समाचार
१३ असार,काठमाडौं । वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । […]
काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो । यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात […]
१२ असार, भजनी । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए । कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द […]
१२ असार, मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुल बाढीबाट जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको […]
१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र […]
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ […]
१२ असार, काठमाडौं । सैन्य विज्ञानमा एउटा चर्चित भनाइ छ- आक्रामकतामा सक्रिय प्रतिरक्षा अन्तरनिहित हुन्छ । प्रधानमन्त्री केपी ओलीको दृढनिश्चयी, आत्मविश्वासयुक्त र विजेताभावमा देखिन मनपराउने स्वाभाव नियाल्दा लाग्थ्यो कि उनले यो कुरा राम्रोसँग बुझेका छन् । उनका हरेक आक्रामक प्रस्तुतिहरूका अगाडि विपक्षीका क्रिया-प्रतिक्रियाहरु फिक्का अनुभूत हुन्थे । समय फेरिएको छ । आफ्ना एकपछि अर्का कदमहरुलाई […]
१२ असार, काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको […]
१२ असार, जनकपुरधाम । महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको औरही नगरपालिका–४ कठुघारबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ बर्षीय जोन कार्की र ३० बर्षीय सुरेश गुरुङ छन् । सम्सीबाट गौशालातर्फ जाँदै गरेका यी दुबैको साथबाट फेनारगन २ एमएलको एम्पुल १७ थान, डाइजेल्याब […]
१२ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए । गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, […]
१२ असार, काठमाडौं । दमक नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भई संचालनमा रहेका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने उल्लेख गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखीकरण गर्ने अभ्यास समेत शुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको भूमिका […]
१२ असार, काठमाडौं । नरेन्द्र महर्जन, किलागल टोललाई कंक्रिटको शहरबाट परिवर्तन गरेर सांस्कृतिक टोलको रुपमा पुरानै विरासत कायम गर्न चाहन्छन् । जहाँ फेरि पनि धाः बाजाको धुनसँगै स्थानीयले थकान् मेटून्, खः प्याखंःमा नाच्ने नर्तक र नर्तकीको चालसँगै आगन्तुकहरुलाई मोहनी लागोस् । तर उनको यो सपनाको किलागः धेरै पर पुगिसकेको छ । किलागः कुनै समय एउटा […]
१२ असार, बुटवल । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ । कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गरेका हुन् । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा […]
१२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने वाचा गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले […]
१२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए । ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद […]
१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु अघिल्लो दिन नै धादिङमा प्रचण्डले बोलेको भन्दै उनले न्याय निष्पक्ष भयो त भनेर प्रश्न गरेका थिए । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले […]
कलियुग शुरू भइसकेको थियो । ब्रहृमाजीले सृष्टिको एकाधिकार छोड्नुभएको केही हजार वर्षपछिको कुरो हो । कलि लागिसके पनि मानिसहरूले ब्रहृमाजीको सृष्टि-सत्तामाथि विश्वास गर्न छोडेका थिएनन् । उहाँ स्वर्गमा स्थायी बसोबास गर्ने गरी पृथ्वीलोकबाट प्रस्थान गर्नुभयो । यात्राका क्रममा कैलाशपर्वत मुन्तिर रहेको गरीब किसानको झुपडीतिर बास बस्न पुग्नुभयो । ब्रहृमाजी आउनुभएको थाहा पाएर चन्द्रमान र उसकी […]
१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । कोरोना […]
त्यो दिन । दिउँसो सवा बाह्र बजे । चर्को घाम चौकीदारी गर्दैथियो । मैले एकाएक चिण्डे डाँडा हान्ने भएँ, एकल फौज लिएर । धराने ‘सर्दुखोला’ पारि बज्रासन गरिरहेको त्यो मुडुलो डाँडा । हिंड्दाहिंड्दै सुनिललाई मोबाइल लगाएँ । ऊ कट्टु लगाउन थालेदेखिको मेरो दोस्त । मलाई साथ दिन लुसुक्क बाटामा निस्कियो । एकलबाट दुकल भो अब […]
१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले जातीय विभेदको आधारमा कोठा नदिएको आरोप लागेकी घरधनीलाई रिहा गराउन गएका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । वाईसीएलले शनिबार विज्ञप्ति जारी गरी छुवाछुत तथा भेदभाव जस्तो गम्भीर अपराधको आरोप लागेकी घरबेटीलाई शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्री नै छुटाउन जानुले सिँगो दलित […]
१२ असार, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एस्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एस्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3dieuaO
via IFTTT