Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वास्थ्य वैज्ञानिकको सातौं शिखर सम्मेलन भर्चुअल माध्यममा भोलिदेखि हुने

१६ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन यही असार १७ र १८ गते हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष अप्रिल १० देखि १२ सम्म गर्दै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यस वर्ष कोरोना महामारीका कारण ढिला भएको हो । परिषद्ले बुधबार प्रेस […]

भारतका निजी रेलसेवाले पनि अब नेपालको सामान ढुवानी गर्न सक्ने

१६ असार, काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौतामा संशोधन भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका तर्फबाट १४ असारमा भारत सरकारसँग यस्तो प्रस्ताव गरेको थियो । दुवै मुलुकबीच भएको सहमति अनुसार नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दीनेश कुमार भट्टराईले पठाएको प्रस्तावमा भारतका तर्फबाट मंगलबार भारतीय रेलवे बोर्डका एडिसनल […]

नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने

१६ असार, वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पताल प्रशासनले बुधबार सूचना प्रकाशित गरेर अस्पतालमा बहिरंग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गतेदेखि सुचारु गर्न लागेको जानकारी दिएको हो । तत्कालका लागि बिहान […]

बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् । प्रहरीले […]

एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक छलफलमा

१६ असार, काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा दुवै तर्फका नेताहरु अनौपचारिक संवादमा बसेका हुन् । उनीहरुले पार्टी एकताका निम्ति सहमति जुटाउन लगातार छलफल गर्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल लगायत छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट सुरेन्द्र […]

इटाली पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ

१६ असार, काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी रहेका छन् । उनले रामेछाप उमाकुण्ड गाउँपालिका–३ का सौगात सुनुवार लगायत तीन जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १० लाख […]

सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दिइन् उजुरी

१६ असार, काठमाडौं । दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् […]

महामारीमा विश्वले नयाँ पाठ सिक्यो : आइएफआरसी महासचिव चापागाईं

१६ असार, काठमाडौं । कोरोना महामारीले विश्वलाई एउटा जटिलतामा गाँज्यो । धेरैले यही रोगका कारण ज्यान गुमाउन बाध्य भए भने कतिपयले ज्यान बचाउन सकेपनि ठूलो समस्या भोग्नु पर्‍यो । तर यो समयमा पनि विश्वभरका स्वयंसेवी संस्थाहरु महामारीबाट प्रभावित भए पनि आफ्नो काममा भने दत्तचित्र भएर लागे । रेडक्रस महामारीमा सक्रिय भएर स्वयं सेवामा लाग्ने संस्था […]

क्यानडामा तातो हावाका कारण १३० जनाको मृत्यु

१६ असार, काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरु छन् । मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । […]

पौडेल समूहका नेताहरुको बैठक शशांक निवासमा

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक महाराजगञ्जमा शुरु भएको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै गुटगत छलफलले तीव्रता पाएको छ । बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, […]

मोटरसाइकल चोरेको आरोपमा पर्साबाट एक युवक पक्राउ

१६ असार, पर्सा । मेटरसाइकल चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पर्सागढी ५ का २२ वर्षीय आजाद मियाँ रहेका छन् । उनीमाथि वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगहीस्थित कृष्ण शर्माको आँगनमा पार्किङ्ग गरी राखेकोमा राती सुतेको बेला ना.३९ प. ३८२४ नम्बरको सुपर स्प्लेण्डर र पर्सागढी-५ कै रोज मोहम्मदको घरके पेटीमा राखेको ना.२८प. […]

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

१६ असार, काठमाडौं । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् । उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन […]

७६(५) मा राष्ट्रपतिले पूरा कार्यकाल समर्थन दिने आधार हेर्नुपर्छ : वरिष्ठ अधिवक्ता भण्डारी

१६ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न लागि निर्विवाद आधार हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासमा बहस गर्दै भण्डारीले ७६ (५) अनुसार प्रधानमन्त्री दावी गर्ने सांसदले आफूसँग रहेको विश्वासको मत पूरा कार्यकाल कायम राख्न सक्ने आधार हुनुपर्ने तर्क गरेका हुन् । ‘विश्वासको […]

भूकम्पको ६ वर्षपछि गोरखा दरवारको छाना छाइदै

१६ असार, गोरखा । भूकम्पको ६ वर्षपछि गोरखा दरवारको छाना छाउने काम शुरु भएको छ । दरवारको अन्तिम तलामा छाना छाउने काम थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ। ‘दरवारको बाहिरी संरचनाको काम लगभग सकिन लाग्यो,’ अड्डा प्रमुख हरि भुसालले भने, ‘अन्तिम तलामा छाना छाउने काम केही दिनमा सकिन्छ ।’ १३ जना दक्ष कालिगढबाट काम […]

पूर्वमाओवादी नेतासहित आठ जनालाई स्थायी कमिटीमा थप

१६ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो । दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र […]

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

१६ असार, चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि कारागारमा उच्च सतर्कता अपनाइएको हो । कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन […]

ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको भेटियो : प्रहरी

१६ असार, काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको बताए । ‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ […]

बुबा र तीन पाइलट छोरा एउटै ककपिटमा

१६ असार, काठमाडौँ । ‘अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नु परेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’ कुराकानीको शुरुआत नै यसरी भयो । पाइलटहरुको एउटा परिवार । […]

चिठ्ठा पर्‍यो भन्दै ठगीका घटना बढे, सचेत हुन बैंकर्स संघको आग्रह

१६ असार, काठमाडौं । सामाजिक सञ्जालमा ‘चिठ्ठा पर्‍यो’ भन्दै ठगी हुने गरेको भन्दै नेपाल बेंकर्स संघले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुमा चिठ्ठा पर्यो भनेर मेसेज आउने अनि गोप्य विवरण मागेर ठगी हुने गरेको भन्दै यसमा सचेत हुन सर्वसाधारणलाई संघले आग्रह गरेको हो । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको […]

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यालयमा तालाबन्दी

१६ असार, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग गर्दै आन्दोलनरत संघर्ष समितिले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार […]

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत […]



from समाचार – Online Khabar https://ift.tt/3hiNZ6p
via IFTTT
Powered by Blogger.