समाचार
१३ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम प्रदेश सरकारले जनविरोधी कार्य गरेको आरोप लगाएका छन् । आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलमा सांसदहरुसँगको छलफलमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका महरले केन्द्रको गठबन्धनको आडमा प्रदेश सरकारले अनियमितता र जनविरोधी कार्य गरिरहे कांग्रेसले काँध नथाप्ने बताए । केन्द्रीय तहमा पाँच […]
१३ असार, काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने […]
१३ असार, स्याङजा । स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छ । आइतबार विहान चितुवाले स्याङ्जा गल्याङ नगरपालिका-७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.कलाई आक्रमण गरी घाइते बनाएपछि प्रहरीले गोली हानी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चितुवा खोरबाट बाहिर निस्किएर मानिसहरुतिर आएको र लाल […]
१३ असार, काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवम दिगो विकास हासिल गर्न नेपाललाई उक्त रकम बराबरको ऋण प्राप्ति भएको हो । वित्तीय […]
१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ […]
११ असार, कालिकोट । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो । सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो’, […]
१३ असार, डोल्पा । छुट्टाछुट्टै दुर्घटनामा परेर डोल्पामा दुईजनाको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ । मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म […]
१३ असार, गोरखा । बाँदर नियन्त्रणका लागि गोरखामा वनजन्य फलफूल खेती गरिने भएको छ । वनमा खानेकुरा नपाउँदा घरघरमा आएर बाँदरले दुःख दिन थालेपछि वनजन्य फलफूल खेती गर्न लागिएको हो । त्यसका लागि डिभिजन वन कार्यालयले निःशुल्क रुपमा बिरुवा वितरण गर्ने भएको छ । ‘चालु आर्थिक वर्ष गण्डकी प्रदेश र संघको संयुक्त फुड फरेष्टी मोडल […]
१३ असार, धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ का २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले राजमार्गमा परेको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित भएर पोल […]
१३ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आइतबार मात्र ३४ जनाको मृत्यु भएको छ ।
१३ असार, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटमा खाद्यान्न संकट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए । उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उनले भने, ‘लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको […]
१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई […]
१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षका कानुन व्यवसायीले बहस गर्न डेढ घण्टा समय पाउने भएका छन् । रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ । संवैधानिक इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याएको थियो । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिन […]
१३ असार, भरतपुर । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि दूध संकलन गर्न छोडेका थिए । जसका कारण किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । संघले आइतबार गरेको पत्रकार सम्मेलनमा संघका […]
१३ असार, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । ‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ […]
१३ असार, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पछिल्लो नेपाल भ्रमणको समयमा त्यसको शुरुवात भएपनि कोरोना महामारीका कारण रोकिएको बताए । उनले कोरोना महामारी सकिनासाथ दलहरुबीचको […]
१३ असार, काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो । बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य […]
१३ असार, पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका […]
१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्दा सांसदको भूमिका धारा ७६ (२) मा जस्तो खोज्न नहुने बताएका छन् । संविधानको धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त कुनै सांसद प्रधानमन्त्री बन्ने व्यवस्था छ । तर धारा ७६ (५) मा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने कुनै सांसदलाई […]
१३ असार, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ । पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास […]
१३ असार, किमाथांका । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर […]
from समाचार – Online Khabar https://ift.tt/3h5pCZU
via IFTTT