समाचार
१६ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो । दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र […]
१६ असार, चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि कारागारमा उच्च सतर्कता अपनाइएको हो । कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन […]
१६ असार, काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको बताए । ‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ […]
१६ असार, काठमाडौँ । ‘अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नु परेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’ कुराकानीको शुरुआत नै यसरी भयो । पाइलटहरुको एउटा परिवार । […]
१६ असार, काठमाडौं । सामाजिक सञ्जालमा ‘चिठ्ठा पर्यो’ भन्दै ठगी हुने गरेको भन्दै नेपाल बेंकर्स संघले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुमा चिठ्ठा पर्यो भनेर मेसेज आउने अनि गोप्य विवरण मागेर ठगी हुने गरेको भन्दै यसमा सचेत हुन सर्वसाधारणलाई संघले आग्रह गरेको हो । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको […]
१६ असार, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग गर्दै आन्दोलनरत संघर्ष समितिले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार […]
१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत […]
नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्रमा कृषिको ठूलो भूमिका रहेको छ । कृषिप्रधान देश नेपालको करीब ६५ प्रतिशत रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गर्दछ भने कुल ग्रार्हस्थ उत्पदन (जीडीपी) मा करीब २७ प्रतिशत योगदान रहेको छ । नेपालमा आधुनिक कृषि विकासको ऐतिहासिक थालनी राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिएको पाइन्छ । उनले नै वि.सं. १९०७ तिर बेलायत र […]
१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका […]
१६ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले विर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने वा नमिल्ने विषयमा अनुगमन गर्न पठाएको टोलीको प्रतिवेदन अलपत्र परेको छ । समितिका संयोजकले नै हस्ताक्षर गर्न नमानेपछि अनुगमन प्रतिवेदन चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिमा नपुग्दै अलपत्र परेको हो । मंगलबार बसेको कार्यकारी समितिको बैठकमा समितिले […]
१६ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिमा रहेको दावी गर्दै यस विषयमा अदालतमा मुद्दा नलाग्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयको प्रतिरक्षामा बहस गरेका उनले रिट निवेदनमा राष्ट्रपतिलाई विपक्षी पनि नबनाइएको भन्दै राष्ट्रपतिको निर्णय न्यायिक निरुपणको विषय नभएको दावी गरे । […]
१६ असार, काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए […]
१६ असार, वीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। […]
१६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् । उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् । १४ औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका निधि बुधबार पौडेललाई भेट्न उनकै […]
१६ असार, वालिङ । स्याङ्जाको वालिङस्थित मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रविन अधिकारीले जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन […]
१६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस शुरु गरेका छन् । संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५/१५ घण्टा समय छुट्याइदिएको थियो । जसमध्ये रिट निवेदक पक्षले १२ घण्टा बहस […]
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् […]
१६ असार, वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो । उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक […]
१६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा सरकारको तर्फबाट बहस गर्ने क्रम जारी छ । संवैधानिक इजलासमा बुधबार बहस गर्दै सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले राष्ट्रपतिको निर्णय मान्नु अहिलेको उत्तम निकास भएको बताए । प्रधानमन्त्रीमा प्रस्तुत आधार पुगे/नपुगेको हेर्ने अधिकार राष्ट्रपतिमा रहेको भन्दै रिजालले भने, ‘राष्ट्रपतिले गरेको निर्णय मानेर जानु नै अहिलेको उत्तम निकास […]
१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् । […]
from समाचार – Online Khabar https://ift.tt/3hogGie
via IFTTT