समाचार
१४ असार, गाइघाट । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यस अनुसारको बजार मूल्य पाउन सकेको छैन । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र […]
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान सुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान सुरु गरिएको हो । सोमबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान सुरु गरेको हो । अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । उनले धनुषाको मिथिला […]
१४ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना जारी […]
१४ असार, गुल्मी । गुल्मीमा बोधिसत्वा बिहारद्वारा दोस्रो पटक ५ वटा स्वास्थ्य चौकी सहितमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्वा बिहार बूढानीलकण्ठ काठमाडाैंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिसष् गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो । यसरी स्वास्थ्य सामग्री पाउनेहरुमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ हस्तिचौ […]
१४ असार, काठमाडौं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । असार १ गते आएको मेलम्ची र इन्द्रावतीको बाढीबाट पीडित स्थानीयवासीहरुको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी […]
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान शुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान शुरु भएको हो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान शुरु गरेको हो । अभियानको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । धनुषाको मिथिला नगरपालिका ४ […]
१४ असार, विराटनगर। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो । माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो […]
१४ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको आरोप लगाएका छन् । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ । प्रदेशको दिगो विकासका लागि उर्जा विषयक जुम अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमै पहिलो पटक […]
१४ असार, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ । चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. आरती शाह, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. रमेशचन्द्र आचार्य र प्रा.डा. संघरत्न […]
१४ असार काठमाडौं । भारतमा अहिलेसम्म ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसहरुलाई लगाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणको मामिलामा अमेरिकालाई पनि पछि पारेको बताएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म अमेरिकामा ३२ करोड ३३ लाख डोज कोरोना खोप […]
१४ असार, भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा […]
१४ असार, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले ७० प्रतिशत संस्थापक समूहलाई र ३० प्रतिशत सर्वसाधारण समूहलाई छुट्याएको थियो । सर्वसाधारण समूहलाई छुट्याएको आईपीओ जारी गर्नेछ । आईपीओ […]
१४ असार, मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले […]
१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य सुरु गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुले मौद्रिक नीतिमा निजी क्षेत्रका लागि केके समेटिनु पर्छ भन्ने विषयमा लिखित सुझाव दिने गरी गृहकार्य सुरु गरेका छन् । ‘कोरोनाले […]
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा […]
१४ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने बताएका छन् । संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र प्रदेश बीचको विवाद वा संघ र स्थानीय तह बीचको विवाद भएको हुनुपर्ने उनको तर्क छ । संसद विघटनविरुद्ध दायर रिटमा सोमबार विपक्षीको तर्फबाट बहस सुरु […]
१४ असार, काठमाडौं । अमेरिकाले सिरिया र इराकको सीमाक्षेत्रमा इरान समर्थित लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयले यो आक्रमण इराकमा अमेरिकी मानिसहरु र केन्द्रहरुमा गरिएको ड्रोन आक्रमणको जवाफी कारबाहीको रुपमा गरिएको बताएको छ । रक्षा मन्त्रालयले यो आक्रमणका लागि राष्ट्रपति जो बाइडनले आदेश दिएको बताएको छ । अमेरिकाले गरेको जुनसुकै […]
१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टा समय दिइएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन् […]
१४ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने […]
१४ असार, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी र जनप्रतिनिधिहरुको टोलीले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै चितवनमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेको छ । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने प्रक्रिया अघि बढाएको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । […]
१४ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो । करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक […]
from समाचार – Online Khabar https://ift.tt/3x3AH4m
via IFTTT