समाचार
१६ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । ७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका विभिन्न कार्यक्रमहरु छन्,’ मैनालीले भने । संसद […]
१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । सरकारी पक्षबाट सोमबार र मंगलबार भएको बहसमा सरकारी वकिलहरुसँग इजलासले मुख्य पाँच वटा प्रश्न गरेको छ । १. प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन मिल्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीे विश्वासको मत लिन संसद नगएको विषयमा न्यायाधीशहरुले सरकारी वकिलसँग […]
१६ असार, बुटवल । लुम्बिनी प्रदेशमा धान खेती हुने कूल क्षेत्रफलको ४७.७ प्रतिशत खेतमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ३४ हजार ३.५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार १४ गतेसम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको हो । गत वर्षको तुलनामा असार १४ गतेसम्म यस […]
१६ असार, काठमाडौं । झण्डै ११ महिनाको सांस्कृतिक प्रस्तुतिपछि असार कृष्ण अष्टमी अर्थात् बुधबार भक्तपुरका नवदुर्गा गणको एउटा ‘लाइफलाइन’ सम्पन्न हुँदैछ । नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रहृमायणीमा विसर्जन गरेर यो वर्षको नवदुर्गा नाच सम्पन्न हुन लागेको हो । घण्टाकर्ण चतुर्दशीको दिन नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि त्यसमा देवता प्रविष्ट हुन्छन् भन्ने […]
१६ असार, काठमाडौं । नवलपरासीको बर्दघाट तथा मकवानपुरका हेटौंडा र रजैया क्षेत्रमा भारी वर्षा मापन भएको छ । यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जोखिम […]
१६ असार, लहान । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ । स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
१६ असार, गुल्मी । गुल्मीमा यही असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । केही परिमार्जनसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो समय पुन: कोरोना संक्रमण वृद्धि हुन थालेपछि निषेधाज्ञा थप कडा गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ८ […]
१६ असार, काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो । डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि […]
१६ असार, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका- ७ शान्तिचोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय राजन श्रेष्ठ छन् । वीरगञ्जबाट सिमरा आउँदै गरेको बा०३००१ ख ११२७ नम्बरको ट्रकले श्रेठलाई मंगलबार राति करिब ९ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै […]
१६ असार, काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले […]
१६ असार, काठमाडौं । कृषि तथा वन र इन्जिनियरिङ सेवातर्फ रिक्त दुई सचिव पदका लागि ६ जना सिफारिशमा परेका छन् । सचिव बढुवा सिफारिश समितिको मंगलबार बसेको बैठकले दुई सेवाका तीन-तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिश समितिको बैठकले कृषि तथा वन सेवातर्फ […]
१६ असार, काठमाडौं । महामारी र स्वास्थ्य संकटविरुद्ध जुध्न क्षेत्रीय संगठनहरूले अहं भूमिका खेलेका धेरै उदाहरण छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्षेत्रीय संगठनलाई महामारीविरुद्ध पहल लिन सधैं आग्रह र प्रोत्साहित गर्छ । सन् २०१५-२०१६ मा पश्चिम अफ्रीकी देशहरूमा फैलिएको इबोला महामारी नियन्त्रणका लागि अफ्रिकन युनियनले खेलेको भूमिकाको डब्लुएचओले निकै प्रशंसा गरेको थियो । […]
१६ असार, काठमाडौं । नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् । मंगलबार केपी शर्मा ओली पक्षको […]
१६ असार, बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् । वडा प्रहरी […]
१६ असार, काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए । आयोगले ११ वटा […]
१६ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ […]
१६ असार,काठमाडौं । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल […]
१६ असार, काठमाडौं । युरोकप २०२० मा जर्मनी अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक योकिम लो पनि जर्मनीको प्रशिक्षकबाट बिदा हुँदै छन् । युरोकप पछि नै हान्सी फ्लिक जर्मनीको नयाँ प्रशिक्षक बन्ने यसअघिनै सम्झौता भइसकेको छ । डेढ दर्शक जर्मनीको प्रशिक्षक रहेका लो ले यसअघि नै युरोकपपछि जर्मनीको प्रशिक्षक छाड्ने घोषणा गरिसकेका थिए । ग्रुप अफ […]
१६ असार, काठमाडौं । युरो२०२० सुरु हुनुअघि समूह एफको खुब चर्चा थियो । साविक विजेतासहित तीन पूर्व विजेता रहेको यस समूह ‘ग्रुप अफ डेथ’को रुपमा चर्चित थियो । नहोस् पनि किन २०१६ को विजेता पोर्चुगल विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी यसै समूहमा थिए । अर्को टिम हंगेरी थियो । यस […]
१५ असार, काठमाडौं । ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएको इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]
१५ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा […]
from समाचार – Online Khabar https://ift.tt/3hmEwef
via IFTTT