दूध संकलन गर्न छोडेका थिए । जसका कारण किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । संघले आइतबार गरेको पत्रकार सम्मेलनमा संघका […]

भाजपा विदेश विभाग प्रमुख भन्छन् : नेपालका दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर छौं

१३ असार, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पछिल्लो नेपाल भ्रमणको समयमा त्यसको शुरुवात भएपनि कोरोना महामारीका कारण रोकिएको बताए । उनले कोरोना महामारी सकिनासाथ दलहरुबीचको […]

पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्दा ओली मौन

१३ असार, काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो । बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य […]

दीपक मनाङे भन्छन् : भौतिक पूर्वाधार मन्त्रालय नपाए मुख्यमन्त्री चाहिन्छ

१३ असार, पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका […]

सर्वोच्चमा पूर्वप्रदेश प्रमुखको बहस :  ७६(५) एक्टिभ भइसकेकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन मिल्दैन

१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्दा सांसदको भूमिका धारा ७६ (२) मा जस्तो खोज्न नहुने बताएका छन् । संविधानको धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त कुनै सांसद प्रधानमन्त्री बन्ने व्यवस्था छ । तर धारा ७६ (५) मा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने कुनै सांसदलाई […]

मन्त्री आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय, अर्थबाहेक अरुमा नजाने अडान

१३ असार, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ । पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास […]

कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु

१३ असार, किमाथांका । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर […]

डेडिकेटेड लाइनको १० अर्बभन्दा बढी महसुल असुली साउनदेखि

१३ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असारपछि डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौता महसुल उठाउन सुरु गर्ने भएको छ । गत फागुनमा प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता महसुल तिर्न बाँकी रहेकाहरुसँग असारसम्म प्रतिवद्धता माग गर्ने निर्णय गरेको थियो । असारभित्र महसुल तिर्ने गरी प्रतिवद्धता नजनाउने ग्राहकको आगामी २०७८को साउनबाट लाइन काट्ने गरी निर्णय भएको […]

बर्दिबासमा विद्याथीहरुले सुरू गरे ‘एक विद्यार्थी, एक रुख’ अभियान

१३ असार, महोत्तरी । कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् । चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घर आँगनमा कमसेकम एउटा फलफुलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान […]

अख्तियारद्वारा प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

१३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत् एक प्रहरी जवानविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान कासिन्दार यादवमाथि घुस लिएको कसूरमा ६० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) […]

एमफिल र पीएचडीको शुल्क वैज्ञानिक नभएको भन्दै त्रिविमा प्रदर्शन

१३ असार, काठमाडौं । एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आइतबार त्रिवि घडी भवनअगाडि भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे । त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महंगो शुल्क लिएकोमा उनीहरूले विरोध जनाए । ‘विद्यार्थीहरूले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको […]

अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते मजदूरको उपचारका क्रममा मृत्यु

१३ असार, संखुवासभा। संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका-४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर […]

‘संसद पुनर्स्थापना गरेर मात्र हुन्न, देउवालाई नियुक्तिको आदेश हुनुपर्छ’

१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् । ‘‍आदेश जारी गर्दा प्रतिनिधिसभा […]

गण्डकीमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन, मनाङे अझै विनाविभागीय

१३ असार, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् […]

प्रहरी महानिरीक्षकका ब्याचीले एसएसपीबाटै अवकाश पाए

१३ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका एक अधिकृतले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाटै अवकाश पाएका छन् । लागूऔषध नियन्त्रणमा ब्युरोका एसएसपी दिलीप चौधरीले ५५ वर्षे उमेर हदका कारण बुधबारबाट अवकाश पाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेका कारण आफू एसएसपीबाट घर जानुपरेको उनले आरोप लगाएका छन् । २०७४ सालको निर्वाचनमा […]

व्यक्तिले जोतभोग गर्दै आएको जग्गामा स्वास्थ्यचौकी नबनाउन मगर संघको माग

१३ असार,बुटवल । रुपन्देहीको तिलोत्तमामा व्यक्तिले तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गामा स्वास्थ्य केन्द्र नबनाउन मगर संघले माग गरेको छ । तिलोत्तमा-१ मगरटोलका बिकाराम सारु मगरको परिवार २०१६ सालदेखि बसोबास र खेतीपाती गर्दै आएको ११ कठ्ठा जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेपछि सारु परिवार र नेपाल मगर संघले निर्माण कार्य तत्काल रोक्न माग गर्दै अवरोध […]

निषेधाज्ञा थप्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

१३ असार, काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने अनलाइनखबरलाई बताए । प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा […]



from समाचार – Online Khabar https://ift.tt/3gWWTri
via IFTTT
Powered by Blogger.