Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

१४ असार, काठमाडौं । धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यही असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी ९ गते उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उच्च रक्तचापको समेत समस्या भएका उनको उपचारकै क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले […]

चार वटा गैंडा मारेको अभियोगमा राजमान थापा कारागार चलान

१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् । नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । मगर चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण […]

१२० ग्राम सुनसहित तीनजना पक्राउ

१४ असार, धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज […]

स्पेन र क्रोएसियाको नजर क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । युरोकप २०२० मा स्पेन र क्रोएसिया दुवैको लागि राम्रो सुरुआत भएन । तर समूहको अन्तिम खेलमा दुवैले लय लिए र शानदार जितसहित नकआउट राउण्डमा स्थान बनाए । त्यही दुई टिम अन्तिम १६ मा आज भिड्दैछन् र दुवैको नजर क्वाटरफाइनलमा रहेको छ । स्पेनले यसअघि समूह चरणको तीनवटै खेल घरेलु मैदान खेलेको […]

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

१४ असार, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो । गत असार […]

‘विद्यार्थीको गोजी लुटेर एमफिल र पिएचडी सञ्चालन गरियो’

१४ असार, काठमाडौं । विद्यार्थी भर्ना संख्या र बहुविषयले नेपालकै सबैभन्दा ठूलो मानिने त्रिभुवन विश्वविद्यालयले एमफिल र पिएचडी तहमा मनोमानी गरेको भन्दै एक सातादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले निजी संस्थाले जसरी एमफिल तथा पिएचडी मनोमानी ढंगले लागू गरिएकोमा आपत्ति जनाएका छन् । ‘त्रिवि विद्यार्थी संघर्ष समिति’ नाम दिएर समाजशास्त्र तथा मानविकी विभागका विद्यार्थीहरूले […]

कोरोनाले थला परेको निजी क्षेत्र मौद्रिक नीतिमा के चाहन्छ ?

१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य सुरु गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुले मौद्रिक नीतिमा निजी क्षेत्रका लागि केके समेटिनु पर्छ भन्ने विषयमा लिखित सुझाव दिने गरी गृहकार्य सुरु गरेका छन् । ‘कोरोनाले […]

प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस

१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ । […]

कम्युनिष्टलाई नयाँ शिराबाट एकीकृत गर्न माधव नेपालको आह्वान

१४ असार, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा सोमबार विज्ञप्ति जारी गर्दै नेपालले सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत […]

काठमाडौंमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय, मासिक भाडा साढे तीन लाख

१४ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो । करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक […]

निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओको बैठक बस्दै

१४ असार, काठमाडौं । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो । आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर-बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको […]

मन्त्रीले लुकाउँछन् सम्पत्ति विवरण

१४ असार, काठमाडौं । पाँच सदस्यीय मन्त्रिपरिषद्मा रहेका प्रधानमन्त्रीबाहेक चारै जना मन्त्रीहरुले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई स्वेच्छाचारी ढंगले छोडिदिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटका अनुसार प्रधानमन्त्री ओलीले पनि पहिलोपटक २०७४ चैत ९ गते सार्वजनिक गरेको सम्पत्ति विवरण अद्यावधि गरेर सार्वजनिक […]

‘वेदुराम भुसाल स्वतन्त्र हुन सक्छन् तर सांसद रहिरहन सक्दैनन्’

१४ असार, काठमाडौं । राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताएका छन् । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् । भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा […]

एमाले नेता वेदुराम भुसालले भने- म स्वतन्त्र हुन चाहन्छु

१४ असार, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद चर्किरहेको बेला माधव नेपाल पक्षका एक नेता एवम् राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका छन् । उनले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका हुन् । आफू निर्वाचित भएको पार्टी नेकपाको अस्तित्व अहिले समाप्त भएकाले आफू दलविहीन भएको र आगामी […]

साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ । सेभियास्थित ला कार्टुजा […]

नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो । चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरे । समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह […]

कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी

१३ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी डाइभर्सन योजना कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, ‘प्रदेशको भावनाविपरीत जाने प्रयास भएमा हामीहरु सहेर बस्दैनौं, सम्पूर्ण नागरिकलाई उतारेर भएपनि योजना सफल हुन दिँदैनौं । विश्व हिन्दु महासंघसहित विभिन्न संघसंस्थाको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आवाजको सुनुवाई नभएमा संघर्षमा […]

भारतले सडक बनाएको दर्जन बढी ठाउँमा पहिरो जाँदा व्याँस-खलंगाबीचको सम्पर्क टुट्‍यो

१३ असार, दार्चुला । भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक बनाइरहेको सडक र एक सातासम्मको अविरल वर्षाका कारण अहिले दार्चुलादेखि व्याँस गाउँपालिकाको छाङ्गरुसम्मको सम्पर्क टुटेको छ । व्याँस गाउँपालिका-२ कल्जुदेखि वडा नं १ को बुदीसम्म दर्जन बढी ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध बनेपछि सम्पर्क टुटेको हो । यसे क्षेत्रमा अहिलेकै अवस्थामा बाटो खुलाउन सकिने अवस्था छैन […]

निवेदक पक्षका दुईथरी मत : संसदमै फर्काउने कि देउवालाई नियुक्ति दिने ?

१३ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ । असार ९ गतेदेखि शुरु भएको सुनुवाइमा रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट ३६ जना कानून व्यवसायीले बहस गरे । बहस सकिने दिन आइतबार रिट निवेदकतर्फका कानून व्यवसायीहरुबाट एउटा विषयमा भने दुईथरी मत आएको छ । […]

‘हाम्रो परराष्ट्र नीतिले बीआरआईलाई स्वीकार्छ, इन्डोप्यासिफिकलाई इन्कार्छ’

अहिले नेपाल र चीन बीचमा जति पनि सहकार्य भइरहेका छन्, त्यो सन् २०१७ मा दुई देशको बीचमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता अनुसार भइरहेको छ । त्यो फ्रेमवर्क विना हाम्रो दुईपक्षीय सम्बन्धको कल्पना गर्न सकिंदैन । बीआरआई के हो, यसको विकास कसरी भयो, ऐतिहासिक दृष्टिकोण, यस बीचमा भएका सम्मेलन लगायत विषयमा केही धारणा व्यक्त गर्छु । […]

‘महामारीमा विज्ञ र अनुसन्धान संस्थाको भूमिका पनि दयनीय देखियो’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ । हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध […]



from समाचार – Online Khabar https://ift.tt/3w1ABJo
via IFTTT
Powered by Blogger.