Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतमा कोरोनासँग सम्बन्धित जोखिममा बालबालिका

१४ असार, काठमाडौं । यसै महिना भारतको महाराष्ट्रमा श्वासप्रश्वाससम्बन्धी र रक्तचाप घट्ने समस्या देखिएका चार बालबालिका अस्पताल भर्ना भए । ती बालबालिकाका आमाहरु एक महिनाअघि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका थिए । ती बालबालिकामा भने कोरोनाको कुनै लक्षण देखिएको थिएन । सेवाग्रामस्थित एक हजार बेड क्षमताको कस्तुर्ब अस्पतालमा भर्ना भएका बालबालिकामा कोरोनाविरुद्धको एन्टिबडी पाइएको थियो […]

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

१४ असार , काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । हालका निर्देशक डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए । कास्कीमा जन्मिएका […]

धनुषामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक सवारी साधन पनि चल्ने

१४ असार, जनकपुरधाम । धनुषामा अझै खुकुलो बनाएर थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए । अब धनुषामा सरकारी […]

वृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

१४ असार, संखुवासभा। ८० वर्षीय वृद्ध आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-३ सिरिसे बस्ने ४३ वर्षीय विष्णु तामाङ रहेका छन् । शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो […]

धान दिवसको दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा

१४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ । वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका […]

सुजाता निवासमा पौडेल र सिटौलासहितको लञ्च मिटिङ

१४ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुगेका छन् । पौडेल र सिटौलालाई कोइरालाले आफ्नो निवासमा खाना खान बोलाएकी थिइन् । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि […]

थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै […]

विपन्नलाई खाना खुवाउने हाम्रो टिम नेपालका १८ जना पक्राउ

१४ असार, काठमाडौं । निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना सोमबार पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा खाली गराउने क्रममा अवरोध गरेकाले नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए […]

सुनिलस्मृति गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

१४ असार, रोल्पा। रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष ग‌ंज क्षेत्रीले बताए । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ । ‘सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका […]

लहान नगरपालिकाको बजेट दुई अर्ब : आँप पार्क निर्माणमा जोड

१४ असार, सिरहा । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले कूल बजेटमध्ये चालुतर्फ रु ८२ करोड ३९ लाख ४० हजार र पुँजीगततर्फ रु […]

बाढीले गाउँपालिकाको कार्यालयमा क्षति पुर्‍याएपछि अर्को जिल्लाबाट सेवा प्रवाह

१४ असार, मनाङ । बाढीले मनाङको नासो गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेंसीशहरमा अस्थायी कार्यालय राखेर सेवा दिन थालिएको छ । जेठ ३१ गते राति अविरल वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि गाउँ कार्यपालिका बैठकले बेंसीशहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो […]

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने

१४ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले […]

पाटन क्याम्पसमा विद्यार्थी संगठनले गरे तोडफोड र आगजनी

१४ असार, काठमाडौं । विभिन्न माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् । क्याम्पस प्रशासनले बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको […]

५ अंकले बढ्यो नेप्से परिसूचक, लघुवित्तमा झुम्मिए लगानीकर्ता

१४ असार, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । […]

महिनौंदेखि फोहोर नउठ्दा सल्लेरी बजार क्षेत्रमा संक्रमणको त्रास

१४ असार, सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपारिँदा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थित रुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले बताए । यस बारेमा नगरपालिकामा पटक-पटक जानकारी […]

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा शुरु

१४ असार, मकवानपुर । हेटौंडा अस्पतालमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले दुई तथा निःशुल्क रुपमा युनिलिभर प्रालिले दुई र शिवम् सिमेन्टले एक डायलाइसिस मेसिन उपलब्ध गराएपछि अस्पतालमा डायलाइसिस सेवा शुरु गरिएको हो । डायलाइसिस केन्द्र सञ्चालनमा आएसँगै सोमबार मिर्गौलाका तीन जना बिरामीको पहिलो पटक डायलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर […]

जंगली हात्तीको आक्रमणबाट झापामा एक जना घाइते

१४ असार, झापा । भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–३ की एक महिला घाइते भएकी छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । खुट्टा र टाउकोमा चोट लागेकी मेचेको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको […]

कांग्रेसले प्रचण्डपथ अँगाल्यो, देउवाप्रति दया लाग्छ : प्रधानमन्त्री ओली

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको उनले टिप्पणी गरे । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी […]

प्रचण्डबारे ओलीको टिप्पणी : छेपारोले रंग फेर्छ त !

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गरेका हुन् । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको […]

तेमालको गाउँसभा पटक-पटक स्थगित

१४ असार, काभ्रेपलाञ्चोक । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक-पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएपछि पुनः आइतबार तोकिएको पनि सोही अनुसार स्थगन भएको हो । गाउँ कार्यपालिकाको यही असार ४ गतेको बैठकले १० गते […]

उदयपुरमा आँपको उत्पादन घट्यो, मूल्यमा वृद्धि

१४ असार, गाइघाट । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यस अनुसारको बजार मूल्य पाउन सकेको छैन । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र […]



from समाचार – Online Khabar https://ift.tt/2T7KBU6
via IFTTT
Powered by Blogger.